Javascript must be enabled to continue!
रसप्रयोगका दृष्टिले मुनामदन खण्डकाव्य
View through CrossRef
लक्ष्मीप्रसाद देवकोटाद्वारा नेपाल भाषाको एउटा कथात्मक गीतलाई प्रेरणास्रोतका रुपमा ग्रहण गरी सिर्जित मुनामदन मुना र मदनको शाश्वत प्रेमको महिमा गायन गरिएको सर्वाधिक लोकप्रिय अमर कृति हो । आत्मिक प्रेम शाश्वत हुन्छ भन्ने केन्द्रीय कथ्यलाई आधारभूमि बनाई समाजलाई मानवता र कर्ममा प्रवृत्त गराउनु प्रस्तुत काव्यको अभीष्ट देखिन्छ । प्रस्तुत अनुसन्धानात्मक लेख मुनामदनमा के–कस्ता भाव तथा रसको प्रयोग कसरी गरिएको छ भन्ने मूल समस्या समाधानका लागि भएकाले यसमा विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । नायक मदन पत्नी मुनाले धनको पछि लागेर मनको सन्तुष्टि नत्याग्न अनेक आग्रह गर्दा पनि आर्थिक कमजोरीका कारण त्यसको पर्वाह नगरी परदेश गएपछि पत्नी र आमाको निधन भएको र उनीहरूको विरहमा नायककै पनि मृत्यु भएको कारूणिक अवस्थाको चित्रणमा यसको कथावस्तु टुङ्गिएको छ । उल्लिखित घटना तथा प्रसङ्गहरुमा विभिन्न भाव तथा रस अभिव्यक्त हुँदै काव्यको अन्त्यमा पुग्दा कृति कारूणिक एवं दुःखान्त बनेको पाइन्छ । यसको मुख्य स्थायीभाव शोक अभिव्यक्त भई करूणरस परिपाक भएपछि अन्य रस तथा भावहरु करूणमै पर्यवसित हुन पुगेको देखिन्छ । खण्डकाव्यकारले मूल अभीष्टसिद्धिका लागि विविध भावको आधान गर्दै करूणरसको अभिव्यञ्जना गरेका छन् । खण्डकाव्यमा प्रयुक्त विप्रलम्भ शृङ्गार, संयोग रति, रौद्र, वीर, भयानक, अद्भुत, शान्त र वात्सल्यरस जस्ता अङ्गरस र भक्ति,परारतिभाव साथै काव्यमा प्रयुक्त रसका विभाव, अनुभाव तथा सञ्चारीभाव घटना तथा प्रसङ्गानुसार जागृत उद्दीप्त–अभिव्यक्त हुँदै अन्त्यमा करूणरसलाई कृतिको अङ्गीरसका रुपमा स्थापित गराउन सहकारी बनेका छन् । कृतिमा प्रयुक्त अङ्ग र अङ्गीरसको दृष्टान्तद्वारा पुष्टि गरिएको छ ।
Title: रसप्रयोगका दृष्टिले मुनामदन खण्डकाव्य
Description:
लक्ष्मीप्रसाद देवकोटाद्वारा नेपाल भाषाको एउटा कथात्मक गीतलाई प्रेरणास्रोतका रुपमा ग्रहण गरी सिर्जित मुनामदन मुना र मदनको शाश्वत प्रेमको महिमा गायन गरिएको सर्वाधिक लोकप्रिय अमर कृति हो । आत्मिक प्रेम शाश्वत हुन्छ भन्ने केन्द्रीय कथ्यलाई आधारभूमि बनाई समाजलाई मानवता र कर्ममा प्रवृत्त गराउनु प्रस्तुत काव्यको अभीष्ट देखिन्छ । प्रस्तुत अनुसन्धानात्मक लेख मुनामदनमा के–कस्ता भाव तथा रसको प्रयोग कसरी गरिएको छ भन्ने मूल समस्या समाधानका लागि भएकाले यसमा विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । नायक मदन पत्नी मुनाले धनको पछि लागेर मनको सन्तुष्टि नत्याग्न अनेक आग्रह गर्दा पनि आर्थिक कमजोरीका कारण त्यसको पर्वाह नगरी परदेश गएपछि पत्नी र आमाको निधन भएको र उनीहरूको विरहमा नायककै पनि मृत्यु भएको कारूणिक अवस्थाको चित्रणमा यसको कथावस्तु टुङ्गिएको छ । उल्लिखित घटना तथा प्रसङ्गहरुमा विभिन्न भाव तथा रस अभिव्यक्त हुँदै काव्यको अन्त्यमा पुग्दा कृति कारूणिक एवं दुःखान्त बनेको पाइन्छ । यसको मुख्य स्थायीभाव शोक अभिव्यक्त भई करूणरस परिपाक भएपछि अन्य रस तथा भावहरु करूणमै पर्यवसित हुन पुगेको देखिन्छ । खण्डकाव्यकारले मूल अभीष्टसिद्धिका लागि विविध भावको आधान गर्दै करूणरसको अभिव्यञ्जना गरेका छन् । खण्डकाव्यमा प्रयुक्त विप्रलम्भ शृङ्गार, संयोग रति, रौद्र, वीर, भयानक, अद्भुत, शान्त र वात्सल्यरस जस्ता अङ्गरस र भक्ति,परारतिभाव साथै काव्यमा प्रयुक्त रसका विभाव, अनुभाव तथा सञ्चारीभाव घटना तथा प्रसङ्गानुसार जागृत उद्दीप्त–अभिव्यक्त हुँदै अन्त्यमा करूणरसलाई कृतिको अङ्गीरसका रुपमा स्थापित गराउन सहकारी बनेका छन् । कृतिमा प्रयुक्त अङ्ग र अङ्गीरसको दृष्टान्तद्वारा पुष्टि गरिएको छ ।.
Related Results
सारवस्तुका दृष्टिले अन्धवेग नाटक
सारवस्तुका दृष्टिले अन्धवेग नाटक
नाटक नरनारीका चरित्र र कार्यलाई पात्रका अभिनयका माध्यमद्वारा प्रदर्शित गरिने उद्देश्यले लेखिएको संवादात्मक साहित्यिक विधा भएकाले रङगमञ्चमा गरिने चरित्रको अभिनय हो । बालकृष्ण समद्वा...
‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर
‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर
प्रस्तुत ‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर’ शीर्षकको आलेख मूल स्वरका दृष्टिले कथासङ्ग्रहको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । ‘कार्निभल’ (२०७६) कथाकार भूमिराज बस्...
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
प्रस्तुत लेखमा राजेश्वरी खण्डकाव्यलाई काव्यगुणका आधारमा विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार हुने यस लेखमा सामग्रीको स्रोत पुस्तकालय हो । पाठविश्ल...
भेट कविताको संरचनात्मक विश्लेषण
भेट कविताको संरचनात्मक विश्लेषण
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्ट...
पर्वत जिल्लाको खण्डकाव्य परम्परा {Khandakavya tradition of Parvat district}
पर्वत जिल्लाको खण्डकाव्य परम्परा {Khandakavya tradition of Parvat district}
पर्वत जिल्लाको खण्डकाव्य परम्पराको थालनी कालीभक्त पन्तको किसान गीता नामक कृतिबाट भएको हो । यस जिल्लामा रचिएका कृतिमा सामाजिक, राजनीतिक, धार्मिक आदि विषयको प्रयोग गरिएको पाइन्छ । यस...
सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
समाजशास्त्री एवम् मानवशास्त्रीहरूले परिवारलाई सामाजिक र जैविक दुवै खालको सम्बन्धको एकीकृत स्वरूपको रूपमा चर्चा गर्ने गरेका छन् । यसै सन्दर्भमा यस आलेखको मूल ध्येय सामाजिक मानवशास्त...
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रू...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...

