Javascript must be enabled to continue!
एक चिहान उपन्यासमा सारवस्तु
View through CrossRef
प्रस्तुत लेखमा हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित एक चिहान उपन्यासमा सन्निहित सारवस्तुको निरूपण गरिएको छ । यस लेखको प्रमुख अनुसन्धेय क्षेत्र सारवस्तुको सैद्धान्तिक अवधारणालाई आधार मानी एक चिहान उपन्यासमा निहित सारवस्तुको निरूपण गर्नु हो । यसको उद्देश्य विश्लेष्य उपन्यासमा अभिव्यक्त सारवस्तुको स्वरूपलाई पाठ विश्लेषण विधिका आधारमा विश्लेषण तथा मूल्याङ्कन गर्नु हो । यस क्रममा एक चिहान उपन्यासलाई प्राथमिक स्रोतसामग्रीका रूपमा लिइएको छ भने सारवस्तुको सिद्धान्त निर्माणका लागि उपयोग गरिएका सामग्री द्वितीयक स्रोतका रूपमा रहेका छन् र आवश्यक सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यस लेखमा उपन्यासको सारवस्तुमा प्रगतिशील विचारको सञ्चार कसरी भएको छ भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही यसको सैद्धान्तिक पर्याधारका सापेक्षमा सारवस्तुको विश्लेषण गरिएको छ । यस लेखमा उपन्यासकारको लेखन सामाजिक जीवनका पृष्ठभूमिमा विषयलाई केन्द्रित गरी प्रगतिशील विचारको सञ्चार गराउनमा सफल रहेको पाइन्छ । यिनका लेखनको खास प्राप्ति सामाजिक सुधारको सन्देश दिनु भएकाले यस लेखमा एक चिहान उपन्यासमा श्रमजीवी किसान वर्गलाई सङ्घर्ष गर्न प्रेरित गरी नेवार, पर्वते र मधेसीका बिचमा आपसी जातीय सद्भाव कायम गरी राष्ट्रिय एकता कायम गर्नुपर्ने धारणा व्यक्त गर्दै आफू अनुकूलको कर्म गरी अन्याय र अत्याचारका विरुद्ध लड्नुपर्ने विचारलाई मुख्य सारवस्तुका रूपमा प्रस्तुत गरिएको निष्कर्ष निकालिएको छ । यस लेखबाट प्राप्त निष्कर्ष प्राज्ञिक दृष्टिले उपयोगी र औचित्यपूर्ण रहेको छ ।
Title: एक चिहान उपन्यासमा सारवस्तु
Description:
प्रस्तुत लेखमा हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित एक चिहान उपन्यासमा सन्निहित सारवस्तुको निरूपण गरिएको छ । यस लेखको प्रमुख अनुसन्धेय क्षेत्र सारवस्तुको सैद्धान्तिक अवधारणालाई आधार मानी एक चिहान उपन्यासमा निहित सारवस्तुको निरूपण गर्नु हो । यसको उद्देश्य विश्लेष्य उपन्यासमा अभिव्यक्त सारवस्तुको स्वरूपलाई पाठ विश्लेषण विधिका आधारमा विश्लेषण तथा मूल्याङ्कन गर्नु हो । यस क्रममा एक चिहान उपन्यासलाई प्राथमिक स्रोतसामग्रीका रूपमा लिइएको छ भने सारवस्तुको सिद्धान्त निर्माणका लागि उपयोग गरिएका सामग्री द्वितीयक स्रोतका रूपमा रहेका छन् र आवश्यक सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यस लेखमा उपन्यासको सारवस्तुमा प्रगतिशील विचारको सञ्चार कसरी भएको छ भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही यसको सैद्धान्तिक पर्याधारका सापेक्षमा सारवस्तुको विश्लेषण गरिएको छ । यस लेखमा उपन्यासकारको लेखन सामाजिक जीवनका पृष्ठभूमिमा विषयलाई केन्द्रित गरी प्रगतिशील विचारको सञ्चार गराउनमा सफल रहेको पाइन्छ । यिनका लेखनको खास प्राप्ति सामाजिक सुधारको सन्देश दिनु भएकाले यस लेखमा एक चिहान उपन्यासमा श्रमजीवी किसान वर्गलाई सङ्घर्ष गर्न प्रेरित गरी नेवार, पर्वते र मधेसीका बिचमा आपसी जातीय सद्भाव कायम गरी राष्ट्रिय एकता कायम गर्नुपर्ने धारणा व्यक्त गर्दै आफू अनुकूलको कर्म गरी अन्याय र अत्याचारका विरुद्ध लड्नुपर्ने विचारलाई मुख्य सारवस्तुका रूपमा प्रस्तुत गरिएको निष्कर्ष निकालिएको छ । यस लेखबाट प्राप्त निष्कर्ष प्राज्ञिक दृष्टिले उपयोगी र औचित्यपूर्ण रहेको छ । .
Related Results
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
चरैवति उपन्यासमा प्रजाति र परिवेश
चरैवति उपन्यासमा प्रजाति र परिवेश
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्य...
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रस्तुत लेखमा नारायण ढकालद्वारा लिखित ‘प्रेतकल्प’ उपन्यासमा सन्निहित स्थानीयताको विश्लेषण गरिएको छ । ‘प्रेतकल्प’ उपन्यासमा हालको कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गतका विभिन्न भौगोल...
माधवी उपन्यासमा संस्कृति
माधवी उपन्यासमा संस्कृति
प्रस्तुत अध्ययन माधवी उपन्यासमा चित्रण गरिएका संस्कृतिको अध्ययनमा केन्द्रित छ । यस उपन्यासमा महाभारतको उद्योग पर्वका अध्याय १०६ देखि १२३ सम्म पाइने गालवसम्बन्धी कथालाई आधार बनाइए प...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...

