Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

कम्लरी कवितामा अभिव्यञ्जित यथार्थ

View through CrossRef
प्रस्तुत अध्ययन ‘कम्लरी’ कवितामा यथार्थवादी अभिव्यञ्जनामा केन्द्रित रहेको छ । ‘कम्लरी’ कवि शीला योगीद्वारा रचित यथार्थवादी कविता हो । यस कवितामा पश्चिममा बसोबास गर्ने आदिवासी थारू समुदायमा कम्लरी प्रथा विद्यमान रहेको तथ्यको उद्घाटनसँगै सामाजिक यथार्थको कुरूप पक्षको उद्घाटन गरिएको छ । त्यस समुदायमा मनाइने नयाँ वर्ष माघीको अवसरमा छोरीचेलीलाई कम्लरीको रूपमा मालिकलाई बिक्री गरिने सामाजिक यथार्थको  अभिव्यक्ति छ । यस कवितासम्बन्धी पूर्वाध्ययनबाट प्रस्तुत दृष्टिकोणबाट अनुसन्धान नभएको रिक्तता पत्ता लगाई यो अध्ययन गरिएको हो । यसको विश्लेषणको लागि पाठ विश्लेषण विधिको उपयोग गरिएको छ । यथार्थवादी दृष्टिकोणबाट अध्ययन गर्नु प्रस्तुत अनुसन्धानको सीमा हो ।  यथार्थवादमा लौकिक विषयवस्तुको प्रस्तुति र ग्रहण एवम् त्यसप्रतिको क्रिया प्रतिक्रिया नै मुख्य आधारको रूपमा रहेको हुन्छ । यस अनुसन्धानमा  सामाजिक यथार्थको प्रयोग गरी विश्लेषण गरिएको छ । विवेच्य कवितामा माघीको अवसरमा मालिकको हातमा बेचिएकी चेलीले मालिकको घरमा भोग्नु परेका उत्पीडन, खप्की, शोषणको अभिव्यञ्जना छ । यसका साथै मालिकले कम्लरीको कौमार्यमाथि राखेको कुदृष्टि, यौनशोषणको कथाव्यथाका साथै कम्लरीले आफ्नो अस्तित्व रक्षार्थ गरेकी सङ्घर्षको सटीक प्रस्तुति छ ।
Nepal Journals Online (JOL)
Title: कम्लरी कवितामा अभिव्यञ्जित यथार्थ
Description:
प्रस्तुत अध्ययन ‘कम्लरी’ कवितामा यथार्थवादी अभिव्यञ्जनामा केन्द्रित रहेको छ । ‘कम्लरी’ कवि शीला योगीद्वारा रचित यथार्थवादी कविता हो । यस कवितामा पश्चिममा बसोबास गर्ने आदिवासी थारू समुदायमा कम्लरी प्रथा विद्यमान रहेको तथ्यको उद्घाटनसँगै सामाजिक यथार्थको कुरूप पक्षको उद्घाटन गरिएको छ । त्यस समुदायमा मनाइने नयाँ वर्ष माघीको अवसरमा छोरीचेलीलाई कम्लरीको रूपमा मालिकलाई बिक्री गरिने सामाजिक यथार्थको  अभिव्यक्ति छ । यस कवितासम्बन्धी पूर्वाध्ययनबाट प्रस्तुत दृष्टिकोणबाट अनुसन्धान नभएको रिक्तता पत्ता लगाई यो अध्ययन गरिएको हो । यसको विश्लेषणको लागि पाठ विश्लेषण विधिको उपयोग गरिएको छ । यथार्थवादी दृष्टिकोणबाट अध्ययन गर्नु प्रस्तुत अनुसन्धानको सीमा हो ।  यथार्थवादमा लौकिक विषयवस्तुको प्रस्तुति र ग्रहण एवम् त्यसप्रतिको क्रिया प्रतिक्रिया नै मुख्य आधारको रूपमा रहेको हुन्छ । यस अनुसन्धानमा  सामाजिक यथार्थको प्रयोग गरी विश्लेषण गरिएको छ । विवेच्य कवितामा माघीको अवसरमा मालिकको हातमा बेचिएकी चेलीले मालिकको घरमा भोग्नु परेका उत्पीडन, खप्की, शोषणको अभिव्यञ्जना छ । यसका साथै मालिकले कम्लरीको कौमार्यमाथि राखेको कुदृष्टि, यौनशोषणको कथाव्यथाका साथै कम्लरीले आफ्नो अस्तित्व रक्षार्थ गरेकी सङ्घर्षको सटीक प्रस्तुति छ ।.

Related Results

माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बना...
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
‘आमाको सपना’ कवितामा आर्थी व्यञ्जना {Arthi Vyanjana in the poem 'Amako Sapna'}
‘आमाको सपना’ कवितामा आर्थी व्यञ्जना {Arthi Vyanjana in the poem 'Amako Sapna'}
प्रस्तुत लेखमा गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविताबाट अभिव्यञ्जित व्यङ्ग्यार्थ निरूपण गरिएको छ । यस लेखमा ‘आमाको सपना’ कवितालाई आधारभूत सामग्री तथा व्यञ्जना शब्दशक्तिको सिद्धान्...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
‘अवैध सम्बन्ध’ कविताको लयविधान
‘अवैध सम्बन्ध’ कविताको लयविधान
प्रस्तुत अनुसन्धानात्मक लेखमा बानिरा गिरी (२००३–२०७८) द्वारा रचित तथा प्रज्ञा आधुनिक कविता (२०७४) मा सङ्कलित ‘अवैध सम्बन्ध’ कविताको लयविधानबारे अध्ययन गरिएको छ । कवितामा अनुबन्धित ...
‘म शून्यमा शून्य सरी’ कवितामा ध्वनि
‘म शून्यमा शून्य सरी’ कवितामा ध्वनि
प्रस्तुत लेख महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचना गरिएको म शून्यमा शून्य सरी कवितामा अभिव्यञ्जित ध्वनिको अध्ययनका केन्द्रित छ । यो कविता नेपाली भाषामा लेखिएको देवकोटाको अन्तिम क...

Back to Top