Javascript must be enabled to continue!
समानान्तर आकाश उपन्यासमा लैङ्गिक सचेतता
View through CrossRef
प्रस्तुत लेखमा लैङ्गिक समालोचनाको सिद्धान्तको केन्द्रीयतामा पद्मावती सिंहको समानान्तर आकाश उपन्यासको विश्लेषण गरिएको छ । समानान्तर आकाश उपन्यासमा लैङ्गिक सचेतताका केकस्ता सूचकहरूको प्रयोग गरिएको छ भन्ने शोधप्रश्नको परिपूर्ति गर्नाका निम्ति यो अध्ययन गरिएको हो । लैङ्गिक समालोचनाको सैद्धान्तिक पर्याधारलाई आधार मानी प्राथमिक एवम् द्वितीयक स्रोतका सामग्रीको उपयोग गरी गुणात्मक र पाठविश्लेषणात्मक शोधविधि अपनाई यस लेखलाई पूर्णता प्रदान गरिएको छ । पितृसत्ताको समानान्तरतामा मातृसत्ताको स्थापना, शरीर र स्वको चेतनाविकास तथा महिला र पुरुषको सहकार्यात्मक सम्बन्धमा जोड गरी तीनओटा मानदण्डका आधारमा उक्त उपन्यासको मूल्याङ्कन यस लेखमा गरिएको छ । मानवीय श्रेष्ठतालाई कलङ्कित तुल्याउने लैङ्गिक विभेद र उत्पीडनलाई किनाराकृत गरी इमानदारी र जवाफदेहिताका साथ पुरुषले महिलाको र महिलाले पुरुषको अस्तित्व र अस्मितालाई स्विकार्ने, एउटा पक्षले अर्को पक्षलाई हार्दिक प्रेम गर्ने, आपसी समन्वय र सहकार्यमा जीवन बिताउने तथा उत्पन्न हरेक समस्यालाई विवेकसम्मत तरिकाले आपसी छलफलबाट समाधान खोज्ने जस्ता कुराहरूलाई उक्त कृतिमा सर्वोपरि महत्त्व दिइएको छ । उपर्युक्त प्रकृतिको आचरण र व्यवहार महिला र पुरुष दुवैले अवलम्बन गर्दा समाजबाट लैङ्गिक विषमता हटी सामाजिक समता कायम भई समतामूलक समाजको स्थापना हुने र त्यस कार्यले समग्र मानव जीवनमूल्य र मानवीय श्रेष्ठता कायम भई लोकहित हुने सचेततासम्बन्धी विचारको सम्प्रेषण यस उपन्यासमा गरिएको एवम् यस्तो लोककल्याणकारी विमर्शलाई प्रभावान्वितिपूर्ण ढङ्गले पाठकसमक्ष पुर्याउने कलात्मक र सिर्जनात्मक सामथ्र्य उपन्यासकार पद्मावती सिंहमा रहेको तथा बौद्धिक वर्ग लैङ्गिक समानता र समताका निम्ति प्रतिबद्ध रहनुपर्ने सार प्राप्त हुनुलाई यस लेखको निष्कर्षात्मक प्राप्तिका रूपमा प्रस्तुत गरिएको छ ।
Title: समानान्तर आकाश उपन्यासमा लैङ्गिक सचेतता
Description:
प्रस्तुत लेखमा लैङ्गिक समालोचनाको सिद्धान्तको केन्द्रीयतामा पद्मावती सिंहको समानान्तर आकाश उपन्यासको विश्लेषण गरिएको छ । समानान्तर आकाश उपन्यासमा लैङ्गिक सचेतताका केकस्ता सूचकहरूको प्रयोग गरिएको छ भन्ने शोधप्रश्नको परिपूर्ति गर्नाका निम्ति यो अध्ययन गरिएको हो । लैङ्गिक समालोचनाको सैद्धान्तिक पर्याधारलाई आधार मानी प्राथमिक एवम् द्वितीयक स्रोतका सामग्रीको उपयोग गरी गुणात्मक र पाठविश्लेषणात्मक शोधविधि अपनाई यस लेखलाई पूर्णता प्रदान गरिएको छ । पितृसत्ताको समानान्तरतामा मातृसत्ताको स्थापना, शरीर र स्वको चेतनाविकास तथा महिला र पुरुषको सहकार्यात्मक सम्बन्धमा जोड गरी तीनओटा मानदण्डका आधारमा उक्त उपन्यासको मूल्याङ्कन यस लेखमा गरिएको छ । मानवीय श्रेष्ठतालाई कलङ्कित तुल्याउने लैङ्गिक विभेद र उत्पीडनलाई किनाराकृत गरी इमानदारी र जवाफदेहिताका साथ पुरुषले महिलाको र महिलाले पुरुषको अस्तित्व र अस्मितालाई स्विकार्ने, एउटा पक्षले अर्को पक्षलाई हार्दिक प्रेम गर्ने, आपसी समन्वय र सहकार्यमा जीवन बिताउने तथा उत्पन्न हरेक समस्यालाई विवेकसम्मत तरिकाले आपसी छलफलबाट समाधान खोज्ने जस्ता कुराहरूलाई उक्त कृतिमा सर्वोपरि महत्त्व दिइएको छ । उपर्युक्त प्रकृतिको आचरण र व्यवहार महिला र पुरुष दुवैले अवलम्बन गर्दा समाजबाट लैङ्गिक विषमता हटी सामाजिक समता कायम भई समतामूलक समाजको स्थापना हुने र त्यस कार्यले समग्र मानव जीवनमूल्य र मानवीय श्रेष्ठता कायम भई लोकहित हुने सचेततासम्बन्धी विचारको सम्प्रेषण यस उपन्यासमा गरिएको एवम् यस्तो लोककल्याणकारी विमर्शलाई प्रभावान्वितिपूर्ण ढङ्गले पाठकसमक्ष पुर्याउने कलात्मक र सिर्जनात्मक सामथ्र्य उपन्यासकार पद्मावती सिंहमा रहेको तथा बौद्धिक वर्ग लैङ्गिक समानता र समताका निम्ति प्रतिबद्ध रहनुपर्ने सार प्राप्त हुनुलाई यस लेखको निष्कर्षात्मक प्राप्तिका रूपमा प्रस्तुत गरिएको छ ।.
Related Results
समानान्तर आकाशमा नारीवादी चेतना {Feminist Consciousness in The Samanantar Aakash}
समानान्तर आकाशमा नारीवादी चेतना {Feminist Consciousness in The Samanantar Aakash}
पद्मावती सिंहको ‘समानान्तर आकाश’ उपन्यास नेपाली साहित्यमा विशेषतः नारीवादलाई सशक्त रूपमा प्रस्तुत गर्ने उपन्यासका रूपमा परिचित छ । समाजमा विद्यमान लैङ्गिक विभेद, पुरुषहरूको हैकमवाद...
आकाश उपन्यासमा नारीवादी चेतना
आकाश उपन्यासमा नारीवादी चेतना
प्रस्तुत लेख नारीवादी चेतनाका आधारमा समानान्तर आकाश उपन्यासको अध्ययन गर्ने उद्देश्यले तयार पारिएको हो । गुणात्मक ढाँचामा संरचित यस लेखमा कृति अवलोकन, पूर्वकार्यको अवलोकन आदि स्रोतब...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
'मानसि' उपन्यासमा लैंगिकता {Sexuality in the Novel 'Manasi'}
'मानसि' उपन्यासमा लैंगिकता {Sexuality in the Novel 'Manasi'}
प्रस्तुत लेखमा बलदेव मजगैयाँद्वारा रचित ‘मानसी’ उपन्यासको लैङ्गिकताको अध्ययन गरिएको छ । लैङ्गिक समालोचनाले कृति विश्लेषणका लागि अगाडि सारेका पितृसत्ता, शरीर, लैङ्गिक विभेद, लैङ्गिक...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...

