Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली

View through CrossRef
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण गरिएको छ । प्रस्तुत अध्ययनका उद्देश्यका रूपमा भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीहरूको सङ्कलन गर्नु सङ्कलित शब्दावलीहरूलाई वर्णानुक्रममा प्रस्तुत गर्नु, पारिभाषिक शब्दावलीहरूको प्रकृति पत्ता लगाउनु र तिनको प्रयोगगत अवस्था अध्ययन गर्नु रहेका छन् । प्रस्तुत अध्ययन मिश्रित अनुसन्धानमा आधारित रहेको छ । यस अध्ययनमा मूलतः गुणात्मक अनुसन्धान र अंशतः परिमाणात्मक विधिको अवलम्बन गरिएको छ । प्रस्तुत अध्ययनमा पुस्तकालयीय अध्ययन विधिका माध्यमबाट सोद्देश्यमूलक तरिकाले सामग्रीहरूको सङ्कलन गरिएको छ । यस अध्ययनमा भाषाशिक्षणसँग सम्बन्धित पाठ्यपुस्तकहरूलाई प्राथमिक सामग्रीको रूपमा लिई अध्ययन गरिएको छ । यस क्रममा प्रवीणता प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्मका लागि लेखिएका भाषाशिक्षणका पाठ्यपुस्तकहरूलाई नै विशेष आधार बनाइएको छ । प्रस्तुत अध्ययनमा नेपाली, अंग्रेजी र हिन्दी सैद्धान्तिक सामग्रीहरूको अध्ययन गरी आवश्यक सैद्धान्तिक दृष्टिकोणको विकास गरिएको छ र त्यसका आधारमा उद्देश्यसम्बद्ध विविध पक्षहरूको विश्लेषण गरिएको छ । यस अध्ययनका आधारमा भाषाशिक्षणमा व्याकरण, भाषाविज्ञान र साहित्यसँग सम्बन्धित विभिन्न पारिभाषिक शब्दावलीको प्रयोग व्यवहार हुने गरेको, अनेकाक्षरी एवम् संज्ञामूलक शब्दहरूको अधिक प्रयोग हुने गरेको, तत्सम र आगन्तुक पारिभाषिक शब्दहरूको प्रयोग ज्यादा हुने गरेको लगायतका नवीनतम् तथ्य प्राप्त भएका छन् । प्रस्तुत अध्ययनले भाषाशिक्षणको क्षेत्रमा कार्यरत वा कार्य गर्न चाहने शिक्षक, विद्यार्थी, शोधार्थी, लेखक तथा विषय विशेषज्ञलाई यस क्षेत्रका पारिभाषिक शब्दावलीबारे आवश्यक कुराहरू अधिगत गर्न सघाउने देखिन्छ ।
Nepal Journals Online (JOL)
Title: भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
Description:
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण गरिएको छ । प्रस्तुत अध्ययनका उद्देश्यका रूपमा भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीहरूको सङ्कलन गर्नु सङ्कलित शब्दावलीहरूलाई वर्णानुक्रममा प्रस्तुत गर्नु, पारिभाषिक शब्दावलीहरूको प्रकृति पत्ता लगाउनु र तिनको प्रयोगगत अवस्था अध्ययन गर्नु रहेका छन् । प्रस्तुत अध्ययन मिश्रित अनुसन्धानमा आधारित रहेको छ । यस अध्ययनमा मूलतः गुणात्मक अनुसन्धान र अंशतः परिमाणात्मक विधिको अवलम्बन गरिएको छ । प्रस्तुत अध्ययनमा पुस्तकालयीय अध्ययन विधिका माध्यमबाट सोद्देश्यमूलक तरिकाले सामग्रीहरूको सङ्कलन गरिएको छ । यस अध्ययनमा भाषाशिक्षणसँग सम्बन्धित पाठ्यपुस्तकहरूलाई प्राथमिक सामग्रीको रूपमा लिई अध्ययन गरिएको छ । यस क्रममा प्रवीणता प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्मका लागि लेखिएका भाषाशिक्षणका पाठ्यपुस्तकहरूलाई नै विशेष आधार बनाइएको छ । प्रस्तुत अध्ययनमा नेपाली, अंग्रेजी र हिन्दी सैद्धान्तिक सामग्रीहरूको अध्ययन गरी आवश्यक सैद्धान्तिक दृष्टिकोणको विकास गरिएको छ र त्यसका आधारमा उद्देश्यसम्बद्ध विविध पक्षहरूको विश्लेषण गरिएको छ । यस अध्ययनका आधारमा भाषाशिक्षणमा व्याकरण, भाषाविज्ञान र साहित्यसँग सम्बन्धित विभिन्न पारिभाषिक शब्दावलीको प्रयोग व्यवहार हुने गरेको, अनेकाक्षरी एवम् संज्ञामूलक शब्दहरूको अधिक प्रयोग हुने गरेको, तत्सम र आगन्तुक पारिभाषिक शब्दहरूको प्रयोग ज्यादा हुने गरेको लगायतका नवीनतम् तथ्य प्राप्त भएका छन् । प्रस्तुत अध्ययनले भाषाशिक्षणको क्षेत्रमा कार्यरत वा कार्य गर्न चाहने शिक्षक, विद्यार्थी, शोधार्थी, लेखक तथा विषय विशेषज्ञलाई यस क्षेत्रका पारिभाषिक शब्दावलीबारे आवश्यक कुराहरू अधिगत गर्न सघाउने देखिन्छ ।.

Related Results

भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगि...
ताप्लेजुङमा प्रचलित लोकनृत्यहरू
ताप्लेजुङमा प्रचलित लोकनृत्यहरू
प्रस्तुत लेखमा ताप्लेजुङ जिल्लामा बसोबास गर्ने जातजातिका माझ प्रचलित लोकनृत्यहरूलाई अध्ययनको विषयवस्तु बनाइएको छ । यहाँ प्रचलनमा रहेका नृत्यहरू पर्व, उत्सव संस्कार या सभासमारोहका अ...
देव नागरी र रोमन लिपिको चिनारी
देव नागरी र रोमन लिपिको चिनारी
देव नागरी र रोमन लिपिको  चिनारी शीर्षकको यस लेखमा  देव नागरी लिपि र रोमन लिपिका वर्णहरू, देव नागरी लिपि र रोमन लिपिको समानता र भिन्नताजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ ।...
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रू...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
आर्यमञ्जुश्री नामसङ्गीतिगाथा : एक अध्ययन {A Study on Aryamanjushree Namasangiti}
आर्यमञ्जुश्री नामसङ्गीतिगाथा : एक अध्ययन {A Study on Aryamanjushree Namasangiti}
बौद्ध दर्शनको मूलसार समाहित ‘आर्यमञ्जुश्री ज्ञानसङ्खवस्याद्वयपरमार्था नामसङ्गीति’तन्त्रको महत्व अति उच्च भएको पाइन्छ । सबै तन्त्रहरुका सार नामसङ्गीति भएकोले यसलाई ‘परमार्थ नामसङ्गी...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...

Back to Top