Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था

View through CrossRef
प्रस्तुत लेखमा कागेश्वरी मनोहरा नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा विज्ञान शिक्षाको अवस्था, उपलब्धि, चुनौती तथा सम्भावनाको अध्ययन गरिएको छ । अध्ययनको मुख्य उद्देश्य विद्यालय विज्ञान शिक्षाको वर्तमान अवस्था पहिचान गर्नु र यसको सुधारका लागि सुझाव प्रस्तुत गर्नु रहेको छ । अध्ययनमा सामान्य सर्वेक्षण विधि अपनाइएको छ । तथ्याङ्क सङ्कलनका लागि स्थलगत अवलोकन, विद्यालय अभिलेख, पालिकाका शैक्षिक प्रतिवेदन, नीति तथा कार्यक्रम, प्रकाशित तथा अप्रकाशित लेख रचना लगायतका प्राथमिक र द्वितीयक स्रोतहरू प्रयोग गरिएको छ । प्राप्त तथ्याङ्कलाई तालिकीकरण तथा विश्लेषण गरी निष्कर्ष निकालिएको छ । अध्ययनको नतिजाले पालिकाले विज्ञान शिक्षा प्रवद्र्धनका लागि प्रयोगशाला, कम्प्युटर, स्मार्ट बोर्ड, इन्टरनेट तथा स्टिम गतिविधिमा उल्लेखनीय लगानी गरेको देखाएको छ । विद्यालयहरूमा प्रयोगात्मक कक्षा, विज्ञान प्रदर्शनी, वाटर रकेट प्रतियोगिता, अनुसन्धान भ्रमण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सहभागिताले विद्यार्थीको वैज्ञानिक क्षमता विकासमा सकारात्मक प्रभाव पारेको पाइएको छ । यद्यपि, विज्ञान शिक्षकको अभाव, प्रयोगशाला सामग्रीको कमी, सीमित बजेट तथा स्पष्ट विज्ञान नवप्रवर्तन नीतिको अभाव प्रमुख चुनौतीका रूपमा रहेको देखिन्छ । समग्रमा पालिकाको विज्ञान शिक्षा क्रमशः प्रविधिमैत्री, अनुसन्धानमुखी र गुणस्तरीय बन्दै गएको तथा भविष्यमा दक्ष विद्यालय विज्ञान जनशक्ति उत्पादन गर्ने बलियो आधार निर्माण भइरहेको निष्कर्ष निकाल्न सकिन्छ । विज्ञान हाजिरी जवाफ, वाटर रकेट प्रतियोगिता, विज्ञान प्रदर्शनी, ग्रहण अवलोकन जस्ता क्रियाकलापले यस पालिकाका विद्यार्थीमा भएको विज्ञान प्रतिभालाई प्रस्फुटन गर्न सहयोग गरेको छ ।
Title: कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था
Description:
प्रस्तुत लेखमा कागेश्वरी मनोहरा नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा विज्ञान शिक्षाको अवस्था, उपलब्धि, चुनौती तथा सम्भावनाको अध्ययन गरिएको छ । अध्ययनको मुख्य उद्देश्य विद्यालय विज्ञान शिक्षाको वर्तमान अवस्था पहिचान गर्नु र यसको सुधारका लागि सुझाव प्रस्तुत गर्नु रहेको छ । अध्ययनमा सामान्य सर्वेक्षण विधि अपनाइएको छ । तथ्याङ्क सङ्कलनका लागि स्थलगत अवलोकन, विद्यालय अभिलेख, पालिकाका शैक्षिक प्रतिवेदन, नीति तथा कार्यक्रम, प्रकाशित तथा अप्रकाशित लेख रचना लगायतका प्राथमिक र द्वितीयक स्रोतहरू प्रयोग गरिएको छ । प्राप्त तथ्याङ्कलाई तालिकीकरण तथा विश्लेषण गरी निष्कर्ष निकालिएको छ । अध्ययनको नतिजाले पालिकाले विज्ञान शिक्षा प्रवद्र्धनका लागि प्रयोगशाला, कम्प्युटर, स्मार्ट बोर्ड, इन्टरनेट तथा स्टिम गतिविधिमा उल्लेखनीय लगानी गरेको देखाएको छ । विद्यालयहरूमा प्रयोगात्मक कक्षा, विज्ञान प्रदर्शनी, वाटर रकेट प्रतियोगिता, अनुसन्धान भ्रमण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सहभागिताले विद्यार्थीको वैज्ञानिक क्षमता विकासमा सकारात्मक प्रभाव पारेको पाइएको छ । यद्यपि, विज्ञान शिक्षकको अभाव, प्रयोगशाला सामग्रीको कमी, सीमित बजेट तथा स्पष्ट विज्ञान नवप्रवर्तन नीतिको अभाव प्रमुख चुनौतीका रूपमा रहेको देखिन्छ । समग्रमा पालिकाको विज्ञान शिक्षा क्रमशः प्रविधिमैत्री, अनुसन्धानमुखी र गुणस्तरीय बन्दै गएको तथा भविष्यमा दक्ष विद्यालय विज्ञान जनशक्ति उत्पादन गर्ने बलियो आधार निर्माण भइरहेको निष्कर्ष निकाल्न सकिन्छ । विज्ञान हाजिरी जवाफ, वाटर रकेट प्रतियोगिता, विज्ञान प्रदर्शनी, ग्रहण अवलोकन जस्ता क्रियाकलापले यस पालिकाका विद्यार्थीमा भएको विज्ञान प्रतिभालाई प्रस्फुटन गर्न सहयोग गरेको छ ।.

Related Results

प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रस्तुत लेखमा नारायण ढकालद्वारा लिखित ‘प्रेतकल्प’ उपन्यासमा सन्निहित स्थानीयताको विश्लेषण गरिएको छ । ‘प्रेतकल्प’ उपन्यासमा हालको कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गतका विभिन्न भौगोल...
कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय पाठ्यक्रमको सान्दर्भिकता
कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय पाठ्यक्रमको सान्दर्भिकता
प्रस्तुत अध्ययनले स्थानीय पाठ्यक्रमको संरचना, सान्दर्भिकता तथा उपयुक्तताको विश्लेषणमार्फत यसको प्रभावकारिता हेर्ने लक्ष्य राखेको छ । यसका लागि कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय ...
कागेश्वरी मनोहराको स्वास्थ्य सूचना सम्प्रेषणमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका
कागेश्वरी मनोहराको स्वास्थ्य सूचना सम्प्रेषणमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका
प्रस्तुत अध्ययन कागेश्वरी मनोहरा नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य सूचना सम्प्रेषणमा खेल्ने भूमिकाको विमर्शमा केन्द्रित छ । कागेश्वरी मनोहरा नगरपालिकाका ९ वटै ...
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
नेपाली भाषा शिक्षाको अध्ययनपश्चात् प्राप्त हुने उद्यमशीलताको सम्भावना र अभ्यास बारे चर्चा गर्ने विषयमा प्रस्तुत लेख केन्द्रित छ । नेपाली भाषा शिक्षा अध्ययन गरेका विद्यार्थी तथा विश...
मंत्र योग और आधुनिक चिकित्सा विज्ञान का समन्वय
मंत्र योग और आधुनिक चिकित्सा विज्ञान का समन्वय
वर्तमान शोध पत्र में "मंत्र योग और आधुनिक चिकित्सा विज्ञान का समन्वय" पर प्रभाव का पता लगाया गया है। मंत्र योग प्राचीन भारतीय परंपरा का एक महत्वपूर्ण अंग है, जो ध्वनि तरंगों और कंप...
सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरूप्रति सरोकारवालाहरुको धारणा
सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरूप्रति सरोकारवालाहरुको धारणा
यो अध्ययन सामुदायिक विद्यालयकाअस्थायी शिक्षकहरूप्रति सरोकारवालहरुको धारणा भन्ने विषयमा केन्द्रित रहको छ । यो अध्ययनको मुख्य उदेश्य सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरुप्रति सरोका...
'टाँकीका पूलहरू’कथा सङ्ग्रहमा डायस्पोरा
'टाँकीका पूलहरू’कथा सङ्ग्रहमा डायस्पोरा
यस लेखमा कथाकार दाजु गुरुङद्वारा रचित टाँकीका पूलहरू कथा सङ्ग्रहमा सङ्गृहीत कथाहरूमा डायास्पोरा प्रयोगको अवस्थाको अध्ययन गरिएको छ । रहर वा कहरका कारणले आप्रवासी बन्न पुगेका व्यक्ति...
सार्वजनिक शिक्षाको सबलीकरणका उपायहरू
सार्वजनिक शिक्षाको सबलीकरणका उपायहरू
प्रस्तुत लेख सार्वजनिक शिक्षाको सबलीकरणसँग सम्बन्धित छ । यसमा सार्वजनिक विद्यालयमा हुने शिक्षण सिकाइलाई प्रभावकारी बनाउन अपनाउनु पर्ने उपायहरू सुझाइएको छ । यस क्रममा शिक्षक, विद्या...

Back to Top