Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

शिरीषको फूल उपन्यासमा प्रभुत्वशाली पुरुषत्व

View through CrossRef
प्रस्तुत लेखमा पारिजातको ‘शिरीषको फूल’ उपन्यासलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त प्रभुत्वशाली पुरुषत्वका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त उपन्यासको वैचारिकता निरूपण गरिएको छ । ‘शिरीषको फूल’ उपन्यासमा पुरुष र महिला पात्रहरूमा निहित व्यवहार, चरित्र र विचारधाराको चित्रण गरी प्रभुत्वशाली पुरुषत्वको परम्परागत पितृसत्तात्मक चिन्तन र त्यसले सिर्जना गरेको लैङ्गिक भूमिकाको सम्पादनलाई कसरी उद्घाटन गरिएको छ भन्ने देखाउँदै पुरुषत्व र सामाजिक भूमिकाका बिचको पारस्परिकता स्थापित गर्नु यस लेखको उद्देश्य हो । यसमा प्रभुत्वशाली पुरुषत्वका आधारमा शिरीषको फूल उपन्यासको अध्ययनका निम्ति कोन्नेल सन् १९९४) का आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी पाठगत विश्लेषण गरिएको छ । यस क्रममा प्रतिस्पर्धी मनोभाव, अपराध र हिंसा, कठोरता, र महिलाको वस्तुकरण गरी चार पक्षलाई प्रभुत्वशाली पुरुषत्वको मूल्याङ्कनको आधार बनाइएको छ । यस लेखमा पात्रका कार्य, चरित्र, प्रतिक्रिया आदिका साक्ष्यका आधारमा उपर्युक्त चार पक्षको खोजी गरी शिरीषको फूल उपन्यासमा पुरुष पात्रले महिलाप्रति देखाउने व्यवहार, क्रियाकलाप र चिन्तन परम्परागत सामाजिक लैङ्गिक भूमिकाअनुरूप रहेको तर त्यस कार्यसम्पादनमा अवरोध सिर्जना भएको अवस्थामा अपराध एवं हिंसामा पुगी प्रभुत्वशाली पुरुषत्वको उग्रतापूर्ण प्रकटीकरण भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।
Title: शिरीषको फूल उपन्यासमा प्रभुत्वशाली पुरुषत्व
Description:
प्रस्तुत लेखमा पारिजातको ‘शिरीषको फूल’ उपन्यासलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त प्रभुत्वशाली पुरुषत्वका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त उपन्यासको वैचारिकता निरूपण गरिएको छ । ‘शिरीषको फूल’ उपन्यासमा पुरुष र महिला पात्रहरूमा निहित व्यवहार, चरित्र र विचारधाराको चित्रण गरी प्रभुत्वशाली पुरुषत्वको परम्परागत पितृसत्तात्मक चिन्तन र त्यसले सिर्जना गरेको लैङ्गिक भूमिकाको सम्पादनलाई कसरी उद्घाटन गरिएको छ भन्ने देखाउँदै पुरुषत्व र सामाजिक भूमिकाका बिचको पारस्परिकता स्थापित गर्नु यस लेखको उद्देश्य हो । यसमा प्रभुत्वशाली पुरुषत्वका आधारमा शिरीषको फूल उपन्यासको अध्ययनका निम्ति कोन्नेल सन् १९९४) का आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी पाठगत विश्लेषण गरिएको छ । यस क्रममा प्रतिस्पर्धी मनोभाव, अपराध र हिंसा, कठोरता, र महिलाको वस्तुकरण गरी चार पक्षलाई प्रभुत्वशाली पुरुषत्वको मूल्याङ्कनको आधार बनाइएको छ । यस लेखमा पात्रका कार्य, चरित्र, प्रतिक्रिया आदिका साक्ष्यका आधारमा उपर्युक्त चार पक्षको खोजी गरी शिरीषको फूल उपन्यासमा पुरुष पात्रले महिलाप्रति देखाउने व्यवहार, क्रियाकलाप र चिन्तन परम्परागत सामाजिक लैङ्गिक भूमिकाअनुरूप रहेको तर त्यस कार्यसम्पादनमा अवरोध सिर्जना भएको अवस्थामा अपराध एवं हिंसामा पुगी प्रभुत्वशाली पुरुषत्वको उग्रतापूर्ण प्रकटीकरण भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।.

Related Results

"THERAPY WITH FLOWERS OF VARIOUS COLORS: A STUDY
"THERAPY WITH FLOWERS OF VARIOUS COLORS: A STUDY
The priceless gift given by God to human lovers is included in the beautiful flowers of nature. The flower itself is a poem in itself. Flowers are rich in many mineral salts. Flowe...
शब्दातीत शान्तनु उपन्यासमा स्वस्थ पुरुषत्व
शब्दातीत शान्तनु उपन्यासमा स्वस्थ पुरुषत्व
प्रस्तुत लेख वानीरा गिरिको शब्दातीत शान्तनु उपन्यासमा स्वस्थ पुरुषत्वको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित रहेको छ । यस लेखमा पुस्तकालयीय पद्धतिबाट सामग्री सङ्कलन गरी स्वस्थ पुरुषत्...
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
शिरीषको फूल उपन्यासमा युद्धअभिघात {War Trauma in Shirishko Phool Novel}
शिरीषको फूल उपन्यासमा युद्धअभिघात {War Trauma in Shirishko Phool Novel}
प्रस्तुत लेख पारिजातको शिरीषको फूल उपन्यासको युद्धअभिघातीय विश्वलेषणमा केन्द्रित छ । युद्धअभिघातको सैद्धान्तिक मान्यताका आधारमा उपन्यासमा रहको युद्धको प्रतिनिधित्व र पात्रमा देखिएक...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
चरैवति उपन्यासमा प्रजाति र परिवेश
चरैवति उपन्यासमा प्रजाति र परिवेश
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्य...

Back to Top