Javascript must be enabled to continue!
विदेह क्षेत्रको उत्खनन् सन्दर्भ भेनिस चार्टर
View through CrossRef
नेपालमा पुरातत्वको इतिहास सन् १८९६ मा खड््ग समशेर र ए Þफुहररले लुम्विनीमा अशोक स्तम्भ फेला पारेपछि शुरुवात भएको थियो । सन् १८९९ मा पी Þसी Þमुखर्जीले लुम्विनीमा उत्खनन गरी बुद्ध जन्मेको मूर्ति, बुद्ध जन्मेको स्थान तथा विभिन्न संरचनाको भग्नावशेष भएको पत्ता लगाए । पुरातत्वविद् तारानन्द मिश्र र बाबुकृष्ण रिजालले पनि लुम्विनीको उत्खननमा महत्त्वपूर्ण योगदान दिएका थिए । पुरातत्वविद् शुक्रसागर श्रेष्ठले सन् १९९९ देखि २००४ सम्म रामग्राम स्तुपाको उत्खनन गरेपछि पण्डितपुरको पहिलो उत्खनन गरी यसलाई कपिलवस्तुको तिलौराकोट समकालीन भनेका थिए । शुक्रसागर श्रेष्ठलाई पण्डितपुर पत्ता लगाउने श्रेय दिन सकिन्छ । पुरातात्विक क्षेत्रमा उत्खनन्को ज्यादै महत्त्वपूर्ण स्थान छ । हाँडिगाउँको उत्खननबाट काठमाडौं उपत्यका पहिलो शताब्दी इशा पूर्वको भन्ने थाहा भयो । मध्यकालको भनिएको काष्ठमण्डप सातौं शताब्दीको रहेछ भने काष्ठमण्डपको वस्ती बसेको इ.पू. पहिलो शताब्दी भन्ने तथ्य भूकम्पपछि यहाँ गरिएको उत्खनन्बाट पत्ता लाग्यो । त्यस्तै लुमिनी गाउँ इ.पू. १३ औं शताब्दीदेखि नै अस्तित्वमा भएको पाइन्छ । गोटीहवा र पिप्री उत्खनन्मा पनि ताम्र प्रस्तर संस्कृति नारहन संस्कृति प्रमाणित भएको छ । लुम्बिनीका शिलालेख इ.पू.तेस्रो शताब्दीको मात्र थियो तर उत्खनन्बाट लुमिनी गाउँ नेपालकै सर्वप्राचीन प्रमाणित गाउँ भन्ने थाहा हुन आएको छ । अहिलेको जनकपुरको प्राचीन नाम विदेह थियो । मिथिको शरीर मथेर राजा बनाइएकाले विदेह नाम भएको भनिन्छ । यो मिथिलाको नाममा पनि प्रसिद्ध छ । सिमरौनगढमा कर्णाटकवंशी न्यान्यदेवले सन् १०९७ मा राज्य स्थापना गरेका थिए ।
Title: विदेह क्षेत्रको उत्खनन् सन्दर्भ भेनिस चार्टर
Description:
नेपालमा पुरातत्वको इतिहास सन् १८९६ मा खड््ग समशेर र ए Þफुहररले लुम्विनीमा अशोक स्तम्भ फेला पारेपछि शुरुवात भएको थियो । सन् १८९९ मा पी Þसी Þमुखर्जीले लुम्विनीमा उत्खनन गरी बुद्ध जन्मेको मूर्ति, बुद्ध जन्मेको स्थान तथा विभिन्न संरचनाको भग्नावशेष भएको पत्ता लगाए । पुरातत्वविद् तारानन्द मिश्र र बाबुकृष्ण रिजालले पनि लुम्विनीको उत्खननमा महत्त्वपूर्ण योगदान दिएका थिए । पुरातत्वविद् शुक्रसागर श्रेष्ठले सन् १९९९ देखि २००४ सम्म रामग्राम स्तुपाको उत्खनन गरेपछि पण्डितपुरको पहिलो उत्खनन गरी यसलाई कपिलवस्तुको तिलौराकोट समकालीन भनेका थिए । शुक्रसागर श्रेष्ठलाई पण्डितपुर पत्ता लगाउने श्रेय दिन सकिन्छ । पुरातात्विक क्षेत्रमा उत्खनन्को ज्यादै महत्त्वपूर्ण स्थान छ । हाँडिगाउँको उत्खननबाट काठमाडौं उपत्यका पहिलो शताब्दी इशा पूर्वको भन्ने थाहा भयो । मध्यकालको भनिएको काष्ठमण्डप सातौं शताब्दीको रहेछ भने काष्ठमण्डपको वस्ती बसेको इ.
पू.
पहिलो शताब्दी भन्ने तथ्य भूकम्पपछि यहाँ गरिएको उत्खनन्बाट पत्ता लाग्यो । त्यस्तै लुमिनी गाउँ इ.
पू.
१३ औं शताब्दीदेखि नै अस्तित्वमा भएको पाइन्छ । गोटीहवा र पिप्री उत्खनन्मा पनि ताम्र प्रस्तर संस्कृति नारहन संस्कृति प्रमाणित भएको छ । लुम्बिनीका शिलालेख इ.
पू.
तेस्रो शताब्दीको मात्र थियो तर उत्खनन्बाट लुमिनी गाउँ नेपालकै सर्वप्राचीन प्रमाणित गाउँ भन्ने थाहा हुन आएको छ । अहिलेको जनकपुरको प्राचीन नाम विदेह थियो । मिथिको शरीर मथेर राजा बनाइएकाले विदेह नाम भएको भनिन्छ । यो मिथिलाको नाममा पनि प्रसिद्ध छ । सिमरौनगढमा कर्णाटकवंशी न्यान्यदेवले सन् १०९७ मा राज्य स्थापना गरेका थिए ।.
Related Results
नेपालको आर्थिक विकास होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६
नेपालको आर्थिक विकास होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६
सन् १९८८ देखि आधिकारिक रूपले प्रयोगमा आएको होमस्टेको पर्यटन आज विश्वका विभिन्न राष्ट्रहरूमा अनेकौ तरिकाबाट आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने महत्त्वपूर्ण अभियानका रूपमा सञ्चालन हु...
झल्को बालउपन्यासको पर्यावरणीय सन्दर्भ
झल्को बालउपन्यासको पर्यावरणीय सन्दर्भ
प्रस्तुत लेखमा ‘झल्को’ बालउपन्यासमा समावेश गरिएका पर्यावरणीय सन्दर्भको पहिचान गरी तिनको विश्लेषण गरिएको छ । गुणात्मक ढाँचामा लेखिएको यस आलेखमा निर्दिष्ट उपन्यासमा समाविष्ट पर्यावर...
राहुल–यशोधरा संवाद गीतिनाटकमा विरहका अवस्था {Rahul-Yashodhara dialogue situation in Gitinataka}
राहुल–यशोधरा संवाद गीतिनाटकमा विरहका अवस्था {Rahul-Yashodhara dialogue situation in Gitinataka}
प्रस्तुत लेखमा लालगोपाल सुवेदीको राहुल यशोधरा संवाद गीतिनाटकमा पाइने विरहका अवस्थाको विश्लेषण गरिएको छ । यसमा विवेच्य कृतिलाई आधारभूत सामग्रीका रूपमा र सैद्धान्तिक अध्ययनका लागि वि...
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक...
गेस्टापो उपन्यासमा अभिघात
गेस्टापो उपन्यासमा अभिघात
प्रस्तुत अध्ययन ‘गेस्टापो’ उपन्यासमा चित्रित मनोशारीरिक चोट अर्थात् अभिघातको विश्लेषणमा केन्द्रित छ । कृष्ण धरावासीको ‘गेस्टापो’ उपन्यासमा विश्वयुद्धको विभीषिका र त्यसबाट पीडित युर...
भारतीय नौका निर्माण कला
भारतीय नौका निर्माण कला
वैदिक काल में लोगो को समुद्र का ज्ञान था। ऋग्वेद के अनेक मन्त्रों में समुद्र एवं नौकाओं के सन्दर्भ मिलते हैं। ऋग्वेद के अनेक मन्त्रों में साधारण नौकाओं और सीता से चलने वाली वही नौक...
देवदह कन्यामाईको उत्खनन्
देवदह कन्यामाईको उत्खनन्
देवदह लुम्बिनीबाट ३५ किलोमिटर.उत्तर पूर्वमा पर्दछ । यो स्थान सिद्धार्थ गौतमको मामाघर अर्थात्उनकी आमा मायादेवी, उनलाई हुर्काउने प्रजापती गौतमी तथा पत्नी यशोधराको माइतीघर थियो । रोहि...
तंत्रवाद एवं मिथिला संस्कृति: एक समीक्षा
तंत्रवाद एवं मिथिला संस्कृति: एक समीक्षा
मिथिला बिहार राज्य प्रान्त का वह भू-भाग है जो गंगा नदी के उत्तर तथा भोजपुरी क्षेत्र के पूर्व में है तथा नेवारी नेपाल के दक्षिण में तथा बंगला प्रदेश के पश्चिम में है। इसका प्राचीन न...

