Javascript must be enabled to continue!
‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
View through CrossRef
नाटक अभिनयद्वारा प्रस्तुत हुने कला हो । विश्वजगत्मा रचना प्रकृतिजन्य र मानवनिर्मित गरी दुई प्रकारको हुन्छ । मानवद्वारा सिर्जना गरिएका कुरालाई कला भनिन्छ । कला मूलतः आनन्दसँग सम्बन्धित हुन्छ । आनन्द दैहिक र मानसिक प्रकारको हुन्छ । व्यावहारिक कलाले कायिक र ललित कलाले मानसिक सुख प्रदान गर्दछन् । सङ्गीत, चित्रकला, मूर्तिकला, साहित्य आदि ललितकला हुन् । नाटक साहित्यको एउटा विधा हो । यो जीवनजगत्को अनुकरण गरिने कला हो । त्यसमा पात्रको महŒवपूर्ण भूमिका हुन्छ । पात्रका माध्यमद्वारा नै नाटकमा घटनाको विकास, सामाजिक परिस्थिति एवं विचारको प्रस्तुति सम्भव हुन्छ । त्यसका लागि नाटकमा पात्रको चयन र तिनको भूमिकामा विशेष ध्यान दिइएको हुन्छ । पात्रको चयन विभिन्न आधारमा गरिएको हुन्छ । पात्रलाई तिनका क्रियाकलाप, संवाद, अवस्थाका माध्यमद्वारा प्रस्तुत गरिएको हुन्छ । तिनै विभिन्न आधारमा ‘बहुला काजीको सपना’ नाटकका पात्रविधानको अध्ययन गरिएको छ । प्रस्तुत अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालय कार्यद्वारा गरिएको छ र पाठ विश्लेषण विधिद्वारा सामग्री विश्लेषण गरिएको छ । अध्ययनको सैद्धान्तिक ढाँचा नाटकको विधा सिद्धान्त हो । त्यसबाट पात्र विश्लेषणको अवधारणा निर्माण गरिएको छ । यस नाटकका पात्रहरू गरिबीको समस्यालाई देखाउनका लागि चयन गरिएका छन् र समाजबाट गरिबीको उन्मूलन हुनुपर्छ भन्ने कुरा पात्रहरूका माध्यमद्वारा प्रस्तुत अध्ययनको निष्कर्ष रहेको छ ।
Title: ‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
Description:
नाटक अभिनयद्वारा प्रस्तुत हुने कला हो । विश्वजगत्मा रचना प्रकृतिजन्य र मानवनिर्मित गरी दुई प्रकारको हुन्छ । मानवद्वारा सिर्जना गरिएका कुरालाई कला भनिन्छ । कला मूलतः आनन्दसँग सम्बन्धित हुन्छ । आनन्द दैहिक र मानसिक प्रकारको हुन्छ । व्यावहारिक कलाले कायिक र ललित कलाले मानसिक सुख प्रदान गर्दछन् । सङ्गीत, चित्रकला, मूर्तिकला, साहित्य आदि ललितकला हुन् । नाटक साहित्यको एउटा विधा हो । यो जीवनजगत्को अनुकरण गरिने कला हो । त्यसमा पात्रको महŒवपूर्ण भूमिका हुन्छ । पात्रका माध्यमद्वारा नै नाटकमा घटनाको विकास, सामाजिक परिस्थिति एवं विचारको प्रस्तुति सम्भव हुन्छ । त्यसका लागि नाटकमा पात्रको चयन र तिनको भूमिकामा विशेष ध्यान दिइएको हुन्छ । पात्रको चयन विभिन्न आधारमा गरिएको हुन्छ । पात्रलाई तिनका क्रियाकलाप, संवाद, अवस्थाका माध्यमद्वारा प्रस्तुत गरिएको हुन्छ । तिनै विभिन्न आधारमा ‘बहुला काजीको सपना’ नाटकका पात्रविधानको अध्ययन गरिएको छ । प्रस्तुत अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालय कार्यद्वारा गरिएको छ र पाठ विश्लेषण विधिद्वारा सामग्री विश्लेषण गरिएको छ । अध्ययनको सैद्धान्तिक ढाँचा नाटकको विधा सिद्धान्त हो । त्यसबाट पात्र विश्लेषणको अवधारणा निर्माण गरिएको छ । यस नाटकका पात्रहरू गरिबीको समस्यालाई देखाउनका लागि चयन गरिएका छन् र समाजबाट गरिबीको उन्मूलन हुनुपर्छ भन्ने कुरा पात्रहरूका माध्यमद्वारा प्रस्तुत अध्ययनको निष्कर्ष रहेको छ ।.
Related Results
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको...
शिलान्यास नाटकमा वस्तुसङ्गठन
शिलान्यास नाटकमा वस्तुसङ्गठन
प्रस्तुत लेख नाटककार भीमनिधि तिवारीद्वारा लिखित ‘शिलान्यास’ नाटकमा वस्तुसङ्गठनको निरूपणमा केन्द्रित छ । यो लेख गुणात्मक प्रकृतिको रहेको छ । यस लेखका लागि सामग्रीको सङ्कलन पुस्तकालय...
सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना
सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई सरूभक्तका विज्ञाननाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्य...
मुकुन्द–इन्दिरा नाटकमा धार्मिक अभिव्यञ्जना {Religious expression in the play Mukunda-Indira}
मुकुन्द–इन्दिरा नाटकमा धार्मिक अभिव्यञ्जना {Religious expression in the play Mukunda-Indira}
प्रस्तुत लेखमा सनातन धार्मिक मान्यताका आधारमा बालकृष्ण समद्वारा लिखित मुकुन्द–इन्दिरा नाटकको विवेचना गरिएको छ । कृति विश्लेषणका निम्ति श्रुति, स्मृति लगायत शास्त्रीय ग्रन्थहरूमा उल...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...

