Javascript must be enabled to continue!
कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय पाठ्यक्रमको सान्दर्भिकता
View through CrossRef
प्रस्तुत अध्ययनले स्थानीय पाठ्यक्रमको संरचना, सान्दर्भिकता तथा उपयुक्तताको विश्लेषणमार्फत यसको प्रभावकारिता हेर्ने लक्ष्य राखेको छ । यसका लागि कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय पाठ्यक्रम ‘कागेश्वरी मनोहरा दर्पण’ तथा कक्षा १–५ का पाठ्यपुस्तकहरूको सान्दर्भिकता, क्रमबद्धता र अनुकूलताको विश्लेषण गरिएको छ । अध्ययनले जोन डिवेको प्रगतिशील शिक्षा दर्शन र अनुभवजन्य सिकाइ सिद्धान्तलाई आधारका रूपमा ग्रहण गर्दै गुणात्मक विश्लेषण विधी अपनाएको छ । प्राथमिक स्रोतका रूपमा पाठ्यक्रमको संरचना, पाठ्यपुस्तकमा समावेश सामग्री तथा अपेक्षित सिकाइ उपलब्धिहरू प्रयोग गरी नागार्जुन र बुढानीलकण्ठ नगरपालिकाका अभ्यासहरूसँग तुलनात्मक समीक्षा गरिएको छ । अध्ययनका निष्कर्षले कक्षा १–३ का पाठ्यपुस्तकहरू स्थानीय खेल तथा गीतमार्फत सिकाइ गराउने भएकाले बालकेन्द्रित र अनुभवमा आधारित ‘गरेर सिक्ने’ सिद्धान्तसँग मेल खाने देखाएको छ । माथिल्लो कक्षातर्फ बढ्दै जाँदा प्रयोगात्मक गतिविधिहरू घट्दै र सैद्धान्तिक सामग्री बढ्दै गएको पाइयो । विद्यार्थीको उमेरअनुकूल संज्ञानात्मक स्तरभन्दा पाठ्यक्रमको बजेट, विषयवस्तुको दार्शनिकता र तथ्याङ्कको जटिलता माथि रहेको सङ्केत गर्दछ । त्यसैले आगामी पाठ्यक्रम परिमार्जनमा सैद्धान्तिक भार घटाई बालमनोविज्ञानअनुकूल तथा क्रियाकलापमुखी सिकाइ गतिविधिहरूलाई प्राथमिकता दिनु आवश्यक रहेको निष्कर्ष प्रस्तुत अध्ययनले निकालेको छ ।
Title: कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय पाठ्यक्रमको सान्दर्भिकता
Description:
प्रस्तुत अध्ययनले स्थानीय पाठ्यक्रमको संरचना, सान्दर्भिकता तथा उपयुक्तताको विश्लेषणमार्फत यसको प्रभावकारिता हेर्ने लक्ष्य राखेको छ । यसका लागि कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय पाठ्यक्रम ‘कागेश्वरी मनोहरा दर्पण’ तथा कक्षा १–५ का पाठ्यपुस्तकहरूको सान्दर्भिकता, क्रमबद्धता र अनुकूलताको विश्लेषण गरिएको छ । अध्ययनले जोन डिवेको प्रगतिशील शिक्षा दर्शन र अनुभवजन्य सिकाइ सिद्धान्तलाई आधारका रूपमा ग्रहण गर्दै गुणात्मक विश्लेषण विधी अपनाएको छ । प्राथमिक स्रोतका रूपमा पाठ्यक्रमको संरचना, पाठ्यपुस्तकमा समावेश सामग्री तथा अपेक्षित सिकाइ उपलब्धिहरू प्रयोग गरी नागार्जुन र बुढानीलकण्ठ नगरपालिकाका अभ्यासहरूसँग तुलनात्मक समीक्षा गरिएको छ । अध्ययनका निष्कर्षले कक्षा १–३ का पाठ्यपुस्तकहरू स्थानीय खेल तथा गीतमार्फत सिकाइ गराउने भएकाले बालकेन्द्रित र अनुभवमा आधारित ‘गरेर सिक्ने’ सिद्धान्तसँग मेल खाने देखाएको छ । माथिल्लो कक्षातर्फ बढ्दै जाँदा प्रयोगात्मक गतिविधिहरू घट्दै र सैद्धान्तिक सामग्री बढ्दै गएको पाइयो । विद्यार्थीको उमेरअनुकूल संज्ञानात्मक स्तरभन्दा पाठ्यक्रमको बजेट, विषयवस्तुको दार्शनिकता र तथ्याङ्कको जटिलता माथि रहेको सङ्केत गर्दछ । त्यसैले आगामी पाठ्यक्रम परिमार्जनमा सैद्धान्तिक भार घटाई बालमनोविज्ञानअनुकूल तथा क्रियाकलापमुखी सिकाइ गतिविधिहरूलाई प्राथमिकता दिनु आवश्यक रहेको निष्कर्ष प्रस्तुत अध्ययनले निकालेको छ ।.
Related Results
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रस्तुत लेखमा नारायण ढकालद्वारा लिखित ‘प्रेतकल्प’ उपन्यासमा सन्निहित स्थानीयताको विश्लेषण गरिएको छ । ‘प्रेतकल्प’ उपन्यासमा हालको कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गतका विभिन्न भौगोल...
कागेश्वरी मनोहराको स्वास्थ्य सूचना सम्प्रेषणमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका
कागेश्वरी मनोहराको स्वास्थ्य सूचना सम्प्रेषणमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका
प्रस्तुत अध्ययन कागेश्वरी मनोहरा नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य सूचना सम्प्रेषणमा खेल्ने भूमिकाको विमर्शमा केन्द्रित छ । कागेश्वरी मनोहरा नगरपालिकाका ९ वटै ...
प्रसंगः स्थानीय सरकार सञ्चालनको सातवर्ष प्रमुख प्रशासकीय अधिकृतको भूमिका र अभिमत
प्रसंगः स्थानीय सरकार सञ्चालनको सातवर्ष प्रमुख प्रशासकीय अधिकृतको भूमिका र अभिमत
नेपालको संघीय प्रणाली र स्थानीय सरकारहरूको सञ्चालनमा प्रमुख प्रशासकीय अधिकृतहरूको महत्वपूर्ण भूमिका र कर्तव्यहरूको विश्लेषण गरिएको छ । संघीय संरचनामा तीन तहका सरकारहरूको स्थापना भए...
कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था
कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था
प्रस्तुत लेखमा कागेश्वरी मनोहरा नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा विज्ञान शिक्षाको अवस्था, उपलब्धि, चुनौती तथा सम्भावनाको अध्ययन गरिएको छ । अध्ययनको मुख्य उद्देश्य विद्यालय व...
विकेंद्रीकरण और सुशासन: पंचायती राज की भूमिका
विकेंद्रीकरण और सुशासन: पंचायती राज की भूमिका
यह शोध पत्र भारत में विकेंद्रीकरण (Decentralization) और सुशासन (Good Governance) के बीच अंतर्संबंध का गहन विश्लेषण प्रस्तुत करता है, विशेष रूप से पंचायती राज संस्थाओं (Panchayati R...
माछो माछो भ्यागुतो कथामा आञ्चलिकता
माछो माछो भ्यागुतो कथामा आञ्चलिकता
इस्मालीको ‘माछो माछो भ्यागुतो’कथालाई आञ्चलिकताका आधारमा विश्लेषण गरिएको छ । आञ्चलिक अध्ययनमा निश्चित स्थानविशेषका रीतिस्थिति, चालचलन, रहनसहन, संस्कार, संस्कृति आदि विविध पक्षहरूको ...
Gramin Adhiwas Ke Makan Nirman
Gramin Adhiwas Ke Makan Nirman
उस क्षेत्र के विकास को सुनिश्चित करने के लिए महत्वपूर्ण है। इसमें गाँव की सामाजिक, आर्थिक, और पर्यावरणिक सुधार की योजना होती है। सही योजना बनाने के लिए स्थानीय लोगों के साथ सहयोग क...
राजभण्डार महाराजथानः सांस्कृतिक अध्ययन {Cultural Study of Rajbhandar Maharajsthan}
राजभण्डार महाराजथानः सांस्कृतिक अध्ययन {Cultural Study of Rajbhandar Maharajsthan}
ग्रामथान गाउँका स्थानीय मिलेर सामूहिक रुपमा ग्रामीण देउदेउताको पूजाउपासना गर्ने उद्देश्यले निर्माण गरिएका देवस्थल हुन् । स्थानीय क्षेत्रमा असलर उदाहरणीय कार्य गरी ख्याति आर्जन गरेक...

