Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

आर्य संस्कृतिमा उपनयन संस्कार

View through CrossRef
संस्कृत शब्दको परिस्कृत एवं परिमार्जित संस्कारहरूको समभावका रूपमा संस्कृति शब्द व्यवहृत, प्रयोग र प्रचलनमा रहेको छ । संस्कारले शुद्धिक्रिया जसमा मानिसका चारित्रिक अवगुण, कमी कमजोरी हरूलाई हटाई परिष्कार गर्ने काम एवं मानिस जैविक प्राणी भएकाले यसलाई सामाजिक प्राणी बनाउनमा योगदान दिने तत्वहरूको अर्थ संवहन गरेको हुन्छ । समाजको मानसक्रिया सम्बद्ध सम्पूर्ण तत्वहरूको समग्र रूप नै संस्कृतिका रूपमा परिभाषित रहेको छ । प्राणी जगतमा सर्वश्रेष्ठ प्राणी मानवले आफूलाई पूर्ण रूपमा विकसित गरिसकेपछि आफूलाई व्यवस्थित र आदर्शवान बनाउनका लागि विभिन्न किसिमका विधिविधानयुक्त क्रियाकलापमा आबद्ध गराएको हो । उपनयन संस्कार आर्य समुदायका लागि मानव वा व्यक्तिलाई सम्पूर्ण सांस्कृतिक कार्यका लागि योग्य तुल्याउने महत्त्वपूर्ण संस्कारका रूपमा रहेको छ । यो संस्कार बटुकलाई तयारी अवस्थामा राखी पिता, गुरू, आचार्य वा पण्डितको संलग्नता र उनीहरूको निर्देशनमा सम्पन्नगर्ने विधान रहेको छ । प्रारम्भमा उपनयन संस्कार अत्यन्त साधारण तरिकाबाट सम्पन्न गर्ने गरिन्थ्यो । त्यतिबेला वेद अध्ययनको लागि तयार हुने र पछिल्लो पिँढीलाई अध्ययन अगाडि बढाउन पिताले नै गुरूको भुमिका निर्वाह गर्ने गर्दथे । व्राह्मण बटुकलाई वेदपठनको दीक्षा दिने मार्गप्रसस्त गर्न सञ्चालन गरिने उपनयन संस्कारमा मूलभूत रूपमा वैदिक विधानका माध्यमबाट यज्ञ सम्पन्न गर्ने विधान रहेको छ । यस लेखमा उपनयन संस्कार अन्तर्गत गरिने मूलभूत उपसंस्कारका रूपमा आउने मण्डप निर्माण, कर्ता र कर्ताका अभिभावकका बीचको सहभोज , वैदिक विधान अनुसारको स्नान, कौपिन, लगौंटी, यज्ञोपवित, ओजिन धारण, दण्डदान विधि र मन्त्रदानका कार्यक्रम सम्पन्न गर्ने क्रममा बीचबीचमा विभिन्न प्रतीकात्मक कार्यक्रम पनि सञ्चालन गर्ने प्रावधान रहेको छ । यसका अतिरिक्त कर्ता अर्थात् वटुकलाई भिक्षादान, मन्त्रदान र त्रिरात्रब्रत जस्ता कार्यलाई आर्य संस्कार प्रदत्त वैदिक विधानका आधारमा सम्पन्न हुने निष्कर्ष निकालिएको छ ।
Title: आर्य संस्कृतिमा उपनयन संस्कार
Description:
संस्कृत शब्दको परिस्कृत एवं परिमार्जित संस्कारहरूको समभावका रूपमा संस्कृति शब्द व्यवहृत, प्रयोग र प्रचलनमा रहेको छ । संस्कारले शुद्धिक्रिया जसमा मानिसका चारित्रिक अवगुण, कमी कमजोरी हरूलाई हटाई परिष्कार गर्ने काम एवं मानिस जैविक प्राणी भएकाले यसलाई सामाजिक प्राणी बनाउनमा योगदान दिने तत्वहरूको अर्थ संवहन गरेको हुन्छ । समाजको मानसक्रिया सम्बद्ध सम्पूर्ण तत्वहरूको समग्र रूप नै संस्कृतिका रूपमा परिभाषित रहेको छ । प्राणी जगतमा सर्वश्रेष्ठ प्राणी मानवले आफूलाई पूर्ण रूपमा विकसित गरिसकेपछि आफूलाई व्यवस्थित र आदर्शवान बनाउनका लागि विभिन्न किसिमका विधिविधानयुक्त क्रियाकलापमा आबद्ध गराएको हो । उपनयन संस्कार आर्य समुदायका लागि मानव वा व्यक्तिलाई सम्पूर्ण सांस्कृतिक कार्यका लागि योग्य तुल्याउने महत्त्वपूर्ण संस्कारका रूपमा रहेको छ । यो संस्कार बटुकलाई तयारी अवस्थामा राखी पिता, गुरू, आचार्य वा पण्डितको संलग्नता र उनीहरूको निर्देशनमा सम्पन्नगर्ने विधान रहेको छ । प्रारम्भमा उपनयन संस्कार अत्यन्त साधारण तरिकाबाट सम्पन्न गर्ने गरिन्थ्यो । त्यतिबेला वेद अध्ययनको लागि तयार हुने र पछिल्लो पिँढीलाई अध्ययन अगाडि बढाउन पिताले नै गुरूको भुमिका निर्वाह गर्ने गर्दथे । व्राह्मण बटुकलाई वेदपठनको दीक्षा दिने मार्गप्रसस्त गर्न सञ्चालन गरिने उपनयन संस्कारमा मूलभूत रूपमा वैदिक विधानका माध्यमबाट यज्ञ सम्पन्न गर्ने विधान रहेको छ । यस लेखमा उपनयन संस्कार अन्तर्गत गरिने मूलभूत उपसंस्कारका रूपमा आउने मण्डप निर्माण, कर्ता र कर्ताका अभिभावकका बीचको सहभोज , वैदिक विधान अनुसारको स्नान, कौपिन, लगौंटी, यज्ञोपवित, ओजिन धारण, दण्डदान विधि र मन्त्रदानका कार्यक्रम सम्पन्न गर्ने क्रममा बीचबीचमा विभिन्न प्रतीकात्मक कार्यक्रम पनि सञ्चालन गर्ने प्रावधान रहेको छ । यसका अतिरिक्त कर्ता अर्थात् वटुकलाई भिक्षादान, मन्त्रदान र त्रिरात्रब्रत जस्ता कार्यलाई आर्य संस्कार प्रदत्त वैदिक विधानका आधारमा सम्पन्न हुने निष्कर्ष निकालिएको छ ।.

Related Results

ह्योल्मो जातिको अन्त्येष्टि संस्कार Hyolmo Jatiko Antyesti Sanskar
ह्योल्मो जातिको अन्त्येष्टि संस्कार Hyolmo Jatiko Antyesti Sanskar
नेपालमा बसोबास गर्ने विविध जाति जनजातिहरु मध्ये आदिबासी समुदायमा गणना हुने ह्योल्मो अल्पसंख्यक जाति हो । उनीहरुको मुख्य पुख्र्यौली बसोवासस्थल सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र पाँचप...
ह्योल्मो जातिको अन्त्येष्टि संस्कार Hyolmo Jatiko Antyesti Sanskar
ह्योल्मो जातिको अन्त्येष्टि संस्कार Hyolmo Jatiko Antyesti Sanskar
नेपालमा बसोबास गर्ने विविध जाति जनजातिहरु मध्ये आदिबासी समुदायमा गणना हुने ह्योल्मो अल्पसंख्यक जाति हो । उनीहरुको मुख्य पुख्र्यौली बसोवासस्थल सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र पाँचप...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति’ शीर्षकको लेख नेपाली टुक्कामा के कस्तो संस्कार संस्कृतिको प्रभाव छ भन्ने जिज्ञासाको अध्ययनमा आधारित छ । संस्कार भनेको परम्पराको परिष्कृत स्व...
चाम्लिङ समुदायमा पाछाको ऐतिहासिक विकास
चाम्लिङ समुदायमा पाछाको ऐतिहासिक विकास
चाम्लिङ समुदायमा पाछा भनेको खास गरेर वैवाहिक सम्बन्ध जोड्नलाई सात पुस्तापछि वा आठ पुस्तादेखि बाह्र पुस्तासम्म छुट्टयाइएको हाँगा वा समूह हो । पाछालाई अर्को शब्दमा रक्तसमूह पनि भन्न ...
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित सुम्निमा (२०२७) उपन्यासमा मिथकका रूपमा पौराणिक उपकथालाई जोडेर नेपालको सामाजिक सांस्कृतिक घटनाको चित्रण गरिएको छ । यसमा दुई भिन्न संस्कृति आर्य ...
माधवी उपन्यासमा संस्कृति
माधवी उपन्यासमा संस्कृति
प्रस्तुत अध्ययन माधवी उपन्यासमा चित्रण गरिएका संस्कृतिको अध्ययनमा केन्द्रित छ । यस उपन्यासमा महाभारतको उद्योग पर्वका अध्याय १०६ देखि १२३ सम्म पाइने गालवसम्बन्धी कथालाई आधार बनाइए प...
लोके वेदे च (कुमाऊनी शकुनाखर गीतों के सन्दर्भ में)
लोके वेदे च (कुमाऊनी शकुनाखर गीतों के सन्दर्भ में)
प्रस्तुत लेख में लोक और वेद के गहन संबंध को कुमाऊँनी शकुनाखर गीतों के संदर्भ में स्पष्ट किया गया है। भारतीय संस्कृति में वेद ज्ञान के मूल स्त्रोत हैं और हमारे धार्मिक अनुष्ठान संस्...

Back to Top