Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

रसप्रयोगका दृष्टिले मुनामदन खण्डकाव्य

View through CrossRef
लक्ष्मीप्रसाद देवकोटाद्वारा नेपाल भाषाको एउटा कथात्मक गीतलाई प्रेरणास्रोतका रुपमा ग्रहण गरी सिर्जित मुनामदन मुना र मदनको शाश्वत प्रेमको महिमा गायन गरिएको सर्वाधिक लोकप्रिय अमर कृति हो । आत्मिक प्रेम शाश्वत हुन्छ भन्ने केन्द्रीय कथ्यलाई आधारभूमि बनाई समाजलाई मानवता र कर्ममा प्रवृत्त गराउनु प्रस्तुत काव्यको अभीष्ट देखिन्छ । प्रस्तुत अनुसन्धानात्मक लेख मुनामदनमा के–कस्ता भाव तथा रसको प्रयोग कसरी गरिएको छ भन्ने मूल समस्या समाधानका लागि भएकाले यसमा विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । नायक मदन पत्नी मुनाले धनको पछि लागेर मनको सन्तुष्टि नत्याग्न अनेक आग्रह गर्दा पनि आर्थिक कमजोरीका कारण त्यसको पर्वाह नगरी परदेश गएपछि पत्नी र आमाको निधन भएको र उनीहरूको विरहमा नायककै पनि मृत्यु भएको कारूणिक अवस्थाको चित्रणमा यसको कथावस्तु टुङ्गिएको छ । उल्लिखित घटना तथा प्रसङ्गहरुमा विभिन्न भाव तथा रस अभिव्यक्त हुँदै काव्यको अन्त्यमा पुग्दा कृति कारूणिक एवं दुःखान्त बनेको पाइन्छ । यसको मुख्य स्थायीभाव शोक अभिव्यक्त भई करूणरस परिपाक भएपछि अन्य रस तथा भावहरु करूणमै पर्यवसित हुन पुगेको देखिन्छ । खण्डकाव्यकारले मूल अभीष्टसिद्धिका लागि विविध भावको आधान गर्दै करूणरसको अभिव्यञ्जना गरेका छन् । खण्डकाव्यमा प्रयुक्त विप्रलम्भ शृङ्गार, संयोग रति, रौद्र, वीर, भयानक, अद्भुत, शान्त र वात्सल्यरस जस्ता अङ्गरस र भक्ति,परारतिभाव साथै काव्यमा प्रयुक्त रसका विभाव, अनुभाव तथा सञ्चारीभाव घटना तथा प्रसङ्गानुसार जागृत उद्दीप्त–अभिव्यक्त हुँदै अन्त्यमा करूणरसलाई कृतिको अङ्गीरसका रुपमा स्थापित गराउन सहकारी बनेका छन् । कृतिमा प्रयुक्त अङ्ग र अङ्गीरसको दृष्टान्तद्वारा पुष्टि गरिएको छ ।
Title: रसप्रयोगका दृष्टिले मुनामदन खण्डकाव्य
Description:
लक्ष्मीप्रसाद देवकोटाद्वारा नेपाल भाषाको एउटा कथात्मक गीतलाई प्रेरणास्रोतका रुपमा ग्रहण गरी सिर्जित मुनामदन मुना र मदनको शाश्वत प्रेमको महिमा गायन गरिएको सर्वाधिक लोकप्रिय अमर कृति हो । आत्मिक प्रेम शाश्वत हुन्छ भन्ने केन्द्रीय कथ्यलाई आधारभूमि बनाई समाजलाई मानवता र कर्ममा प्रवृत्त गराउनु प्रस्तुत काव्यको अभीष्ट देखिन्छ । प्रस्तुत अनुसन्धानात्मक लेख मुनामदनमा के–कस्ता भाव तथा रसको प्रयोग कसरी गरिएको छ भन्ने मूल समस्या समाधानका लागि भएकाले यसमा विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । नायक मदन पत्नी मुनाले धनको पछि लागेर मनको सन्तुष्टि नत्याग्न अनेक आग्रह गर्दा पनि आर्थिक कमजोरीका कारण त्यसको पर्वाह नगरी परदेश गएपछि पत्नी र आमाको निधन भएको र उनीहरूको विरहमा नायककै पनि मृत्यु भएको कारूणिक अवस्थाको चित्रणमा यसको कथावस्तु टुङ्गिएको छ । उल्लिखित घटना तथा प्रसङ्गहरुमा विभिन्न भाव तथा रस अभिव्यक्त हुँदै काव्यको अन्त्यमा पुग्दा कृति कारूणिक एवं दुःखान्त बनेको पाइन्छ । यसको मुख्य स्थायीभाव शोक अभिव्यक्त भई करूणरस परिपाक भएपछि अन्य रस तथा भावहरु करूणमै पर्यवसित हुन पुगेको देखिन्छ । खण्डकाव्यकारले मूल अभीष्टसिद्धिका लागि विविध भावको आधान गर्दै करूणरसको अभिव्यञ्जना गरेका छन् । खण्डकाव्यमा प्रयुक्त विप्रलम्भ शृङ्गार, संयोग रति, रौद्र, वीर, भयानक, अद्भुत, शान्त र वात्सल्यरस जस्ता अङ्गरस र भक्ति,परारतिभाव साथै काव्यमा प्रयुक्त रसका विभाव, अनुभाव तथा सञ्चारीभाव घटना तथा प्रसङ्गानुसार जागृत उद्दीप्त–अभिव्यक्त हुँदै अन्त्यमा करूणरसलाई कृतिको अङ्गीरसका रुपमा स्थापित गराउन सहकारी बनेका छन् । कृतिमा प्रयुक्त अङ्ग र अङ्गीरसको दृष्टान्तद्वारा पुष्टि गरिएको छ ।.

Related Results

सारवस्तुका दृष्टिले अन्धवेग नाटक
सारवस्तुका दृष्टिले अन्धवेग नाटक
नाटक नरनारीका चरित्र र कार्यलाई पात्रका अभिनयका माध्यमद्वारा प्रदर्शित गरिने उद्देश्यले लेखिएको संवादात्मक साहित्यिक विधा भएकाले रङगमञ्चमा गरिने चरित्रको अभिनय हो । बालकृष्ण समद्वा...
‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर
‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर
प्रस्तुत ‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर’ शीर्षकको आलेख मूल स्वरका दृष्टिले कथासङ्ग्रहको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । ‘कार्निभल’ (२०७६) कथाकार भूमिराज बस्...
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
प्रस्तुत लेखमा राजेश्वरी खण्डकाव्यलाई काव्यगुणका आधारमा विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार हुने यस लेखमा सामग्रीको स्रोत पुस्तकालय हो । पाठविश्ल...
भेट कविताको संरचनात्मक विश्लेषण
भेट कविताको संरचनात्मक विश्लेषण
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्ट...
पर्वत जिल्लाको खण्डकाव्य परम्परा {Khandakavya tradition of Parvat district}
पर्वत जिल्लाको खण्डकाव्य परम्परा {Khandakavya tradition of Parvat district}
पर्वत जिल्लाको खण्डकाव्य परम्पराको थालनी कालीभक्त पन्तको किसान गीता नामक कृतिबाट भएको हो । यस जिल्लामा रचिएका कृतिमा सामाजिक, राजनीतिक, धार्मिक आदि विषयको प्रयोग गरिएको पाइन्छ । यस...
सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
समाजशास्त्री एवम् मानवशास्त्रीहरूले परिवारलाई सामाजिक र जैविक दुवै खालको सम्बन्धको एकीकृत स्वरूपको रूपमा चर्चा गर्ने गरेका छन् । यसै सन्दर्भमा यस आलेखको मूल ध्येय सामाजिक मानवशास्त...
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रू...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...

Back to Top