Javascript must be enabled to continue!
सँकटमा फीरन्ते जाति राउटे जीवनसैली
View through CrossRef
राउटेहरु नेपालको लोपोन्मुख आदिबासी हुन् । नेपालको मध्यपश्चिम मध्यपस्चिम क्षेत्रमा बसोबास गर्ने यिनीहरु फिरन्तेको भेषमा जिविेकोपार्जन गर्दै आएको इतिहासले पुष्टी गरेको छ । यिनीहरु करिब ७०० बर्ष अगाडि सुदुरपश्चिमको सेती नदीको किनारदेखी प्युठानसम्मको क्षेत्रमा बसोबास गर्दै आएको इतिहासको अध्यनबाट पुष्टी भएको छ । कालिकोटको फूर्कोट क्षेत्र राउटेको उद्मगमस्थल मानिएको छ । उ बेला समुह समुहका बिचमा लडाईँ हुँदा लडाइँमा हार खाएर लुक्न जँगल पसेका उनीहरू आफूलाई कर्णाली प्रदेशको राजा खस ठकुरी मान्दछ्न । मुलथलो कालिकोट भएपनि अहिले राउटेहरु विभिन्न जिल्लामा छरिएर बसेका छन् । अहिले उनीहरू दैलेख, जाजरकोट, सुर्खेत, डधेल्धुरा, सल्यान, दाङ्, रोल्पा र कालिकोट जिल्लामा बसोबास गरेका भेटिन्छ । अहिले भने राउटेहरु दैलेख जिल्लामा मात्रै फीरन्तेका रुपमा रहेका छन् । अन्य जिल्लामा बस्दै आएका राउटेहरु सरकारले प्रदान गरेको सुबिधाको उपयोग गरेर अन्य जातका व्यक्ति सरह घरमा बस्ने र अन्य पेशा व्यवसाय गर्ने गरेको भेटिन्छ । समयको गतिसँगै फेरिएको राउटेको जीवनशैलीले नेपालको एउटा बिशेष पहिचान बोकेको जनजाति लोप हुनसक्ने खतरा बढेको छ । आफ्नो छुट्टै भाषा भएका राउटेले खाम्चा भाषा बोल्ने गरेकोमा नयाँ पुस्ता भने नेपाली भाषामा पनि पोख्त हुँदै गएका छन् । यसले भोलिका दिनमा आफ्नो भाषा बोल्नेको सँख्या घट्दै जानसक्ने आँकलन गर्न सकिन्छ ।
आफ्नो परम्परागत जीवनशैलिमा बस्दै आएका राउटेहरू दैलेख जिल्लामा मात्रै रहेका छन् । उनीहरू एकै स्थानमा बस्दैनन्, एकठाउँमा बढीमा डेढ वा दुई महिना बसेपछि पुनः नयाँ ठाउँमा बसाई सर्दछन । बसेको स्थानमा काही मर्यो भने पनि उनीहरू तुरुन्तै त्यो ठाउँ छाडेर अर्को ठाउँमा बसाईं सर्दछन । जँङ्गल र खोलाको छेउछाउ बस्दछन् । वर्षामा भिरालो जमिनलाई रोजेर आश्रयस्थलको रुपमा प्रयोग गर्दछन भने हिँउदमा सम्म परेको ठाउँ खोलाको किनारमा बुकुरा बनाएर बस्दछन् । यसरी बासको बन्दोबस्त मिलाउँदै आएका उनिहरुले बाँदर, लुनाको शिकार गर्ने, आफ्नो सीपबाट तयार गरेको काठबाट बनेका सामान बेच्ने वा अन्नसँग साटेर आफुलाई चाहिने सामानको जोहो गर्नुका साथै जँगली कन्दमुल र फलफूल खाएर जीवन निर्भाह गर्दछन् । उनीहरूको आफ्नै विशेष सँस्कृति छ, उनीहरू जता गएपनि लौरो, मादल, मजुरा, ढ्याङ्ग्रो लिएरै जान्छन् । उनीहरूका समुहमा कोही मरे भने बसेको ठाँउभन्दा अलिपर लगेर गाड्ने चलन छ । परम्परागत सैलिको बसोबास भएपनि आनिबानिमा भने यिनीहरु अन्य समुदायका व्यक्ति, संघसस्था र सरकारको नजिक जाने र सुबिधा लिने गरेका छन् । जँगलको अभाव र काठको कमिले यिनीहरुको परम्परागत पेशा सँकटमा परेको छ भने सरकारले लोपउन्मुख जातिलाई दिने माषिक भत्ता बुझ्न थालेपछि उनीहरूको आफ्नो परम्परागत पेशामा भन्दा सहयोगमा रमाउने बानीको बिकास भएको छ । राज्यको लागि प्रमुख चुनौति भनेको उनीहरुलाई राष्ट्रको सम्पत्तिको रुपमा जोगाउने हो भने बिचरण गर्ने स्थान दिएर परम्परागत शैलीमा बाच्न सक्ने स्थिति बनाउन पर्यो, हैन भने अन्य जातजाति जस्तैगरी बाच्नसक्ने बनाउन पर्यो । राज्यले विविधतालाई सम्पत्ति मान्ने हो भने उनीहरुलाई परम्परागत शैलीमा बाच्न सक्नेगरी जँङ्गलमा विचरण गर्नसक्ने गरी सँरक्षित बनको इलाका तोकेर विचरण गर्न दिनुपर्ने आवस्यकता छ । समाजशास्त्रको सँरचनात्मक प्रकार्यबादी दृस्टिकोणबाट हेर्दा यिनीहरुलाई परम्परागत रुपमा बाँच्न सक्ने बनाउन पर्दछ ।
Title: सँकटमा फीरन्ते जाति राउटे जीवनसैली
Description:
राउटेहरु नेपालको लोपोन्मुख आदिबासी हुन् । नेपालको मध्यपश्चिम मध्यपस्चिम क्षेत्रमा बसोबास गर्ने यिनीहरु फिरन्तेको भेषमा जिविेकोपार्जन गर्दै आएको इतिहासले पुष्टी गरेको छ । यिनीहरु करिब ७०० बर्ष अगाडि सुदुरपश्चिमको सेती नदीको किनारदेखी प्युठानसम्मको क्षेत्रमा बसोबास गर्दै आएको इतिहासको अध्यनबाट पुष्टी भएको छ । कालिकोटको फूर्कोट क्षेत्र राउटेको उद्मगमस्थल मानिएको छ । उ बेला समुह समुहका बिचमा लडाईँ हुँदा लडाइँमा हार खाएर लुक्न जँगल पसेका उनीहरू आफूलाई कर्णाली प्रदेशको राजा खस ठकुरी मान्दछ्न । मुलथलो कालिकोट भएपनि अहिले राउटेहरु विभिन्न जिल्लामा छरिएर बसेका छन् । अहिले उनीहरू दैलेख, जाजरकोट, सुर्खेत, डधेल्धुरा, सल्यान, दाङ्, रोल्पा र कालिकोट जिल्लामा बसोबास गरेका भेटिन्छ । अहिले भने राउटेहरु दैलेख जिल्लामा मात्रै फीरन्तेका रुपमा रहेका छन् । अन्य जिल्लामा बस्दै आएका राउटेहरु सरकारले प्रदान गरेको सुबिधाको उपयोग गरेर अन्य जातका व्यक्ति सरह घरमा बस्ने र अन्य पेशा व्यवसाय गर्ने गरेको भेटिन्छ । समयको गतिसँगै फेरिएको राउटेको जीवनशैलीले नेपालको एउटा बिशेष पहिचान बोकेको जनजाति लोप हुनसक्ने खतरा बढेको छ । आफ्नो छुट्टै भाषा भएका राउटेले खाम्चा भाषा बोल्ने गरेकोमा नयाँ पुस्ता भने नेपाली भाषामा पनि पोख्त हुँदै गएका छन् । यसले भोलिका दिनमा आफ्नो भाषा बोल्नेको सँख्या घट्दै जानसक्ने आँकलन गर्न सकिन्छ ।
आफ्नो परम्परागत जीवनशैलिमा बस्दै आएका राउटेहरू दैलेख जिल्लामा मात्रै रहेका छन् । उनीहरू एकै स्थानमा बस्दैनन्, एकठाउँमा बढीमा डेढ वा दुई महिना बसेपछि पुनः नयाँ ठाउँमा बसाई सर्दछन । बसेको स्थानमा काही मर्यो भने पनि उनीहरू तुरुन्तै त्यो ठाउँ छाडेर अर्को ठाउँमा बसाईं सर्दछन । जँङ्गल र खोलाको छेउछाउ बस्दछन् । वर्षामा भिरालो जमिनलाई रोजेर आश्रयस्थलको रुपमा प्रयोग गर्दछन भने हिँउदमा सम्म परेको ठाउँ खोलाको किनारमा बुकुरा बनाएर बस्दछन् । यसरी बासको बन्दोबस्त मिलाउँदै आएका उनिहरुले बाँदर, लुनाको शिकार गर्ने, आफ्नो सीपबाट तयार गरेको काठबाट बनेका सामान बेच्ने वा अन्नसँग साटेर आफुलाई चाहिने सामानको जोहो गर्नुका साथै जँगली कन्दमुल र फलफूल खाएर जीवन निर्भाह गर्दछन् । उनीहरूको आफ्नै विशेष सँस्कृति छ, उनीहरू जता गएपनि लौरो, मादल, मजुरा, ढ्याङ्ग्रो लिएरै जान्छन् । उनीहरूका समुहमा कोही मरे भने बसेको ठाँउभन्दा अलिपर लगेर गाड्ने चलन छ । परम्परागत सैलिको बसोबास भएपनि आनिबानिमा भने यिनीहरु अन्य समुदायका व्यक्ति, संघसस्था र सरकारको नजिक जाने र सुबिधा लिने गरेका छन् । जँगलको अभाव र काठको कमिले यिनीहरुको परम्परागत पेशा सँकटमा परेको छ भने सरकारले लोपउन्मुख जातिलाई दिने माषिक भत्ता बुझ्न थालेपछि उनीहरूको आफ्नो परम्परागत पेशामा भन्दा सहयोगमा रमाउने बानीको बिकास भएको छ । राज्यको लागि प्रमुख चुनौति भनेको उनीहरुलाई राष्ट्रको सम्पत्तिको रुपमा जोगाउने हो भने बिचरण गर्ने स्थान दिएर परम्परागत शैलीमा बाच्न सक्ने स्थिति बनाउन पर्यो, हैन भने अन्य जातजाति जस्तैगरी बाच्नसक्ने बनाउन पर्यो । राज्यले विविधतालाई सम्पत्ति मान्ने हो भने उनीहरुलाई परम्परागत शैलीमा बाच्न सक्नेगरी जँङ्गलमा विचरण गर्नसक्ने गरी सँरक्षित बनको इलाका तोकेर विचरण गर्न दिनुपर्ने आवस्यकता छ । समाजशास्त्रको सँरचनात्मक प्रकार्यबादी दृस्टिकोणबाट हेर्दा यिनीहरुलाई परम्परागत रुपमा बाँच्न सक्ने बनाउन पर्दछ ।.
Related Results
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
प्रागऐतिहासिक कालमा नै नेपालमा खश जातिको उपस्थिति पाइन्छ । खश जाति मात्र नभएर महाजाति हो । युरोपका विभिन्न भूभागमा साम्राज्य कायम गर्दै एशियाका विभिन्न भूभागमा साम्राज्य फैलाएर लाम...
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा...
सीमान्तकृत जाति: घर्ती/भुजेल
सीमान्तकृत जाति: घर्ती/भुजेल
गतिशील समाजमा भएको परिवर्तनले त्यो बेलाको स्थितिका बारेमा बोलेको हुन्छ । समाज चिनाउने सवालमा मानव समूह एक प्रमुख तत्त्वका रूपमा रहेको हुन्छ भने सीमान्तकृत समुदायलाई पनि ओझेलमा पार्...
महिमा धर्म और भीमा भोई : एक दार्शनिक समीक्षा MAHIMA DHARMA AND BHIMA BHOI: A PHILOSOPHICAL REVIEW
महिमा धर्म और भीमा भोई : एक दार्शनिक समीक्षा MAHIMA DHARMA AND BHIMA BHOI: A PHILOSOPHICAL REVIEW
भीमा भोई उन्नीसवीं सदी शताब्दी के दर्शन के इतिहास में एक महत्वपूर्ण व्यक्तित्व हैं। वे पुनर्जागरण काल के समाज सुधारक और रहस्यवादी कवि थे। वे महिमा धर्म से प्रभावित थे। उस समय उन्हो...
ब्याँसी भाषाको वर्णव्यवस्था
ब्याँसी भाषाको वर्णव्यवस्था
आफ्नै मौलिकता, ऐतिहासिकता र सांस्कृतिक पृष्ठभूमि बोकेको नेपालको अल्पसङ्ख्यक आदिबासी जनजाति ब्याँसी शौका, सुदूरपश्चिम प्रदेशअन्तर्गत महाकाली अञ्चल दार्चुला जिल्लाको सुदूर उत्तरका ब्...
नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र यसको चुनौतिहरु {Nepal's Nationality, National Unity and its Challenges}
नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र यसको चुनौतिहरु {Nepal's Nationality, National Unity and its Challenges}
जन्म दिने आमा र जन्म भूमि स्वर्गभन्दा प्यारो हुन्छ भन्ने भनाइ भित्र समाहित भएर आÏनो देशको माटो, पूर्खाको वलिदानले आर्जन गरेको गौरवमय इतिहास, अनादिकालदेखि निरन्तर चल्दै र परिमार्जन ...
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
प्रस्तुत लेखमा नारायण ढकालको ‘इरफान अली’ कथालाई सबाल्टर्न अध्ययनका दृष्टिले विश्लेषण गरिएको छ । सबाल्टर्न शब्दले सामान्यतः वर्ग, लिङ्ग, जाति, उमेर, भाषा, कार्यगत दर्जालगायत हरेक हि...