Javascript must be enabled to continue!
मातृत्व कथामा नारीचेतना
View through CrossRef
प्रस्तुत लेखमा कथाकार भागीरथी श्रेष्ठद्वारा रचना गरिएको कथासङ्ग्रह (२०४३) मा सङ्कलित मातृत्व कथालाई नारीचेतनामा आधारित रही अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत लेख गुणात्मक अनुसन्धान ढाँचामा केन्द्रित रहेको छ । यस लेखमा मातृत्व कथामा नारीचेतना केकसरी अभिव्यक्त भएको छ भन्ने मुख्य समस्यालाई उठाई ती समस्याहरूको प्राज्ञिक समाधानका क्रममा उठाइएका मुख्यमुख्य कुरालाई मात्र विश्लेषण गरिएको छ । कथामा नेपाली समाजका सामाजिक, सांस्कृतिक सङ्कीर्णताबाट उत्पीडित नारीहरूको मनोदशालाई केलाउने प्रयत्न गरिएको छ । नारीअस्तित्वको विषयलाई ‘समकालीन कथामा नारीचेतना’ शीर्षकको अनसन्धानमूलक लेखमा डा. अम्बिका अर्यालले प्रस्तुत गरेको नारीचेतनाको सैद्धान्तिक पर्याधारलाई आधार मानेर मातृत्व कथाको विश्लेषण गरिएको छ । पाठपरक विश्लेषण विधिमा लेखिएको यस लेखमा विधवा नारीहरूलाई नेपाली समाजले हेर्ने दृष्टिकोण, पितृसत्तात्मक सामाजिक संरचना र व्यवहारको अध्ययन गरी विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा श्रेष्ठको मातृत्व कथालाई प्राथमिक स्रोतसामग्रीका रूपमा प्रयोग गरिएको छ भने मातृत्व कथाका बारेमा विभिन्न लेखकहरूद्वारा लेखिएका अनुसन्धानमूलक लेखरचना र पुस्तक आदि उपलब्ध सामग्रीहरूलाई द्वितीयक स्रोतसामग्रीका रूपमा उपयोग गरिएको छ । यस कथामा प्रस्तुत गरिएको विविध सन्दर्भ र विषयको सापेक्षतामा रही यस लेखमा विधवा नारीको जीवन, नारीहरूका चुनौती, शाश्वत् शक्तिका रूपमा रहेको मातृत्वको महत्त्व प्रस्ट्याउँदै अन्त्यमा आमा नै जीवनको मू लस्रोत हो भन्ने निष्कर्ष निकालिएको छ ।
Title: मातृत्व कथामा नारीचेतना
Description:
प्रस्तुत लेखमा कथाकार भागीरथी श्रेष्ठद्वारा रचना गरिएको कथासङ्ग्रह (२०४३) मा सङ्कलित मातृत्व कथालाई नारीचेतनामा आधारित रही अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत लेख गुणात्मक अनुसन्धान ढाँचामा केन्द्रित रहेको छ । यस लेखमा मातृत्व कथामा नारीचेतना केकसरी अभिव्यक्त भएको छ भन्ने मुख्य समस्यालाई उठाई ती समस्याहरूको प्राज्ञिक समाधानका क्रममा उठाइएका मुख्यमुख्य कुरालाई मात्र विश्लेषण गरिएको छ । कथामा नेपाली समाजका सामाजिक, सांस्कृतिक सङ्कीर्णताबाट उत्पीडित नारीहरूको मनोदशालाई केलाउने प्रयत्न गरिएको छ । नारीअस्तित्वको विषयलाई ‘समकालीन कथामा नारीचेतना’ शीर्षकको अनसन्धानमूलक लेखमा डा.
अम्बिका अर्यालले प्रस्तुत गरेको नारीचेतनाको सैद्धान्तिक पर्याधारलाई आधार मानेर मातृत्व कथाको विश्लेषण गरिएको छ । पाठपरक विश्लेषण विधिमा लेखिएको यस लेखमा विधवा नारीहरूलाई नेपाली समाजले हेर्ने दृष्टिकोण, पितृसत्तात्मक सामाजिक संरचना र व्यवहारको अध्ययन गरी विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा श्रेष्ठको मातृत्व कथालाई प्राथमिक स्रोतसामग्रीका रूपमा प्रयोग गरिएको छ भने मातृत्व कथाका बारेमा विभिन्न लेखकहरूद्वारा लेखिएका अनुसन्धानमूलक लेखरचना र पुस्तक आदि उपलब्ध सामग्रीहरूलाई द्वितीयक स्रोतसामग्रीका रूपमा उपयोग गरिएको छ । यस कथामा प्रस्तुत गरिएको विविध सन्दर्भ र विषयको सापेक्षतामा रही यस लेखमा विधवा नारीको जीवन, नारीहरूका चुनौती, शाश्वत् शक्तिका रूपमा रहेको मातृत्वको महत्त्व प्रस्ट्याउँदै अन्त्यमा आमा नै जीवनको मू लस्रोत हो भन्ने निष्कर्ष निकालिएको छ ।.
Related Results
'मातृत्व' कथामा समाख्यानात्मक सङ्केन्द्रण
'मातृत्व' कथामा समाख्यानात्मक सङ्केन्द्रण
‘मातृत्व’ कथाको समाख्यानात्मक सङ्केन्द्रण अध्ययनमा केन्द्रित यस लेखमा मुख्य रूपमा उक्त कथाका सङ्केन्द्रक, सङ्केन्द्रित विषय एवम् सङ्केन्द्रित विचारको मूल्याङ्कन गरिएको छ । समाख्यान...
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
यो लेख ‘संवेदनाको सफ्टकपी’ कथामा निहित विज्ञानप्रविधि विषयक अन्तर्विषयकताको उद्घाटनमा केन्द्रित छ । नेपाली साहित्यमा उत्तरआधुनिकतावादी मान्यताको प्रवेशसँगै अन्तर्विषयकताले पनि प्र...
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
प्रस्तुत अनुसन्धानात्मक लेख कथाकार इन्दिरा प्रसाइद्धारा लेखिएको ‘दोस्रो सत्ता’ कथामा व्यक्त नारीवादी समालोचना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । यसका निम्ति पाश्चात्य साहित्यको...
'अभागी' कथामा परिवेशविधान
'अभागी' कथामा परिवेशविधान
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको नासो कथासङ्ग्रह (२०२६) मा सङ्ग्रहित अभागी कथामा परिवेशविधानको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको हो । गुणात्मक ढा...

