Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नाटककार समको प्रेमपिण्ड नाटकका पात्रको शैलीवैज्ञानिक वर्गीकरण

View through CrossRef
प्रस्तुत लेख नाटककार बालकृष्ण समको “प्रेमपिण्ड” नाटकका पात्रको शैलीवैज्ञानिक अध्ययन गरिएको छ । यसमा मोहनाराज शर्माको शैलीविज्ञान (२०५९) कृति अन्तर्गत रहेर पात्रहरुको तालिकीकरणद्वारा शैलीपरक एवम् आर्थी अभिलक्षण देखाई अध्ययन गर्ने उद्देश्य राखिएको छ । यस लेखमा प्रेमपिण्ड नाटक भित्रका पात्रहरुको खोजि गर्ने क्रममा प्रमुख पात्रहरु तथा अन्य विशेष चर्चामा आएका पात्रपात्राको शैली परक वर्गीकरण देखाइ अन्तमा निष्कर्ष प्रस्तुत गरिएको छ । यहाँ पात्र एवम् सहभागीलाई वर्गीकरण गर्ने विभिन्न आधारहरुमध्ये शैलीवैज्ञानिक मान्यतालाई प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । समको प्रस्तुत नाटक नाट्य यात्राकै सबैभन्दा ठूलो (३ भाग ९ अंक भएको) एक बृहत् आकारको (वि.सं. १९०५–१९६५ सम्मको)े दरवारीया परिवेशको अन्तरंग चित्रणमा केन्द्रित रहेको हुँदा यस नाटकको पात्र विधान पनि विविधतामय रहेको देखिन्छ । तसर्थ यस लेखमा विभिन्न उपशीर्षकहरु दिई विश्लेषण गरिएको छ । वास्तवमा भन्ने हो भने हालसम्म समको प्रेमपिण्ड (२००९) नाटकका पात्रको अन्य–अन्य कोणबाट अध्ययन विश्लेषण भएता पनि पात्रको शैलीवैज्ञानिक अध्ययन नभएको परिस्थितीमा मोहनराज शर्माको शैलीविज्ञान (२०५९) को मान्यताका आडमा यो आलेखन गरिएकाले साहित्यको शैलीवैज्ञानिक मान्यताका कसीमा यस नाटकमा प्रयुक्त पात्र एवम् सहभागीहरुको अध्ययन तयार गरिएको छ ।
Nepal Journals Online (JOL)
Title: नाटककार समको प्रेमपिण्ड नाटकका पात्रको शैलीवैज्ञानिक वर्गीकरण
Description:
प्रस्तुत लेख नाटककार बालकृष्ण समको “प्रेमपिण्ड” नाटकका पात्रको शैलीवैज्ञानिक अध्ययन गरिएको छ । यसमा मोहनाराज शर्माको शैलीविज्ञान (२०५९) कृति अन्तर्गत रहेर पात्रहरुको तालिकीकरणद्वारा शैलीपरक एवम् आर्थी अभिलक्षण देखाई अध्ययन गर्ने उद्देश्य राखिएको छ । यस लेखमा प्रेमपिण्ड नाटक भित्रका पात्रहरुको खोजि गर्ने क्रममा प्रमुख पात्रहरु तथा अन्य विशेष चर्चामा आएका पात्रपात्राको शैली परक वर्गीकरण देखाइ अन्तमा निष्कर्ष प्रस्तुत गरिएको छ । यहाँ पात्र एवम् सहभागीलाई वर्गीकरण गर्ने विभिन्न आधारहरुमध्ये शैलीवैज्ञानिक मान्यतालाई प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । समको प्रस्तुत नाटक नाट्य यात्राकै सबैभन्दा ठूलो (३ भाग ९ अंक भएको) एक बृहत् आकारको (वि.
सं.
१९०५–१९६५ सम्मको)े दरवारीया परिवेशको अन्तरंग चित्रणमा केन्द्रित रहेको हुँदा यस नाटकको पात्र विधान पनि विविधतामय रहेको देखिन्छ । तसर्थ यस लेखमा विभिन्न उपशीर्षकहरु दिई विश्लेषण गरिएको छ । वास्तवमा भन्ने हो भने हालसम्म समको प्रेमपिण्ड (२००९) नाटकका पात्रको अन्य–अन्य कोणबाट अध्ययन विश्लेषण भएता पनि पात्रको शैलीवैज्ञानिक अध्ययन नभएको परिस्थितीमा मोहनराज शर्माको शैलीविज्ञान (२०५९) को मान्यताका आडमा यो आलेखन गरिएकाले साहित्यको शैलीवैज्ञानिक मान्यताका कसीमा यस नाटकमा प्रयुक्त पात्र एवम् सहभागीहरुको अध्ययन तयार गरिएको छ ।.

Related Results

प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
नाटक अभिनयद्वारा प्रस्तुत हुने कला हो । विश्वजगत्मा रचना प्रकृतिजन्य र मानवनिर्मित गरी दुई प्रकारको हुन्छ । मानवद्वारा सिर्जना गरिएका कुरालाई कला भनिन्छ । कला मूलतः आनन्दसँग सम्बन्...
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूपको विश्लेषण गर्ने उद्देश्यले यस अनुसन्धानात्मक लेख तयार गरिएको हो । यस लेखको अध्ययनको प्रमुख क्षेत्रका रूपमा सिद्घिचरण श्रेष्ठको उर...
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा...
नेपाली लोककथामा लोकविश्वास
नेपाली लोककथामा लोकविश्वास
प्रस्तुत अनुसन्धानात्मक लेखमा ‘प्रज्ञा नेपाली लोककथा’ सङ्ग्रहमा रहेका लोककथाहरूलाई लोकविश्वाससम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा अध्ययन गरिएको छ । ती लोककथाहरूमा प्रयुक्त लोकविश्...
मुकुन्द–इन्दिरा नाटकमा धार्मिक अभिव्यञ्जना {Religious expression in the play Mukunda-Indira}
मुकुन्द–इन्दिरा नाटकमा धार्मिक अभिव्यञ्जना {Religious expression in the play Mukunda-Indira}
प्रस्तुत लेखमा सनातन धार्मिक मान्यताका आधारमा बालकृष्ण समद्वारा लिखित मुकुन्द–इन्दिरा नाटकको विवेचना गरिएको छ । कृति विश्लेषणका निम्ति श्रुति, स्मृति लगायत शास्त्रीय ग्रन्थहरूमा उल...
'मातृत्व' कथामा समाख्यानात्मक सङ्केन्द्रण
'मातृत्व' कथामा समाख्यानात्मक सङ्केन्द्रण
‘मातृत्व’ कथाको समाख्यानात्मक सङ्केन्द्रण अध्ययनमा केन्द्रित यस लेखमा मुख्य रूपमा उक्त कथाका सङ्केन्द्रक, सङ्केन्द्रित विषय एवम् सङ्केन्द्रित विचारको मूल्याङ्कन गरिएको छ । समाख्यान...
सहनशीला सुशीला नाटकमा नारी उत्पीडन
सहनशीला सुशीला नाटकमा नारी उत्पीडन
प्रस्तुत अनुसन्धानात्मक लेखमा नारीवादी सैद्धान्तिक मान्यताअन्तर्गत नारी उत्पीडनका आधारहरू प्रस्तुत गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनाभित्र नारीले झेल्ने उत्पीडनलाई जैविकीय आधा...

Back to Top