Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

पारिजातको उपन्यासमा विसङगतिपरक चिन्तनमा निराशावाद

View through CrossRef
प्रस्तुत अनुसन्धानात्मक लेख पारिजातका आख्यानमा विसङगतिवाद अन्तर्गतको दशवटा मानक सिद्धान्त मध्ये निराशावाद अध्ययनमा केन्द्रित छ । पारिजातका उपन्यासहरु मध्ये उनको औपन्यासिक यात्रा २०२२-२०३० सम्मको पूर्वाद्धकाललाई लिइएको छ । यस चरणमा उनले ‘शिरिषको फूल’ (२०२२), ‘महत्ताहीन’ (२०२५), ‘बैसका मान्छे’ (२०२९) तीनवटा उपन्यास देखा परेका छन । यस अध्ययनमा तीन उपन्यासका निराशावादलाई केलाइएको छ । वर्तमान मान्छेले निराशामात्र भोगेको सन्दर्भ प्रस्तुत गरेको छ । यी उपन्यासहरुलाई निराशाको चर्चा गर्ने सम्बन्धमा निराशाको पृष्ठभूमि सहित अगाडि बढाइएको छ । अङग्रेजीमा ‘डिस्पेयर’ भन्ने यस शब्दलाई नै नेपालीमा निराशा भन्छ । निराशा आधुनिक युगको भोगाई तथा मनोवृत्तिको उपज हो, जो विश्वव्यापी भौतिकता, औद्योगिकता, यान्त्रिकता र ज्ञान विज्ञान बौद्धिकताबाट अलग रहेको महसुस भयो । यथार्थमा निराशापरक साहित्यको केन्द्रविन्दु व्यक्ति नै हो । यस अध्ययनमा पारिजातले ‘शिरीषको फूल’ उपन्यासको प्रमुख पात्र प्रेमलाई उपहास गर्ने सुयोग नायीका वरी संगको भेटले प्रेम उसको निम्ति व्यङग्य भएर उभिएको छ भन्ने निचोड निकाल्छ जीवनमा निराशामात्र भोग्ने बानी परिसकेको बूढो लाहुरे मनभित्र वरीलाई लुकाएर दीनहीन र निस्सार जीवन बाँच्न बाध्य छ भने ‘महत्ताहीन’मा नपाउनु नै जीवनको निराशताको सङकेत गरेको पाइन्छ । अत्यास लाग्दो जीवन जिउन बाध्य आजको मान्छे आफूलाई अस्तित्व नभएको मान्न बाध्य छ । यस उपन्यासको अनाम नायक जीवनप्रति कुनै उत्साह, उमङग नभएको विना रसको जीवन बोकेर वैरागिएको निराशबोधी व्यक्तिको प्रतिनिधि भएको छ । ‘बैंसकोे मान्छे’ मा आफूले चाहेको केही पाउन, गर्न नसक्ने लाछी सम्झने उपन्यासको पात्रहरुमा मानवता प्रति नै विश्वास छैन, आफ्नो मूल्यहीनताको बोधले खग्रास भएका पात्रहरु निरसै निराशामा भरिएको जीवन बाँच्न वाध्य भएको विश्लेषण गरिएको छ ।
Title: पारिजातको उपन्यासमा विसङगतिपरक चिन्तनमा निराशावाद
Description:
प्रस्तुत अनुसन्धानात्मक लेख पारिजातका आख्यानमा विसङगतिवाद अन्तर्गतको दशवटा मानक सिद्धान्त मध्ये निराशावाद अध्ययनमा केन्द्रित छ । पारिजातका उपन्यासहरु मध्ये उनको औपन्यासिक यात्रा २०२२-२०३० सम्मको पूर्वाद्धकाललाई लिइएको छ । यस चरणमा उनले ‘शिरिषको फूल’ (२०२२), ‘महत्ताहीन’ (२०२५), ‘बैसका मान्छे’ (२०२९) तीनवटा उपन्यास देखा परेका छन । यस अध्ययनमा तीन उपन्यासका निराशावादलाई केलाइएको छ । वर्तमान मान्छेले निराशामात्र भोगेको सन्दर्भ प्रस्तुत गरेको छ । यी उपन्यासहरुलाई निराशाको चर्चा गर्ने सम्बन्धमा निराशाको पृष्ठभूमि सहित अगाडि बढाइएको छ । अङग्रेजीमा ‘डिस्पेयर’ भन्ने यस शब्दलाई नै नेपालीमा निराशा भन्छ । निराशा आधुनिक युगको भोगाई तथा मनोवृत्तिको उपज हो, जो विश्वव्यापी भौतिकता, औद्योगिकता, यान्त्रिकता र ज्ञान विज्ञान बौद्धिकताबाट अलग रहेको महसुस भयो । यथार्थमा निराशापरक साहित्यको केन्द्रविन्दु व्यक्ति नै हो । यस अध्ययनमा पारिजातले ‘शिरीषको फूल’ उपन्यासको प्रमुख पात्र प्रेमलाई उपहास गर्ने सुयोग नायीका वरी संगको भेटले प्रेम उसको निम्ति व्यङग्य भएर उभिएको छ भन्ने निचोड निकाल्छ जीवनमा निराशामात्र भोग्ने बानी परिसकेको बूढो लाहुरे मनभित्र वरीलाई लुकाएर दीनहीन र निस्सार जीवन बाँच्न बाध्य छ भने ‘महत्ताहीन’मा नपाउनु नै जीवनको निराशताको सङकेत गरेको पाइन्छ । अत्यास लाग्दो जीवन जिउन बाध्य आजको मान्छे आफूलाई अस्तित्व नभएको मान्न बाध्य छ । यस उपन्यासको अनाम नायक जीवनप्रति कुनै उत्साह, उमङग नभएको विना रसको जीवन बोकेर वैरागिएको निराशबोधी व्यक्तिको प्रतिनिधि भएको छ । ‘बैंसकोे मान्छे’ मा आफूले चाहेको केही पाउन, गर्न नसक्ने लाछी सम्झने उपन्यासको पात्रहरुमा मानवता प्रति नै विश्वास छैन, आफ्नो मूल्यहीनताको बोधले खग्रास भएका पात्रहरु निरसै निराशामा भरिएको जीवन बाँच्न वाध्य भएको विश्लेषण गरिएको छ ।.

Related Results

योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
चरैवति उपन्यासमा प्रजाति र परिवेश
चरैवति उपन्यासमा प्रजाति र परिवेश
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्य...
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रस्तुत लेखमा नारायण ढकालद्वारा लिखित ‘प्रेतकल्प’ उपन्यासमा सन्निहित स्थानीयताको विश्लेषण गरिएको छ । ‘प्रेतकल्प’ उपन्यासमा हालको कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गतका विभिन्न भौगोल...
माधवी उपन्यासमा संस्कृति
माधवी उपन्यासमा संस्कृति
प्रस्तुत अध्ययन माधवी उपन्यासमा चित्रण गरिएका संस्कृतिको अध्ययनमा केन्द्रित छ । यस उपन्यासमा महाभारतको उद्योग पर्वका अध्याय १०६ देखि १२३ सम्म पाइने गालवसम्बन्धी कथालाई आधार बनाइए प...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...

Back to Top