Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

विवस्त्र रामायण कथामा नारीवाद

View through CrossRef
प्रस्तुत ‘विवस्त्र रामायण’ मा ‘नारीवाद’ शीर्षकको आलेख उत्तरआधुनिक नारीवादी कोणबाट ‘विवस्त्ररामायण’ कथालाई केलाउने उद्देश्यले तयार गरिएको हो । कथाकार अर्चना थापाद्वारा लिखित ‘विवस्त्ररामायण’ कथालाई नारीवादी कोणबाट विश्लेषण गर्ने सन्दर्भमा मूलतः पुस्तकालय कार्यको उपयोगगर्दै प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरू सङ्कलन गरी तिनको अध्ययन विश्लेषणबाट प्राप्ततथ्यलाई तर्क, प्रमाण र कार्य कारण सम्बन्धका आधारमा पुष्टि गरिएको छ । प्रस्तुत कथालाई नारीवादीकोणबाट हेर्दा ‘रामायण’ लाई विपठन÷विनिर्माण गरी पुरूषद्वारा पीडित नारीका पीडालाई मिनाक्षी रमैथिलीका माध्यमबाट प्रस्तुत गरिएको छ । पितृसत्ताका कारण रामायणका नारी पात्रहरूले मनभरिपीडा बोकेर बनावटी हाँसो हाँस्नु परेको वास्तविकतालाई कथामा प्रस्तुत गरिएको छ । पितृसत्ताको विरोध, विगतप्रति चरम विद्रोह, अस्तित्वशून्य आदर्श जीवनप्रतिको अनास्था, नारीअस्मिताको अग्निपरीक्षा, नारी स्वतन्त्रताको वकालतजस्ता पक्षहरू कथामा उद्घाटित भएका छन्। पुरूषप्रधान समाजकानारीहरूले सदियांदेखि भोग्दै आएका पीडा र व्यथाहरूलाई प्रतिकार र प्रतिरोध गर्ने कार्य मिनाक्षी रमैथिलीका माध्यमबाट भएको छ । यसरी हेर्दा गहन बौद्धिकता र तार्किकताका साथ लेखिएको ‘विवस्त्ररामायण’ विषयवस्तुका दृष्टिले मात्र नभई प्रस्तुतिका दृष्टिले पनि नवीन र उत्कृष्ट कथा हो ।
Title: विवस्त्र रामायण कथामा नारीवाद
Description:
प्रस्तुत ‘विवस्त्र रामायण’ मा ‘नारीवाद’ शीर्षकको आलेख उत्तरआधुनिक नारीवादी कोणबाट ‘विवस्त्ररामायण’ कथालाई केलाउने उद्देश्यले तयार गरिएको हो । कथाकार अर्चना थापाद्वारा लिखित ‘विवस्त्ररामायण’ कथालाई नारीवादी कोणबाट विश्लेषण गर्ने सन्दर्भमा मूलतः पुस्तकालय कार्यको उपयोगगर्दै प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरू सङ्कलन गरी तिनको अध्ययन विश्लेषणबाट प्राप्ततथ्यलाई तर्क, प्रमाण र कार्य कारण सम्बन्धका आधारमा पुष्टि गरिएको छ । प्रस्तुत कथालाई नारीवादीकोणबाट हेर्दा ‘रामायण’ लाई विपठन÷विनिर्माण गरी पुरूषद्वारा पीडित नारीका पीडालाई मिनाक्षी रमैथिलीका माध्यमबाट प्रस्तुत गरिएको छ । पितृसत्ताका कारण रामायणका नारी पात्रहरूले मनभरिपीडा बोकेर बनावटी हाँसो हाँस्नु परेको वास्तविकतालाई कथामा प्रस्तुत गरिएको छ । पितृसत्ताको विरोध, विगतप्रति चरम विद्रोह, अस्तित्वशून्य आदर्श जीवनप्रतिको अनास्था, नारीअस्मिताको अग्निपरीक्षा, नारी स्वतन्त्रताको वकालतजस्ता पक्षहरू कथामा उद्घाटित भएका छन्। पुरूषप्रधान समाजकानारीहरूले सदियांदेखि भोग्दै आएका पीडा र व्यथाहरूलाई प्रतिकार र प्रतिरोध गर्ने कार्य मिनाक्षी रमैथिलीका माध्यमबाट भएको छ । यसरी हेर्दा गहन बौद्धिकता र तार्किकताका साथ लेखिएको ‘विवस्त्ररामायण’ विषयवस्तुका दृष्टिले मात्र नभई प्रस्तुतिका दृष्टिले पनि नवीन र उत्कृष्ट कथा हो ।.

Related Results

हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
यो लेख ‘संवेदनाको सफ्टकपी’ कथामा निहित विज्ञानप्रविधि विषयक अन्तर्विषयकताको उद्घाटनमा केन्द्रित छ । नेपाली साहित्यमा उत्तरआधुनिकतावादी मान्यताको  प्रवेशसँगै अन्तर्विषयकताले पनि प्र...
‘मेरी सौता’ कथामा रौद्र रस
‘मेरी सौता’ कथामा रौद्र रस
प्रस्ततु लेख मेरी सौता कथाको विश्लेषणमा केन्द्रित रहेको छ । मुना चौधरीद्वारा लेखिएको यो कथा उनको कथासङ्ग्रह लारमा समाविष्ट छ । चौधरी नेपाली साहित्यका कथा तथा उपन्यास विधामा स्थापित...
कदमलाल ततमाको गीत कथामा सीमान्तीयता {Marginality in the story "Kadamlal Tatmako Geet"}
कदमलाल ततमाको गीत कथामा सीमान्तीयता {Marginality in the story "Kadamlal Tatmako Geet"}
प्रस्तुत अनुसन्धानात्मक लेख ऋषिराज बरालद्वारा लेखिएको ‘कदमलाल ततमाको गीत’ कथामा चित्रित सीमान्तकृत समुदायको अध्ययनसँग सम्बद्ध छ । कथामा समाजका उच्च र अभिजात वर्गले निम्नवर्गलाई हेर...
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
प्रस्तुत लेख छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुन...
चीत्कार कथामा नारी उत्पीडन
चीत्कार कथामा नारी उत्पीडन
प्रस्तुत लेख ध्रुव सापकोटा (२००९) द्वारा लिखित “चीत्कार” कथामा अभिव्यक्त नारी उत्पीडनमा केन्द्रित रही विश्लेषण गरिएको छ । यो कथा २०५१ सालमा पहिलो पटक गरिमा पत्रिकामा प्रकाशित भएको ...

Back to Top