Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

शब्दातीत शान्तनु उपन्यासमा स्वस्थ पुरुषत्व

View through CrossRef
प्रस्तुत लेख वानीरा गिरिको शब्दातीत शान्तनु उपन्यासमा स्वस्थ पुरुषत्वको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित रहेको छ । यस लेखमा पुस्तकालयीय पद्धतिबाट सामग्री सङ्कलन गरी स्वस्थ पुरुषत्वको अभिव्यक्ति सम्बन्धित प्राज्ञिक जिज्ञासाको समाधान गर्ने प्रयास गरिएको छ । पुरुषत्व लैङ्गिक अवधारणा अन्तरगतको पुरुष केन्द्रित व्यवहार हो । यो जन्मात विशेषता नभई सामाजिक व्यवहार र मानवीय स्वभावको उपज हो । परम्परागत पितृसत्तात्मक समाजले पुरुष लिङ्गमाथि थोपरिदिएको चारित्रिक भाष्यलाई पुरुषत्व मानिन्छ । पुरुष भनेको निडर, आक्रामक, क्रोधी, विजयी, हिंस्रक, प्रभुत्वशाली, प्रतिस्पर्धी, पुँजीपति, सर्वश्रेष्ठ आदि हुनु पर्छ भनी पुरुषवादी समाजले खडा गरेको पुरुषपनसम्बन्धी मापदण्ड नै विषाक्त पुरुषत्वको आधार हो । पुरुषत्वलाई सैद्धान्तिक पर्याधार बनाएर स्वस्थ पुरुषत्व मापनका सैद्धान्तिक मान्यताका आधारमा गुणात्मक ढाँचा अबलम्बन गरी यस उपन्यासमा प्रयुक्त पुरुष पात्रहरुको विचार र व्यवहारको विश्लेषण र मूल्याङ्कन गरिएको छ । समाजमा सबै पुरुषहरूका स्वभाव नकारात्मक मात्र हुँदैनन् भनी परम्परागत विषाक्त पुरुषत्वको आलोचना गर्दै शब्दातीत शान्तनु उपन्यासमा रहेका पुरुष पात्रको स्वस्थ व्यवहारलाई केलाउने प्रयास यस लेखमा गरिएको छ । उच्च र संभ्रान्त परिवारका पुरुष पनि सहयोगी, भावुक, कारुणिक, सकारात्मक र समानुभूति भावनाका हुन्छ भन्ने यथार्थ प्रतिबिम्बन यस उपन्यासले गरेको छ । स्वस्थ पुरुषत्वको कारण समाजमा देखिएका विभेदको अन्त्य भई समतामूलक समाजको निर्माण भएको प्रतीकात्मक चित्रण यस उपन्यासमा गरिएको छ। पारिवारिक एकता र समाजसेवाको भावना भएका उक्त उपन्यासका प्रतिनिधि पुरुष पात्र शान्तनुबाबूको विचार र व्यवहारलाई स्वस्थ पुरुषत्वको रूपमा विश्लेषण गरिएको छ । जसका कारण समाजमा मानवतावादी दृष्टिकोण उजागर भई जातीय, क्षेत्रीय, वर्गीय र लैङ्गिक विभेदको अन्त्य भई समतामूलक समाज निर्माण भएको निष्कर्ष निकालिएको छ ।
Title: शब्दातीत शान्तनु उपन्यासमा स्वस्थ पुरुषत्व
Description:
प्रस्तुत लेख वानीरा गिरिको शब्दातीत शान्तनु उपन्यासमा स्वस्थ पुरुषत्वको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित रहेको छ । यस लेखमा पुस्तकालयीय पद्धतिबाट सामग्री सङ्कलन गरी स्वस्थ पुरुषत्वको अभिव्यक्ति सम्बन्धित प्राज्ञिक जिज्ञासाको समाधान गर्ने प्रयास गरिएको छ । पुरुषत्व लैङ्गिक अवधारणा अन्तरगतको पुरुष केन्द्रित व्यवहार हो । यो जन्मात विशेषता नभई सामाजिक व्यवहार र मानवीय स्वभावको उपज हो । परम्परागत पितृसत्तात्मक समाजले पुरुष लिङ्गमाथि थोपरिदिएको चारित्रिक भाष्यलाई पुरुषत्व मानिन्छ । पुरुष भनेको निडर, आक्रामक, क्रोधी, विजयी, हिंस्रक, प्रभुत्वशाली, प्रतिस्पर्धी, पुँजीपति, सर्वश्रेष्ठ आदि हुनु पर्छ भनी पुरुषवादी समाजले खडा गरेको पुरुषपनसम्बन्धी मापदण्ड नै विषाक्त पुरुषत्वको आधार हो । पुरुषत्वलाई सैद्धान्तिक पर्याधार बनाएर स्वस्थ पुरुषत्व मापनका सैद्धान्तिक मान्यताका आधारमा गुणात्मक ढाँचा अबलम्बन गरी यस उपन्यासमा प्रयुक्त पुरुष पात्रहरुको विचार र व्यवहारको विश्लेषण र मूल्याङ्कन गरिएको छ । समाजमा सबै पुरुषहरूका स्वभाव नकारात्मक मात्र हुँदैनन् भनी परम्परागत विषाक्त पुरुषत्वको आलोचना गर्दै शब्दातीत शान्तनु उपन्यासमा रहेका पुरुष पात्रको स्वस्थ व्यवहारलाई केलाउने प्रयास यस लेखमा गरिएको छ । उच्च र संभ्रान्त परिवारका पुरुष पनि सहयोगी, भावुक, कारुणिक, सकारात्मक र समानुभूति भावनाका हुन्छ भन्ने यथार्थ प्रतिबिम्बन यस उपन्यासले गरेको छ । स्वस्थ पुरुषत्वको कारण समाजमा देखिएका विभेदको अन्त्य भई समतामूलक समाजको निर्माण भएको प्रतीकात्मक चित्रण यस उपन्यासमा गरिएको छ। पारिवारिक एकता र समाजसेवाको भावना भएका उक्त उपन्यासका प्रतिनिधि पुरुष पात्र शान्तनुबाबूको विचार र व्यवहारलाई स्वस्थ पुरुषत्वको रूपमा विश्लेषण गरिएको छ । जसका कारण समाजमा मानवतावादी दृष्टिकोण उजागर भई जातीय, क्षेत्रीय, वर्गीय र लैङ्गिक विभेदको अन्त्य भई समतामूलक समाज निर्माण भएको निष्कर्ष निकालिएको छ ।.

Related Results

योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
शिरीषको फूल उपन्यासमा प्रभुत्वशाली पुरुषत्व
शिरीषको फूल उपन्यासमा प्रभुत्वशाली पुरुषत्व
प्रस्तुत लेखमा पारिजातको ‘शिरीषको फूल’ उपन्यासलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त प्रभुत्वशाली पुरुषत्वका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त उपन्यासको वैचारिकता निरू...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
चरैवति उपन्यासमा प्रजाति र परिवेश
चरैवति उपन्यासमा प्रजाति र परिवेश
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्य...
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रस्तुत लेखमा नारायण ढकालद्वारा लिखित ‘प्रेतकल्प’ उपन्यासमा सन्निहित स्थानीयताको विश्लेषण गरिएको छ । ‘प्रेतकल्प’ उपन्यासमा हालको कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गतका विभिन्न भौगोल...
माधवी उपन्यासमा संस्कृति
माधवी उपन्यासमा संस्कृति
प्रस्तुत अध्ययन माधवी उपन्यासमा चित्रण गरिएका संस्कृतिको अध्ययनमा केन्द्रित छ । यस उपन्यासमा महाभारतको उद्योग पर्वका अध्याय १०६ देखि १२३ सम्म पाइने गालवसम्बन्धी कथालाई आधार बनाइए प...

Back to Top