Javascript must be enabled to continue!
मुलुकबाहिर उपन्यासमा पात्रविधान
View through CrossRef
प्रस्तुत अध्ययनपत्रमा उपन्यासकार लैनसिंह बाङ्देलको 'मुलुकबाहिर' उपन्यासको पात्रविधानको अध्ययन गरिएको छ । देशभित्र गाँस र कपासको समस्याले गर्दा दुई/चार पैसा कमाउने आश बोकेर मुग्लान पस्ने नेपालीहरूले मुग्लानमा सामना गर्नुपर्ने समस्यालाई विषयवस्तु बनाएर रचिएको यस उपन्यासमा प्रयुक्त पात्रहरूको शैलीवैज्ञानिक दृष्टिले अध्ययन गर्ने र प्रमुख पात्रका चारित्रिक विशेषताहरू केलाउने काममा नै अध्ययनलाई केन्द्रित गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको भएको हुनाले अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री पुस्तकालय कार्यबाट नै सङ्कलन गरिएको छ र शोध्य प्रश्नको समाधानार्थ साहित्यका विधागत तत्त्वसँग सम्बद्ध पात्रविधानको सैद्धान्तिक पक्षलाई विश्लेषणको आधार बनाई सङ्कलित सामग्री विश्लेषणका लागि व्यख्यात्मक तथा पाठविश्लेषण विधिको प्रयोग गरिएको छ । उपन्यासको विषयवस्तु देश छोडेर बिदेसिएका श्रमजीवीहरूको व्यथामा केन्द्रित रहेकको हुनाले पात्रहरू पनि बढीजसो श्रम गर्नसक्ने युवाहरू नै रहेका छन् । खालिङ बुढा, सेर्बा बुढा, दलेकी आमा आदि केही वृद्ध पात्रको प्रयोग गरिएको भए पनि तिनीहरू पनि श्रमजीवी नै भएर आएका छन् । सबै पात्रको जीवन निर्वाहको मुख्य आधार शारीरिक श्रम नै रहेको छ । एकातिर देशको अवस्थाका कारण र अर्कातिर आफूमा रहेका चरित्र दोषका कारण समस्याको भूमरीमा पिल्सिएका पात्रका माध्यमबाट नेपाली समाजको यतार्थ चित्र प्रस्तुत गर्नु उपन्यासको उद्देश्य रहेको र उपन्यासमा त्यसैअनुरूपको पात्रविधान रहेको अध्ययनबाट देखिन्छ ।
Title: मुलुकबाहिर उपन्यासमा पात्रविधान
Description:
प्रस्तुत अध्ययनपत्रमा उपन्यासकार लैनसिंह बाङ्देलको 'मुलुकबाहिर' उपन्यासको पात्रविधानको अध्ययन गरिएको छ । देशभित्र गाँस र कपासको समस्याले गर्दा दुई/चार पैसा कमाउने आश बोकेर मुग्लान पस्ने नेपालीहरूले मुग्लानमा सामना गर्नुपर्ने समस्यालाई विषयवस्तु बनाएर रचिएको यस उपन्यासमा प्रयुक्त पात्रहरूको शैलीवैज्ञानिक दृष्टिले अध्ययन गर्ने र प्रमुख पात्रका चारित्रिक विशेषताहरू केलाउने काममा नै अध्ययनलाई केन्द्रित गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको भएको हुनाले अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री पुस्तकालय कार्यबाट नै सङ्कलन गरिएको छ र शोध्य प्रश्नको समाधानार्थ साहित्यका विधागत तत्त्वसँग सम्बद्ध पात्रविधानको सैद्धान्तिक पक्षलाई विश्लेषणको आधार बनाई सङ्कलित सामग्री विश्लेषणका लागि व्यख्यात्मक तथा पाठविश्लेषण विधिको प्रयोग गरिएको छ । उपन्यासको विषयवस्तु देश छोडेर बिदेसिएका श्रमजीवीहरूको व्यथामा केन्द्रित रहेकको हुनाले पात्रहरू पनि बढीजसो श्रम गर्नसक्ने युवाहरू नै रहेका छन् । खालिङ बुढा, सेर्बा बुढा, दलेकी आमा आदि केही वृद्ध पात्रको प्रयोग गरिएको भए पनि तिनीहरू पनि श्रमजीवी नै भएर आएका छन् । सबै पात्रको जीवन निर्वाहको मुख्य आधार शारीरिक श्रम नै रहेको छ । एकातिर देशको अवस्थाका कारण र अर्कातिर आफूमा रहेका चरित्र दोषका कारण समस्याको भूमरीमा पिल्सिएका पात्रका माध्यमबाट नेपाली समाजको यतार्थ चित्र प्रस्तुत गर्नु उपन्यासको उद्देश्य रहेको र उपन्यासमा त्यसैअनुरूपको पात्रविधान रहेको अध्ययनबाट देखिन्छ । .
Related Results
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
चरैवति उपन्यासमा प्रजाति र परिवेश
चरैवति उपन्यासमा प्रजाति र परिवेश
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्य...
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रस्तुत लेखमा नारायण ढकालद्वारा लिखित ‘प्रेतकल्प’ उपन्यासमा सन्निहित स्थानीयताको विश्लेषण गरिएको छ । ‘प्रेतकल्प’ उपन्यासमा हालको कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गतका विभिन्न भौगोल...
माधवी उपन्यासमा संस्कृति
माधवी उपन्यासमा संस्कृति
प्रस्तुत अध्ययन माधवी उपन्यासमा चित्रण गरिएका संस्कृतिको अध्ययनमा केन्द्रित छ । यस उपन्यासमा महाभारतको उद्योग पर्वका अध्याय १०६ देखि १२३ सम्म पाइने गालवसम्बन्धी कथालाई आधार बनाइए प...
प्रतिघात उपन्यासको पात्रविधान
प्रतिघात उपन्यासको पात्रविधान
प्रस्तुत लेखमा नारद पोखरेलको प्रतिघात (वि.सं. २०७८) उपन्यासलाई पाठका रूपमा लिई त्यस उपन्यासमा प्रयुक्त पात्रहरूको व्यवस्थापनको विश्लेषण र मूल्याङ्कन गरिएको छ । प्रतिघात उपन्यासमा प...

