Javascript must be enabled to continue!
आदर्श–राघव महाकाव्यमा ब्रह्मचिन्तन
View through CrossRef
प्रस्तुत लेखमा अदर्श राघव महाकाव्यमा ब्रह्मचिन्तनको अध्ययन गरिएको छ । गुणात्मक अनुसन्धान पद्धति र पाठविश्लेषण विधिके उपयोग गरिएको यस लेखमा पूर्वीय दर्शनमा अभिव्यक्त ब्रह्मचिन्तनलाई सैद्धान्तिक आधार र अवधारणाका रूपमा लिइएको छ । आदर्श -राघव महाकाव्यमा ब्रह्म चिन्तनको प्रभाव परेको छ । यस आलेखमा आदर्श-राघव महाकाव्यको विषयवस्तुको स्वरूप गरी यसभित्र रहेको सगुण र निर्गुण ब्रह्मचिन्तनलाई पहिल्याउने कार्य गरिएको छ । आदर्श- राघव महाकाव्यमा ब्रह्मचिन्तनसम्बन्धी विचार पहिचान गरी सगुण र निर्गुण ब्रह्म चिन्तन किन र कसरी प्रस्तुत गरिएकोको छ भन्ने प्रमुख समस्यामा यो लेख केन्द्रित रहेको छ । यिनै समस्याको परिपूर्तिका लागि निगमनात्मक र आगमनात्मक शोधविधिको प्रयोग गरेर यो लेख तयार गरिएकोको छ । वेदान्त दर्शनले ब्रह्मको सगुण र निर्गुण स्वरूपका बारेमा विविध अवधारणा प्रस्तुत गरेको छ । यसै क्रममा ब्रह्मको पहिचान सगुण र निर्गुण रूपमा हुन्छ भन्ने बताइएको छ । यही स्वपाधिक र निरुपाधिक ब्रह्म नै कतै गुणयुक्त कतै गुणमुक्त, व्यक्तित्वशून्य रहने तथ्यलाई वेदान्त दर्शनले प्रस्तुत गरेको छ । यिनै दृष्टिकोणलाई सैद्धान्तिक अवधारणाका रूपमा प्रस्तुत गरेर महाकाव्यको विषयवस्तुको स्वरूप पहिचान गरिएकोको छ । यहाँ प्रकट गरिएको वैचारिकतालाई मुख्य आधार बनाएर आदर्श- राघव महाकाव्यमा रहेका राघवलाई नै ब्रह्मको सगुण र निर्गुण रूपको प्रतीक बनाइएको छ । रामभित्र रहेको ब्रह्मगुणको समन्वयात्मक पक्षलाई समेटेर महाकाव्यमा वर्णित वैचारिक पक्षको आधारमा सगुण र निर्गुण रूपमा आदर्श-राघवलाई प्रतिस्थापित गरी एकत्वपूर्ण ब्रह्मस्वरूपको पहिचान गर्ने कार्य यस लेखमा भएको छ ।
Title: आदर्श–राघव महाकाव्यमा ब्रह्मचिन्तन
Description:
प्रस्तुत लेखमा अदर्श राघव महाकाव्यमा ब्रह्मचिन्तनको अध्ययन गरिएको छ । गुणात्मक अनुसन्धान पद्धति र पाठविश्लेषण विधिके उपयोग गरिएको यस लेखमा पूर्वीय दर्शनमा अभिव्यक्त ब्रह्मचिन्तनलाई सैद्धान्तिक आधार र अवधारणाका रूपमा लिइएको छ । आदर्श -राघव महाकाव्यमा ब्रह्म चिन्तनको प्रभाव परेको छ । यस आलेखमा आदर्श-राघव महाकाव्यको विषयवस्तुको स्वरूप गरी यसभित्र रहेको सगुण र निर्गुण ब्रह्मचिन्तनलाई पहिल्याउने कार्य गरिएको छ । आदर्श- राघव महाकाव्यमा ब्रह्मचिन्तनसम्बन्धी विचार पहिचान गरी सगुण र निर्गुण ब्रह्म चिन्तन किन र कसरी प्रस्तुत गरिएकोको छ भन्ने प्रमुख समस्यामा यो लेख केन्द्रित रहेको छ । यिनै समस्याको परिपूर्तिका लागि निगमनात्मक र आगमनात्मक शोधविधिको प्रयोग गरेर यो लेख तयार गरिएकोको छ । वेदान्त दर्शनले ब्रह्मको सगुण र निर्गुण स्वरूपका बारेमा विविध अवधारणा प्रस्तुत गरेको छ । यसै क्रममा ब्रह्मको पहिचान सगुण र निर्गुण रूपमा हुन्छ भन्ने बताइएको छ । यही स्वपाधिक र निरुपाधिक ब्रह्म नै कतै गुणयुक्त कतै गुणमुक्त, व्यक्तित्वशून्य रहने तथ्यलाई वेदान्त दर्शनले प्रस्तुत गरेको छ । यिनै दृष्टिकोणलाई सैद्धान्तिक अवधारणाका रूपमा प्रस्तुत गरेर महाकाव्यको विषयवस्तुको स्वरूप पहिचान गरिएकोको छ । यहाँ प्रकट गरिएको वैचारिकतालाई मुख्य आधार बनाएर आदर्श- राघव महाकाव्यमा रहेका राघवलाई नै ब्रह्मको सगुण र निर्गुण रूपको प्रतीक बनाइएको छ । रामभित्र रहेको ब्रह्मगुणको समन्वयात्मक पक्षलाई समेटेर महाकाव्यमा वर्णित वैचारिक पक्षको आधारमा सगुण र निर्गुण रूपमा आदर्श-राघवलाई प्रतिस्थापित गरी एकत्वपूर्ण ब्रह्मस्वरूपको पहिचान गर्ने कार्य यस लेखमा भएको छ ।.
Related Results
सम्यक् सम्बुद्ध महाकाव्यमा बुद्धकरुणा
सम्यक् सम्बुद्ध महाकाव्यमा बुद्धकरुणा
प्रस्तुत लेखमा कवि घनश्याम कँडेलको ‘सम्यक् सम्बुद्ध’ महाकाव्यमा प्रस्तुत बुद्धकरुणाको अन्वीक्षण गरिएको छ । बुद्धकरुणा भनेको बुद्धद्वारा दुःखमुक्तिसाधनाबाट स्वआर्जित ज्ञान, पीडित जी...
मानवतावादी जीवनदृष्टि: आधुनिक परिप्रेक्ष्य में
मानवतावादी जीवनदृष्टि: आधुनिक परिप्रेक्ष्य में
मानवतावादी जीवनदृष्टि में व्यष्टिगत् और समष्टिगत जीवन विकास के आदर्श निहित हैं। यह मनुष्य जीवन को इस धरती पर अति विशिष्ट जीवन के रूप में स्वीकारती है एवं मानव, प्रकृति और परमात्मा ...
सुलोचना महाकाव्यमा प्रयोगशीलता
सुलोचना महाकाव्यमा प्रयोगशीलता
प्रस्तुत लेखमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सुलोचना महाकाव्यमा प्रयोगशीलताका बारेमा निरूपण गरिएको छ । प्रयोगशीलतासम्बन्धी सैद्धान्तिक अवधारणाका साथै पूर्वीय तथा पाश्चात...
Role of Shakuntala in Abhijnan Shakuntalam written by great poet Kalidas in Sanskrit literature
Role of Shakuntala in Abhijnan Shakuntalam written by great poet Kalidas in Sanskrit literature
This gradual development of Shakuntala's character as a heroine is very natural. At the end of the play, the sacrifice of life was completed with the union of co-wife, good husband...
मानव महाकाव्यमा संवृत्ति वक्रता {Pronominal Implicature (Samvriti vakrata) in Human(Manav) epic}
मानव महाकाव्यमा संवृत्ति वक्रता {Pronominal Implicature (Samvriti vakrata) in Human(Manav) epic}
यस लेखमा मोदनाथ प्रश्रितद्वारा रचना गरिएको मानव महाकाव्यमा संवृत्ति वक्रताको प्रयोगको अवस्था के कस्तो छ भन्ने समस्याको समाधानार्थ उक्त काव्यमा प्रयुक्त संवृत्ति वक्रताको निरूपण गर्...
दोभान महाकाव्यमा रसाभास
दोभान महाकाव्यमा रसाभास
रससिद्धान्त पूर्वीय काव्य परम्पराको समृद्ध सिद्धान्त हो । नेपाली सर्जकका हरेक सिर्जना यस सिद्धान्तका कसीमा कसिन समर्थ छन् । भरतराज पन्त (१९८६ - २०६५) ले पनि विभिन्न शीर्षकका फुटकर ...
महाकाव्यका मानक तत्वका आधारमा मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कन
महाकाव्यका मानक तत्वका आधारमा मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कन
प्रस्तुत लेख भानुभक्त पोखरेलको मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कनसँग सम्बन्धित छ । यस लेखमा मृत्युञ्जय महाकाव्यमा स्थापित महाकाव्यका मानक तत्वहरूलाई अध्ययनको समस्या मानि...
पृथ्वीन्द्रोदय महाकाव्यको द्वन्द्वात्मक अध्ययन {A Dialectical Study of the Epic Prithvindrodaya}
पृथ्वीन्द्रोदय महाकाव्यको द्वन्द्वात्मक अध्ययन {A Dialectical Study of the Epic Prithvindrodaya}
प्रस्तुत लेखमा पृथ्वीन्द्रोदय महाकाव्यमा द्वन्द्वको अवस्थाको विवेचना गरिएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहलाई केन्द्रमा राखेर समकालीन गोरखा राज्यको विस्तार भएर विशाल नेपालसम्म व...

