Javascript must be enabled to continue!
वि.सं. १९४२ देखि हालसम्मको सिंहसतलको अभिलेख
View through CrossRef
काष्ठमण्डप निर्माण भैसकेपछि बाँकी भएको काठबाट बनाएको भन्ने मानिएको सिँल्यं सतल वि.सं. १९२५ सालमा यस क्षेत्रमा भएको आगलागीका कारण क्षति भएपछि हर्षनारायण मानन्धरले भूमितल्लामा १८ वटा पसल कवल, पहिलो तल्लामा चारैतिर कौसी र दोस्रो तल्लामा बरण्डा राखेर तीन तल्लाको सतलको पुनर्निर्माण गरेका थिए । आफ्नो घर निर्माण गर्न जग खन्दा प्राप्त भएको मुरली बजाइरहेका गरुडासनमा बसेका ढुङ्गाको श्रीकृष्णको प्रतिमा सतलको दोस्रो तल्लामा स्थापना गरी दैनिक नित्यपूजा, पर्व पर्वको पूजा, धार्मिक वाचन गर्न, पूजारी चिताइदार र तहलुवालाई भत्ता दिन तथा ब्राह्मणहरूलाई भोजन खुवाउन पसल कवलबाट उठेको रकम प्रयोग गरिन्थ्यो भन्ने बाँकी भएको रकम श्री ५ को सरकार गुठी तहबिल अड्डामा बुझाइन्थ्यो । जोगमाया मानन्धरको परिवारले चार कुनामा ढलोटको सिंहहरू स्थापना गरेपछि सिँल्यं सतलबाट सिंहसतल नाम रहन गयो । हर्षनारायण मानन्धरका शाखा सन्तानले रेखदेख गर्दै आएको सिंहसतल वि.सं. २०२८ सालमा सतलको रेखदेख गर्ने विषयमा मैथिल ब्राह्मण दुर्गालाल झासँग भैmझगडा भएकोले गुठि लगत तथा तहबिल कार्यालयले सर्जमिन गर्दा रेखदेख गरेको पाइएकोले वि.सं. २०३६ सालमा देविदास मानन्धरले सफाइ पाएको थियो । हाल मैथिल ब्राह्मण परिवारले श्रीकृष्णको दैनिक नित्यपूजा लगायत अन्य साँस्कृतिक कार्यहरू गर्दै आएका छन् । वि.सं. २०७२ सालको भूकम्पबाट सतलमा क्षति पु¥याएपछि गुठि संस्थानको स्वामित्वमा रहेको सतल पुरातत्त्व विभाग र नगरपालिकाको आर्थिक सहयोगमा जीर्णोद्धार गरिसकेपछि भूमितल्लामा हाल पर्यटकीय सूचना केन्द्रको कार्यालय राखेर पर्यटकको आरामस्थल बनाएको छ ।
Title: वि.सं. १९४२ देखि हालसम्मको सिंहसतलको अभिलेख
Description:
काष्ठमण्डप निर्माण भैसकेपछि बाँकी भएको काठबाट बनाएको भन्ने मानिएको सिँल्यं सतल वि.
सं.
१९२५ सालमा यस क्षेत्रमा भएको आगलागीका कारण क्षति भएपछि हर्षनारायण मानन्धरले भूमितल्लामा १८ वटा पसल कवल, पहिलो तल्लामा चारैतिर कौसी र दोस्रो तल्लामा बरण्डा राखेर तीन तल्लाको सतलको पुनर्निर्माण गरेका थिए । आफ्नो घर निर्माण गर्न जग खन्दा प्राप्त भएको मुरली बजाइरहेका गरुडासनमा बसेका ढुङ्गाको श्रीकृष्णको प्रतिमा सतलको दोस्रो तल्लामा स्थापना गरी दैनिक नित्यपूजा, पर्व पर्वको पूजा, धार्मिक वाचन गर्न, पूजारी चिताइदार र तहलुवालाई भत्ता दिन तथा ब्राह्मणहरूलाई भोजन खुवाउन पसल कवलबाट उठेको रकम प्रयोग गरिन्थ्यो भन्ने बाँकी भएको रकम श्री ५ को सरकार गुठी तहबिल अड्डामा बुझाइन्थ्यो । जोगमाया मानन्धरको परिवारले चार कुनामा ढलोटको सिंहहरू स्थापना गरेपछि सिँल्यं सतलबाट सिंहसतल नाम रहन गयो । हर्षनारायण मानन्धरका शाखा सन्तानले रेखदेख गर्दै आएको सिंहसतल वि.
सं.
२०२८ सालमा सतलको रेखदेख गर्ने विषयमा मैथिल ब्राह्मण दुर्गालाल झासँग भैmझगडा भएकोले गुठि लगत तथा तहबिल कार्यालयले सर्जमिन गर्दा रेखदेख गरेको पाइएकोले वि.
सं.
२०३६ सालमा देविदास मानन्धरले सफाइ पाएको थियो । हाल मैथिल ब्राह्मण परिवारले श्रीकृष्णको दैनिक नित्यपूजा लगायत अन्य साँस्कृतिक कार्यहरू गर्दै आएका छन् । वि.
सं.
२०७२ सालको भूकम्पबाट सतलमा क्षति पु¥याएपछि गुठि संस्थानको स्वामित्वमा रहेको सतल पुरातत्त्व विभाग र नगरपालिकाको आर्थिक सहयोगमा जीर्णोद्धार गरिसकेपछि भूमितल्लामा हाल पर्यटकीय सूचना केन्द्रको कार्यालय राखेर पर्यटकको आरामस्थल बनाएको छ ।.
Related Results
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
ब्याँसी भाषाको वर्णव्यवस्था
ब्याँसी भाषाको वर्णव्यवस्था
आफ्नै मौलिकता, ऐतिहासिकता र सांस्कृतिक पृष्ठभूमि बोकेको नेपालको अल्पसङ्ख्यक आदिबासी जनजाति ब्याँसी शौका, सुदूरपश्चिम प्रदेशअन्तर्गत महाकाली अञ्चल दार्चुला जिल्लाको सुदूर उत्तरका ब्...
सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika
सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika
नेपाल प्राकृतिक रूपमा हराभरा र सांस्कृतिक रूपमा विभिन्न जातजाती, भाषाभाषीको बसोबास रहेको विविधताले भरीएको सुन्दर देश हो । संसारका धेरै देशहरूमा पाईने हावापानी, वनस्पती, जीवजन्तुहरू...
किराती भाषामा वर्णव्यवस्था {Alphabet in Kirati language}
किराती भाषामा वर्णव्यवस्था {Alphabet in Kirati language}
प्रस्तुत लेख किराती भाषामा रहेका वर्णव्यवस्थाको तुलनात्मक एवं प्रकार्यपरक अध्ययनमा केन्द्रित छ । किराती भाषा समूहभित्र दुई दर्जन बढी भाषाहरू छन् । ती भाषाहरूमा सबैभन्दा कम २१ देखि ...
भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता
भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता
यस लेखमा भाषाशिक्षणमा सञ्चार र प्रविधिको प्रयोगको विश्लेषण गर्ने प्रयास गरिएको छ । भाषाशिक्षणमा सञ्चार र प्रविधिको पहिचान, शिक्षण सिकाइलाई सरल, सहज, आकर्षक र प्रभावकारी बनाएर शिक्ष...
नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
प्रस्तुत लेख नेपाली वर्णहरूको उपर्युक्त विन्यासको प्रयोग र नेपाली भाषा सम्पादनमा चिहृनको पहिचानमा आधारित छ । भाषामा स्पष्ट रूपमा व्याकरणिक संरचना र कोशीय अर्थापनमा सन्तुलन ल्याउनका...
नेपालमा बुढ्यौलीको अवस्था {Old Aged Situation in Nepal}
नेपालमा बुढ्यौलीको अवस्था {Old Aged Situation in Nepal}
नेपालको सन्दर्भमा ६० वर्ष र सो भन्दा माथिको जनसङ्ख्यालाई वृद्ध जनसङ्ख्याको रूपमा लिइन्छ । हाल विश्वमा वृद्धहरूको जनसङ्ख्या कुल जनसङ्ख्याको १०% रहेको पाइन्छ भने नेपालको अवस्था ८.१३%...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...

