Javascript must be enabled to continue!
ह्योल्मो जातिको अन्त्येष्टि संस्कार Hyolmo Jatiko Antyesti Sanskar
View through CrossRef
नेपालमा बसोबास गर्ने विविध जाति जनजातिहरु मध्ये आदिबासी समुदायमा गणना हुने ह्योल्मो अल्पसंख्यक जाति हो । उनीहरुको मुख्य पुख्र्यौली बसोवासस्थल सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र पाँचपोखरी गाउँपालिका हो । यीबाहेक अरु २१ जिल्लामा पनि बसोवास रहेको पाइन्छ । यो जातिको विभिन्न संस्कारहरु मध्ये अन्त्येष्टि संस्कार एक महत्वपूर्ण संस्कार हो । ह्योल्मोहरु महायानी बौद्ध धर्मावलम्वीभएकोले उनीहरुकोहरेक संस्कार महायनी बौद्ध धर्मको आधारमा रीतिथितिहरु सम्पन्न गरिन्छ । सबै प्रकारका संस्कार कार्य सम्पन्न गर्नको लागि लामाको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।यसरी नै मृत्यु संस्कार पनि विभिन्न चरणमासम्पन्न गरिएको हुन्छ । मृत्यु संस्कार सम्पन्न गर्नको लागि गुम्बाले विशेष भूमिका खेल्दछ ।छोरीहरुले भने मृतकको अनुहार सफा गरेर तेल लगाइ दिने र जुवाइँले लास जलाउन शुरु गरेबाट अन्त्य नभएसम्म सबै रेखदेख कार्यमा भूमिका निर्वाह गर्नु पर्दछ । ह्योल्मोहरुको अन्त्येष्टि संस्कार चरणगत रुपमा सर्बप्रथम मृतकको भौतिक शरीरबाट आत्मालाई अलग गर्ने संस्कार गरिन्छ जसलाई ह्योल्मा भाषामा फोवा भनिन्छ । फोवा संस्कार सम्पन्न भएपछि दाहसंस्कार गर्नका लागि पूजापाठ गरिन्छ । दाह संस्कार गरेको तीन दिनपछि मृतकको आत्माले चीर शान्ति मिलोस् भनेर नेपार नामको संस्कार गरिन्छ । त्यसपछि सात सात दिनमा सात हप्ते मोलम पूजा गरिन्छ ।मोलम भन्नाले मृतकको आत्मा सुखावती लोकमा जाओस् भनेर गरिने पूजा हो । मृत्यु भएकोे ४९ औं दिनमा अनुष्ठान संस्कार गरिन्छ ।यस कार्यलाई घेवा भनिन्छ । मृत्यु भएको वर्ष दिनमा मृतकको सुख प्राप्तिको लागि वार्षिक पूजा गरिन्छ । यसपछि ह्योल्मोहरुको अन्त्येष्टि संस्कारको सम्पूर्ण चक्र विधिवत रुपमा सम्पन्न हुन्छ ।
Title: ह्योल्मो जातिको अन्त्येष्टि संस्कार Hyolmo Jatiko Antyesti Sanskar
Description:
नेपालमा बसोबास गर्ने विविध जाति जनजातिहरु मध्ये आदिबासी समुदायमा गणना हुने ह्योल्मो अल्पसंख्यक जाति हो । उनीहरुको मुख्य पुख्र्यौली बसोवासस्थल सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र पाँचपोखरी गाउँपालिका हो । यीबाहेक अरु २१ जिल्लामा पनि बसोवास रहेको पाइन्छ । यो जातिको विभिन्न संस्कारहरु मध्ये अन्त्येष्टि संस्कार एक महत्वपूर्ण संस्कार हो । ह्योल्मोहरु महायानी बौद्ध धर्मावलम्वीभएकोले उनीहरुकोहरेक संस्कार महायनी बौद्ध धर्मको आधारमा रीतिथितिहरु सम्पन्न गरिन्छ । सबै प्रकारका संस्कार कार्य सम्पन्न गर्नको लागि लामाको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।यसरी नै मृत्यु संस्कार पनि विभिन्न चरणमासम्पन्न गरिएको हुन्छ । मृत्यु संस्कार सम्पन्न गर्नको लागि गुम्बाले विशेष भूमिका खेल्दछ ।छोरीहरुले भने मृतकको अनुहार सफा गरेर तेल लगाइ दिने र जुवाइँले लास जलाउन शुरु गरेबाट अन्त्य नभएसम्म सबै रेखदेख कार्यमा भूमिका निर्वाह गर्नु पर्दछ । ह्योल्मोहरुको अन्त्येष्टि संस्कार चरणगत रुपमा सर्बप्रथम मृतकको भौतिक शरीरबाट आत्मालाई अलग गर्ने संस्कार गरिन्छ जसलाई ह्योल्मा भाषामा फोवा भनिन्छ । फोवा संस्कार सम्पन्न भएपछि दाहसंस्कार गर्नका लागि पूजापाठ गरिन्छ । दाह संस्कार गरेको तीन दिनपछि मृतकको आत्माले चीर शान्ति मिलोस् भनेर नेपार नामको संस्कार गरिन्छ । त्यसपछि सात सात दिनमा सात हप्ते मोलम पूजा गरिन्छ ।मोलम भन्नाले मृतकको आत्मा सुखावती लोकमा जाओस् भनेर गरिने पूजा हो । मृत्यु भएकोे ४९ औं दिनमा अनुष्ठान संस्कार गरिन्छ ।यस कार्यलाई घेवा भनिन्छ । मृत्यु भएको वर्ष दिनमा मृतकको सुख प्राप्तिको लागि वार्षिक पूजा गरिन्छ । यसपछि ह्योल्मोहरुको अन्त्येष्टि संस्कारको सम्पूर्ण चक्र विधिवत रुपमा सम्पन्न हुन्छ ।.
Related Results
ह्योल्मो जातिको अन्त्येष्टि संस्कार Hyolmo Jatiko Antyesti Sanskar
ह्योल्मो जातिको अन्त्येष्टि संस्कार Hyolmo Jatiko Antyesti Sanskar
नेपालमा बसोबास गर्ने विविध जाति जनजातिहरु मध्ये आदिबासी समुदायमा गणना हुने ह्योल्मो अल्पसंख्यक जाति हो । उनीहरुको मुख्य पुख्र्यौली बसोवासस्थल सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र पाँचप...
Integrating Garbha Sanskar and Beej Sanskar with Modern Prenatal Care: A Systematic Review of Maternal–Fetal Health Outcomes
Integrating Garbha Sanskar and Beej Sanskar with Modern Prenatal Care: A Systematic Review of Maternal–Fetal Health Outcomes
Introduction:
Pregnancy is a transformative physiological and psychological phase requiring substantial maternal adaptation. While most pregnancies progress smo...
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति’ शीर्षकको लेख नेपाली टुक्कामा के कस्तो संस्कार संस्कृतिको प्रभाव छ भन्ने जिज्ञासाको अध्ययनमा आधारित छ । संस्कार भनेको परम्पराको परिष्कृत स्व...
आर्य संस्कृतिमा उपनयन संस्कार
आर्य संस्कृतिमा उपनयन संस्कार
संस्कृत शब्दको परिस्कृत एवं परिमार्जित संस्कारहरूको समभावका रूपमा संस्कृति शब्द व्यवहृत, प्रयोग र प्रचलनमा रहेको छ । संस्कारले शुद्धिक्रिया जसमा मानिसका चारित्रिक अवगुण, कमी कमजोरी...
Presenting the Outreach of ‘Garbhotsav Sanskar’ Movement Aimed at Programming Foetal Brain for a Well-Cultured Generation
Presenting the Outreach of ‘Garbhotsav Sanskar’ Movement Aimed at Programming Foetal Brain for a Well-Cultured Generation
In the present times, it is believed that socio-economic context plays an important role in the shaping of a generation. For example, the identity of Generation Z and Generation Al...
चमार जातिको इतिहास
चमार जातिको इतिहास
चमारलाई नेपाली शब्दसागरमा छालाको मालसामान बनाउने एक जाति, सार्की, मिझार, मिजार (कदर गर्दा) भनिएको छ । चमार जाति भारतको विहार र उत्तरप्रदेश लगायत बङ्गालबाट ईशाको पहिलो शताब्दीतिर ने...
Ancient Practice of Garbh Sanskar and its Importance in Modern Scenario
Ancient Practice of Garbh Sanskar and its Importance in Modern Scenario
Garbh Sanskar is ancient practice of nurturing mental, physical and emotional environment of mother during her pregnancy stage to promote overall well-being of both mother as well ...
Utilization Postnatal Care Services in Hyolmo Community
Utilization Postnatal Care Services in Hyolmo Community
Postnatal care (PNC) utilization among the Hyolmo community highlights significant gaps in existing literature and underscores the critical need for targeted healthcare interventio...

