Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

अनुसन्धानमा प्रमाता, प्रमेय, प्रमाण र प्रमा

View through CrossRef
प्रस्तुत लेख पूर्वीय दर्शनका मान्यतामा आधारित भएर अनुसन्धान र यसका अङ्गहरू प्रमाता, प्रमेय, प्रमाण र प्रमेयको भूमिका र तिनका बिचको सम्बन्धको निरूपणमा केन्द्रित छ । गुणात्मक प्रकृतिको यस लेखमा वर्णनात्मक, व्याख्यात्मक र आवश्यक स्थलमा तुलनात्मक विधिको उपयोग गरी अनुसन्धानको स्वरूप र प्रक्रियाको व्याख्या गर्नुका साथै यसका अङ्गका रूपमा रहेका प्रमाता, प्रेमय, प्रमाण र प्रमाको वैशिष्ट्यको निरूपण गरिएको छ । पूर्वीय दर्शनले अनुसन्धानप्रक्रियाको समग्र रूपरेखालाई प्रमाता, प्रमेय, प्रमाण र प्रमा गरी चारओटा अङ्गका माध्यमबाट प्रस्तुत गरेको छ । यी चार अङ्गमध्ये प्रमाताले शोधार्थी, प्रमेयले शोध्य विषय, प्रमाणले शोधविधि र प्रमाले शोधनिष्कर्षलाई बुझाएका छन् । यी चार अङ्गहरू अनुसन्धानका चार पाउ हुन् । एउटा पाउ नहुँदा वा कमजोर हुँदा अनुसन्धान अपाङ्ग वा अविश्वसनीय हुने भएकाले अनुसन्धानको पूर्णता र विश्वसनीयताका लागि यी चारै अङ्गको समान भूमिका छ । पूर्वीय दर्शनमा यी चारै अङ्गको भूमिका समान भए पनि प्रमेय, प्रमाण र प्रमाको चिन्तन चाहिँ विशिष्ट प्रकृतिको छ । प्रमेय भनेको पदार्थ हो । पूर्वीय दर्शनले पदार्थअन्तर्गत चेतन र जड गरी दुई किसिमका तत्त्वलाई लिएको छ । पूर्वीय दर्शनले यी दुवै तत्त्वलाई सत्य मानेर एउटै सत्य पनि अवस्थाविशेषका आधारमा फरक फरक रूपमा प्रकट हुने तथ्य प्रस्तुत गरेको छ । यसैले अवस्थाविशेषका आधारमा सत्य पारमार्थिक, व्यावहारिक र प्रातिभासिक गरी तीन किसिमका छन् । प्रमाण भनेको साधन ज्ञान हो भने प्रमा भनेको साध्य ज्ञान हो । यसअर्थमा पूर्वीय दर्शनका अनुसार साध्य ज्ञान र साधन ज्ञान गरी ज्ञान दुई किसिमका छन् । साध्य ज्ञान भनेको अनुसन्धानको निष्कर्ष हो भने साधन ज्ञान भनेको प्रमाण अर्थात् सैद्धान्तिक आधार हो । प्रमाताले साधन ज्ञानको प्रयोग गरी तत्त्वगत सत्य वा वैचारिक सत्यको ज्ञान गर्दछ । यसरी प्रमाता, प्रमेय, प्रमाण र प्रमा चार अङ्गका माध्यमबाट अनुसन्धानको समग्र प्रक्रिया व्यवस्थित हुने भएकाले पूर्वीय दर्शनअनुसार अनुसन्धानमा यी चारै अङ्गको समान भूमिका छ भन्ने निचोड प्रस्तुत लेखबाट प्राप्त भएको छ ।
Title: अनुसन्धानमा प्रमाता, प्रमेय, प्रमाण र प्रमा
Description:
प्रस्तुत लेख पूर्वीय दर्शनका मान्यतामा आधारित भएर अनुसन्धान र यसका अङ्गहरू प्रमाता, प्रमेय, प्रमाण र प्रमेयको भूमिका र तिनका बिचको सम्बन्धको निरूपणमा केन्द्रित छ । गुणात्मक प्रकृतिको यस लेखमा वर्णनात्मक, व्याख्यात्मक र आवश्यक स्थलमा तुलनात्मक विधिको उपयोग गरी अनुसन्धानको स्वरूप र प्रक्रियाको व्याख्या गर्नुका साथै यसका अङ्गका रूपमा रहेका प्रमाता, प्रेमय, प्रमाण र प्रमाको वैशिष्ट्यको निरूपण गरिएको छ । पूर्वीय दर्शनले अनुसन्धानप्रक्रियाको समग्र रूपरेखालाई प्रमाता, प्रमेय, प्रमाण र प्रमा गरी चारओटा अङ्गका माध्यमबाट प्रस्तुत गरेको छ । यी चार अङ्गमध्ये प्रमाताले शोधार्थी, प्रमेयले शोध्य विषय, प्रमाणले शोधविधि र प्रमाले शोधनिष्कर्षलाई बुझाएका छन् । यी चार अङ्गहरू अनुसन्धानका चार पाउ हुन् । एउटा पाउ नहुँदा वा कमजोर हुँदा अनुसन्धान अपाङ्ग वा अविश्वसनीय हुने भएकाले अनुसन्धानको पूर्णता र विश्वसनीयताका लागि यी चारै अङ्गको समान भूमिका छ । पूर्वीय दर्शनमा यी चारै अङ्गको भूमिका समान भए पनि प्रमेय, प्रमाण र प्रमाको चिन्तन चाहिँ विशिष्ट प्रकृतिको छ । प्रमेय भनेको पदार्थ हो । पूर्वीय दर्शनले पदार्थअन्तर्गत चेतन र जड गरी दुई किसिमका तत्त्वलाई लिएको छ । पूर्वीय दर्शनले यी दुवै तत्त्वलाई सत्य मानेर एउटै सत्य पनि अवस्थाविशेषका आधारमा फरक फरक रूपमा प्रकट हुने तथ्य प्रस्तुत गरेको छ । यसैले अवस्थाविशेषका आधारमा सत्य पारमार्थिक, व्यावहारिक र प्रातिभासिक गरी तीन किसिमका छन् । प्रमाण भनेको साधन ज्ञान हो भने प्रमा भनेको साध्य ज्ञान हो । यसअर्थमा पूर्वीय दर्शनका अनुसार साध्य ज्ञान र साधन ज्ञान गरी ज्ञान दुई किसिमका छन् । साध्य ज्ञान भनेको अनुसन्धानको निष्कर्ष हो भने साधन ज्ञान भनेको प्रमाण अर्थात् सैद्धान्तिक आधार हो । प्रमाताले साधन ज्ञानको प्रयोग गरी तत्त्वगत सत्य वा वैचारिक सत्यको ज्ञान गर्दछ । यसरी प्रमाता, प्रमेय, प्रमाण र प्रमा चार अङ्गका माध्यमबाट अनुसन्धानको समग्र प्रक्रिया व्यवस्थित हुने भएकाले पूर्वीय दर्शनअनुसार अनुसन्धानमा यी चारै अङ्गको समान भूमिका छ भन्ने निचोड प्रस्तुत लेखबाट प्राप्त भएको छ ।.

Related Results

कार्यमूलक अनुसन्धानः प्रक्रिया र शैक्षणिक प्रयोग
कार्यमूलक अनुसन्धानः प्रक्रिया र शैक्षणिक प्रयोग
प्रस्तुत लेख कार्यमूलक अनुसन्धान, यसको प्रक्रिया र शैक्षिक प्रयोगसँग सम्बन्धित रहेको छ । अनुसन्धानका विविध विधि पद्धतिहरुमध्ये कार्यमूलक अनुसन्धान तत्कालीन समस्या, यसको कारण र निरा...
अनामिका के साहित्य की विशेषताएँ
अनामिका के साहित्य की विशेषताएँ
समकालीन कविताओं की पृष्टभूमि ही यथार्थवादी रही है। समाज के वास्तविकताओं को लेकर चलने वाली कविता ही समकालीन कविता की श्रेणी में आती है। अपने आस-पास के परिवेश को लेकर चलना का काम ही ...
सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
समाजशास्त्री एवम् मानवशास्त्रीहरूले परिवारलाई सामाजिक र जैविक दुवै खालको सम्बन्धको एकीकृत स्वरूपको रूपमा चर्चा गर्ने गरेका छन् । यसै सन्दर्भमा यस आलेखको मूल ध्येय सामाजिक मानवशास्त...
कम्लरी कवितामा अभिव्यञ्जित यथार्थ
कम्लरी कवितामा अभिव्यञ्जित यथार्थ
प्रस्तुत अध्ययन ‘कम्लरी’ कवितामा यथार्थवादी अभिव्यञ्जनामा केन्द्रित रहेको छ । ‘कम्लरी’ कवि शीला योगीद्वारा रचित यथार्थवादी कविता हो । यस कवितामा पश्चिममा बसोबास गर्ने आदिवासी थारू ...
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगि...
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण ग...
बाल्यकालमा देखिने विचलनहरू
बाल्यकालमा देखिने विचलनहरू
यो लेखले बाल्यकालमा देखिने विकारहरूको समग्र अध्ययन प्रस्तुत गर्दछ, जसमा ADHD, चिन्ता विकार, र अवसादको पहिचान, कारण, लक्षण, र उपचारका विकल्पहरू समावेश छन् । यस अनुसन्धानमा साहित्यिक...
नासो कथासङ्ग्रहमा मनोविज्ञान
नासो कथासङ्ग्रहमा मनोविज्ञान
नासो कथासङ्ग्रहमा मनोविज्ञान शीर्षकमा तयार परिएको प्रस्तुत लेखको प्रयोजन नेपाली साहित्यको खोज र अनुसन्धानमा टेवा पुर्याउनु रहेको छ । नासो कथासङ्ग्रहमा समाविष्ट विषयवस्तुको चिनारी द...

Back to Top