Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नेपाली भाषा शिक्षणमा मोबाइल प्रविधिको प्रभाव र उपयोगिता

View through CrossRef
वर्तमान डिजिटल युगमा मोबाइल प्रविधिले शिक्षण सिकाइ प्रणालीमा उल्लेखनीय परिवर्तन ल्याएको छ । नेपाली भाषा शिक्षणमा मोबाइल उपकरणको प्रयोगले विद्यार्थी र शिक्षक दुवैका लागि नयाँ अवसरहरू सिर्जना गरेको छ । मोबाइल प्रविधिले सुनाइ, बोलाइ, पढाइ र लेखाइ जस्ता भाषिक सिपको व्यवहारिक अभ्यासलाई सहज बनाउनुका साथै शिक्षण सामग्री प्रस्तुतिमा शिक्षकलाई प्रभावकारी माध्यम प्रदान गरेको छ । यस अध्ययनको उद्देश्य नेपाली भाषा शिक्षणमा मोबाइल प्रविधिको प्रभाव र उपयोगिता पहिचान गर्नु हो । द्वितीयक स्रोतमा आधारित पुस्तकालयीय अध्ययन विधि अपनाई वर्णनात्मक, व्याख्यात्मक तथा विश्लेषणात्मक पद्धतिबाट गुणात्मक निष्कर्ष निकालिएको छ । शिक्षणमा मोबाइल उपकरणको प्रयोगलाई मोबाइल लर्निङ (एम–लर्निङ) भनिन्छ, जसले सिकाइ प्रक्रियालाई प्रयोगपरक, लचकदार र विद्यार्थीकेन्द्रित बनाउँछ । विद्यार्थीले अडियो–भिडियो सामग्री, ई–बुक, डिजिटल नोट्स र अनलाइन अभ्यासमार्फत सक्रिय सहभागिता जनाउन सक्छन् । यसले व्यक्तिगत गतिमा अध्ययन र पुनःअभ्यास गर्न अवसर प्रदान गर्दछ । शिक्षकले पाठ्यक्रम व्यवस्थापन, गृहकार्य, मूल्याङ्न र सिकाइ गतिविधि व्यवस्थित गर्न मोबाइल प्रयोग गर्न सक्छन् । यद्यपि इन्टरनेट पहुँचको असमानता, अत्यधिक प्रयोग, स्रोतको विश्वसनीयता मूल्याङ्न र प्राविधिक दक्षताको अभाव चुनौतीका रूपमा देखिन्छ । समुचित व्यवस्थापन र जिम्मेवार प्रयोगमार्फत मोबाइल प्रविधिले नेपाली भाषा शिक्षणलाई अझ प्रभावकारी र आधुनिक बनाउन सक्ने निष्कर्ष निकालिएको छ ।
Title: नेपाली भाषा शिक्षणमा मोबाइल प्रविधिको प्रभाव र उपयोगिता
Description:
वर्तमान डिजिटल युगमा मोबाइल प्रविधिले शिक्षण सिकाइ प्रणालीमा उल्लेखनीय परिवर्तन ल्याएको छ । नेपाली भाषा शिक्षणमा मोबाइल उपकरणको प्रयोगले विद्यार्थी र शिक्षक दुवैका लागि नयाँ अवसरहरू सिर्जना गरेको छ । मोबाइल प्रविधिले सुनाइ, बोलाइ, पढाइ र लेखाइ जस्ता भाषिक सिपको व्यवहारिक अभ्यासलाई सहज बनाउनुका साथै शिक्षण सामग्री प्रस्तुतिमा शिक्षकलाई प्रभावकारी माध्यम प्रदान गरेको छ । यस अध्ययनको उद्देश्य नेपाली भाषा शिक्षणमा मोबाइल प्रविधिको प्रभाव र उपयोगिता पहिचान गर्नु हो । द्वितीयक स्रोतमा आधारित पुस्तकालयीय अध्ययन विधि अपनाई वर्णनात्मक, व्याख्यात्मक तथा विश्लेषणात्मक पद्धतिबाट गुणात्मक निष्कर्ष निकालिएको छ । शिक्षणमा मोबाइल उपकरणको प्रयोगलाई मोबाइल लर्निङ (एम–लर्निङ) भनिन्छ, जसले सिकाइ प्रक्रियालाई प्रयोगपरक, लचकदार र विद्यार्थीकेन्द्रित बनाउँछ । विद्यार्थीले अडियो–भिडियो सामग्री, ई–बुक, डिजिटल नोट्स र अनलाइन अभ्यासमार्फत सक्रिय सहभागिता जनाउन सक्छन् । यसले व्यक्तिगत गतिमा अध्ययन र पुनःअभ्यास गर्न अवसर प्रदान गर्दछ । शिक्षकले पाठ्यक्रम व्यवस्थापन, गृहकार्य, मूल्याङ्न र सिकाइ गतिविधि व्यवस्थित गर्न मोबाइल प्रयोग गर्न सक्छन् । यद्यपि इन्टरनेट पहुँचको असमानता, अत्यधिक प्रयोग, स्रोतको विश्वसनीयता मूल्याङ्न र प्राविधिक दक्षताको अभाव चुनौतीका रूपमा देखिन्छ । समुचित व्यवस्थापन र जिम्मेवार प्रयोगमार्फत मोबाइल प्रविधिले नेपाली भाषा शिक्षणलाई अझ प्रभावकारी र आधुनिक बनाउन सक्ने निष्कर्ष निकालिएको छ ।.

Related Results

कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
प्रस्तुत लेख कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू नेपाली भाषाको औपचारिक सिकाइप्रति के कस्ता कारणले कसरी अभिप्रेरित हुन्छन् भन्ने उपायको खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । प्रस्त...
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाल बहुभाषिक देश हो । यहाँ करिब १२४ ओटा भाषाका वक्ताहरु रहेका छन् । विश्वमा बोलिने विभिन्न भाषा परिवारहरुमध्ये नेपालमा छओटा भाषा परिवारका भाषाहरु बोलिन्छ । ती भाषा परिवारमध्ये भा...
शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}
शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}
प्रस्तुत लेखमा नेपाली भाषा शिक्षकले नेपाली भाषाशिक्षणका क्रममा शब्दार्थ शिक्षण गर्दा प्रयोग गर्न सकिने विधिहरूको विश्लेषण गरिएको छ । नेपाली भाषा शिक्षणमा शिक्षकलाई शब्दार्थको ज्ञान...
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
नेपालमा उच्च शिक्षाको सुरुवात वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगैै भएको मानिन्छ । बढ्दो विश्वव्यापीकरण, प्रविधिको विस्तार तथा शिक्षण सिकाइमा आएको नवीनतम् प्रविधिको प्रयोगल...
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगि...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता
भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता
यस लेखमा भाषाशिक्षणमा सञ्चार र प्रविधिको प्रयोगको विश्लेषण गर्ने प्रयास गरिएको छ । भाषाशिक्षणमा सञ्चार र प्रविधिको पहिचान, शिक्षण सिकाइलाई सरल, सहज, आकर्षक र प्रभावकारी बनाएर शिक्ष...
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
नेपाली भाषा शिक्षाको अध्ययनपश्चात् प्राप्त हुने उद्यमशीलताको सम्भावना र अभ्यास बारे चर्चा गर्ने विषयमा प्रस्तुत लेख केन्द्रित छ । नेपाली भाषा शिक्षा अध्ययन गरेका विद्यार्थी तथा विश...

Back to Top