Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

चाम्लिङ समुदायमा पाछाको ऐतिहासिक विकास

View through CrossRef
चाम्लिङ समुदायमा पाछा भनेको खास गरेर वैवाहिक सम्बन्ध जोड्नलाई सात पुस्तापछि वा आठ पुस्तादेखि बाह्र पुस्तासम्म छुट्टयाइएको हाँगा वा समूह हो । पाछालाई अर्को शब्दमा रक्तसमूह पनि भन्न सकिन्छ । चाम्लिङको पाछाको विषयमा विशेष गरेर खोटाङको साकेला गाउँपालिका –२, रतन्छा गाउँमा वि.सं २०८१ साल बैशाखदेखि मंसिरसम्म गरिएको एथ्नोग्राफिक अध्ययन हो । यसमा पाछाहरूको निर्माण हुने प्रक्रियाका साथै आवश्यकता र अन्य विविध क्षेत्रहरूका द्वितीय स्रोतहरूबाट प्राप्त अन्य पाछाहरू समेत समेटिएका छन् । यस अध्ययनमा पाछाहरूको ऐतिहासिक निर्माण, परम्परागत सामाजिक तथा सांस्कृतिक अभ्यासमा आवश्यकताबारे विश्लेषण गर्ने उद्देश्यले यो लेख तयार गरिएको छ । पाछाको ऐतिहासिक पक्ष सम्बन्धी अध्ययन गर्दा विशेष गरेर विवाह वा कुटुम्बेरीको लागि पाछा छुट्टयाइन्छ । मुन्दुमी, रिसिमीहरूका अनुसार चाम्लिङ समुदायमा नायुमा–पाहँ चेली माइती विवाहदेखि सुरु हुँदै पाछा प्रणालीको विकासपछि सातौँ पुस्तापछि मात्र हाडफोरा विवाह वा कुटुम्बेरी चलाउने चलन वा परम्परा रहेको पाइयो । समय र परिस्थितिअनुसार उत्पत्ति र अहिलेसम्मको परम्परागत वैवाहिक संस्कारहरूमा आएको भिन्नताले जन्माएको पाछाले मानव सभ्यताको रीतिस्थिति र नियमकानुन बनाएको देखिन्छ । पाछाको ऐतिहासिक विकासले संस्कार–संस्कृति निर्माण हुन्छ भन्ने प्रस्ट देखिन्छ । जन्मदेखि मृत्युपर्यन्त सबै कार्यहरू पाछाको आधारमा हुने भएकाले यसको महङ्खव त्यति नै रहेको छ । चाम्लिङ संस्कार–संस्कृतिमा एकै पाछाभित्र विवाह वा कुटुम्बेरी चल्दैन । चाम्लिङ समुदायको पाछाहरूको उत्पत्ति, संस्कार, इतिहास, आदिबारे यो विशुद्ध ऐतिहासिक अनुसन्धान भएकाले पत्ता लागेको ज्ञानले बौद्धिक क्षेत्रमा योगदान पुग्ने विश्वास गरिएको छ ।
Title: चाम्लिङ समुदायमा पाछाको ऐतिहासिक विकास
Description:
चाम्लिङ समुदायमा पाछा भनेको खास गरेर वैवाहिक सम्बन्ध जोड्नलाई सात पुस्तापछि वा आठ पुस्तादेखि बाह्र पुस्तासम्म छुट्टयाइएको हाँगा वा समूह हो । पाछालाई अर्को शब्दमा रक्तसमूह पनि भन्न सकिन्छ । चाम्लिङको पाछाको विषयमा विशेष गरेर खोटाङको साकेला गाउँपालिका –२, रतन्छा गाउँमा वि.
सं २०८१ साल बैशाखदेखि मंसिरसम्म गरिएको एथ्नोग्राफिक अध्ययन हो । यसमा पाछाहरूको निर्माण हुने प्रक्रियाका साथै आवश्यकता र अन्य विविध क्षेत्रहरूका द्वितीय स्रोतहरूबाट प्राप्त अन्य पाछाहरू समेत समेटिएका छन् । यस अध्ययनमा पाछाहरूको ऐतिहासिक निर्माण, परम्परागत सामाजिक तथा सांस्कृतिक अभ्यासमा आवश्यकताबारे विश्लेषण गर्ने उद्देश्यले यो लेख तयार गरिएको छ । पाछाको ऐतिहासिक पक्ष सम्बन्धी अध्ययन गर्दा विशेष गरेर विवाह वा कुटुम्बेरीको लागि पाछा छुट्टयाइन्छ । मुन्दुमी, रिसिमीहरूका अनुसार चाम्लिङ समुदायमा नायुमा–पाहँ चेली माइती विवाहदेखि सुरु हुँदै पाछा प्रणालीको विकासपछि सातौँ पुस्तापछि मात्र हाडफोरा विवाह वा कुटुम्बेरी चलाउने चलन वा परम्परा रहेको पाइयो । समय र परिस्थितिअनुसार उत्पत्ति र अहिलेसम्मको परम्परागत वैवाहिक संस्कारहरूमा आएको भिन्नताले जन्माएको पाछाले मानव सभ्यताको रीतिस्थिति र नियमकानुन बनाएको देखिन्छ । पाछाको ऐतिहासिक विकासले संस्कार–संस्कृति निर्माण हुन्छ भन्ने प्रस्ट देखिन्छ । जन्मदेखि मृत्युपर्यन्त सबै कार्यहरू पाछाको आधारमा हुने भएकाले यसको महङ्खव त्यति नै रहेको छ । चाम्लिङ संस्कार–संस्कृतिमा एकै पाछाभित्र विवाह वा कुटुम्बेरी चल्दैन । चाम्लिङ समुदायको पाछाहरूको उत्पत्ति, संस्कार, इतिहास, आदिबारे यो विशुद्ध ऐतिहासिक अनुसन्धान भएकाले पत्ता लागेको ज्ञानले बौद्धिक क्षेत्रमा योगदान पुग्ने विश्वास गरिएको छ ।.

Related Results

नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक...
पर्यावरणीय नैतिकता और महिला सशक्तिकरण: गाँधीवादी दृष्टिकोण से सतत् विकास का अध्ययन
पर्यावरणीय नैतिकता और महिला सशक्तिकरण: गाँधीवादी दृष्टिकोण से सतत् विकास का अध्ययन
वर्तमान युग में पर्यावरणीय संकट और लैंगिक असमानता विश्व समुदाय के समक्ष दो प्रमुख चुनौतियों के रूप में उपस्थित हैं। जलवायु परिवर्तन, प्राकृतिक संसाधनों का अंधाधुंध दोहन, जैव विविधत...
ऐतिहासिक कानुनी दस्तावेज: न्याय विकासिनी
ऐतिहासिक कानुनी दस्तावेज: न्याय विकासिनी
प्रस्तुत लेखको शिर्षक ऐतिहासिक कानूनी दस्तावेज ः न्याय विकसिनि रहेको छ । यसको मुख्य उद्देश्य ऐतिहासिक प्राचीन कानूनी ग्रन्थ ः न्याय विकसिनी भित्रका विभिन्न कानूनी व्यवस्थाहरुको विव...
मानवतावादी जीवनदृष्टि: आधुनिक परिप्रेक्ष्य में
मानवतावादी जीवनदृष्टि: आधुनिक परिप्रेक्ष्य में
मानवतावादी जीवनदृष्टि में व्यष्टिगत् और समष्टिगत जीवन विकास के आदर्श निहित हैं। यह मनुष्य जीवन को इस धरती पर अति विशिष्ट जीवन के रूप में स्वीकारती है एवं मानव, प्रकृति और परमात्मा ...
उदयपुरस्थित चौदण्डीगढीको पुरातात्विक अन्वेषण {Archaeological Exploration of Chaudandi Gadhi Udayapur}
उदयपुरस्थित चौदण्डीगढीको पुरातात्विक अन्वेषण {Archaeological Exploration of Chaudandi Gadhi Udayapur}
चौदण्डीगढी उदयपुर जिल्ला चौदण्डी नगरपालिका वडा नं. १ चौदण्डी डाँडामा अबस्थित छ । ऐतिहासिक चौदण्डी गढी सामरिक तथा पुरातात्विक हिसाबले एक महत्वपूर्ण सम्पदा हो । यो स्थान समुन्द्र सतह...
डीपाडीह : ऐतिहासिक पुरातात्त्विक एवं सांस्कृतिक अध्ययन
डीपाडीह : ऐतिहासिक पुरातात्त्विक एवं सांस्कृतिक अध्ययन
डीपाडीह छत्तीसगढ़ राज्य के सरगुजांचल में स्थित एक महत्वपूर्ण प्राचीन पुरातात्त्विक स्थल है, जो अपनी समृद्ध स्थापत्य परंपरा, धार्मिक बहुलता तथा ऐतिहासिक अवशेषों के कारण विशेष महत्व र...
शिक्षक प्रशिक्षुओं की पंचकोषीय अवधारणा
शिक्षक प्रशिक्षुओं की पंचकोषीय अवधारणा
सार पंचकोष शब्द संस्कृत से लिया गया है जिसका तात्पर्य मानव अस्तित्व के पाँच कोषों से है जो अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष, विज्ञानमय कोष और आनंदमय कोष हैं। यजुर्वेद में तैत्ति...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...

Back to Top