Javascript must be enabled to continue!
नेपालको आर्थिक विकास होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६
View through CrossRef
सन् १९८८ देखि आधिकारिक रूपले प्रयोगमा आएको होमस्टेको पर्यटन आज विश्वका विभिन्न राष्ट्रहरूमा अनेकौ तरिकाबाट आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने महत्त्वपूर्ण अभियानका रूपमा सञ्चालन हुँदै आएको छ । प्रत्येक राष्ट्रको पर्यटन क्षेत्रको एउटा नयां अभ्यासका रूपमा बदलिंदो विश्व पर्यटनसँगै होमस्टेको प्रयोग भएको छ । विकसित राष्ट्रहरूमा होमस्टेलाई एक महत्त्वपूर्ण लगानी र आयआर्जन गर्ने व्यापारका रूपमा उपयोग गरिएको छ भने विकासोन्मुख राष्ट्रहरूमा यसको प्रयोग उत्पादन र रोजगारीको विषयमा विशेष जोड दिइएको पाइन्छ । विकसित राष्ट्रहरू अमेरिका, युरोप, अस्ट्रेलिया, क्यानडा आदिले होमस्टेमा ठूलो लगानी गर्दै यसलाई उच्च आर्थिक आयको औजार तथा व्यापार र मनोरञ्जनका रूपमा लिएका छन् । उनीहरूले बाल्य वातावरणीय आकर्षणको अतिरिक्त आन्तरिक र भित्री सेवा सुविधामा विशेष जोड दिदै पर्यटकको पहिचान र उद्देश्य बुझेर सोही सेवा सुविधाहरू प्रदान गर्दै आएका छन्। उनीहरूले मनोरञ्जनको रूपमा खाने, बस्ने, अध्ययन गर्ने, खेल्ने, योगा गर्ने, क्षमताको विकास गर्ने, तालिम प्रदान गर्ने आदि सुविधाहरूमा पर्यटकहरूको ध्यान आकर्षित गर्दछन्। नेपालको आर्थिक तथा सामाजिक समुन्नति र विकासका लागि पर्यटन उद्योगसँग सम्बन्धित ग्रामीण विकासको प्राथमिकतायुक्त कार्यक्रमको जल्दोबल्दो रूपमा होमस्टेलाई लिन सकिन्छ । यो घरवास कार्यक्रमले ग्रामीण क्षेत्रको आर्थिक विकास, रोजगारीको सिर्जना, कला र संस्कृतिको संरक्षण, स्थानीय क्षेत्रको प्रचार–प्रसार गर्नुको साथै ग्रामीण पूर्वाधारको विकासमा महत्त्वपूर्ण सहयोग पुर्याउन सक्दछ । होमस्टे कार्यक्रमबाट ग्रामीण जनताको व्यवसायमा वृद्धि, सीपमूलक उत्पादन, सामूहिक एकता र चेतनाको अभिवृद्धि गराउदै यसबाट स्थानीय उत्पादकत्वलाई विशेष प्राथमिकता दिएर शैक्षिक परिवर्तन र सामाजिक उत्थानको अध्ययन अनुसन्धान गर्न सकिन्छ । नेपाल ग्रामीण क्षेत्रले भरिपूर्ण तथा प्राकृतिक तथा भौगोलिक सौन्दर्यता र हिमताजले सिंगारिएको देश भएकाले यहां होमस्टे कार्यक्रम सफलताका साथ सञ्चालन र विकास भएर देशको समग्र अर्थतन्त्रको उत्थानमा मद्धत पुग्न सक्ने आशा गर्न सकिन्छ ।
Nepal Journals Online (JOL)
Title: नेपालको आर्थिक विकास होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६
Description:
सन् १९८८ देखि आधिकारिक रूपले प्रयोगमा आएको होमस्टेको पर्यटन आज विश्वका विभिन्न राष्ट्रहरूमा अनेकौ तरिकाबाट आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने महत्त्वपूर्ण अभियानका रूपमा सञ्चालन हुँदै आएको छ । प्रत्येक राष्ट्रको पर्यटन क्षेत्रको एउटा नयां अभ्यासका रूपमा बदलिंदो विश्व पर्यटनसँगै होमस्टेको प्रयोग भएको छ । विकसित राष्ट्रहरूमा होमस्टेलाई एक महत्त्वपूर्ण लगानी र आयआर्जन गर्ने व्यापारका रूपमा उपयोग गरिएको छ भने विकासोन्मुख राष्ट्रहरूमा यसको प्रयोग उत्पादन र रोजगारीको विषयमा विशेष जोड दिइएको पाइन्छ । विकसित राष्ट्रहरू अमेरिका, युरोप, अस्ट्रेलिया, क्यानडा आदिले होमस्टेमा ठूलो लगानी गर्दै यसलाई उच्च आर्थिक आयको औजार तथा व्यापार र मनोरञ्जनका रूपमा लिएका छन् । उनीहरूले बाल्य वातावरणीय आकर्षणको अतिरिक्त आन्तरिक र भित्री सेवा सुविधामा विशेष जोड दिदै पर्यटकको पहिचान र उद्देश्य बुझेर सोही सेवा सुविधाहरू प्रदान गर्दै आएका छन्। उनीहरूले मनोरञ्जनको रूपमा खाने, बस्ने, अध्ययन गर्ने, खेल्ने, योगा गर्ने, क्षमताको विकास गर्ने, तालिम प्रदान गर्ने आदि सुविधाहरूमा पर्यटकहरूको ध्यान आकर्षित गर्दछन्। नेपालको आर्थिक तथा सामाजिक समुन्नति र विकासका लागि पर्यटन उद्योगसँग सम्बन्धित ग्रामीण विकासको प्राथमिकतायुक्त कार्यक्रमको जल्दोबल्दो रूपमा होमस्टेलाई लिन सकिन्छ । यो घरवास कार्यक्रमले ग्रामीण क्षेत्रको आर्थिक विकास, रोजगारीको सिर्जना, कला र संस्कृतिको संरक्षण, स्थानीय क्षेत्रको प्रचार–प्रसार गर्नुको साथै ग्रामीण पूर्वाधारको विकासमा महत्त्वपूर्ण सहयोग पुर्याउन सक्दछ । होमस्टे कार्यक्रमबाट ग्रामीण जनताको व्यवसायमा वृद्धि, सीपमूलक उत्पादन, सामूहिक एकता र चेतनाको अभिवृद्धि गराउदै यसबाट स्थानीय उत्पादकत्वलाई विशेष प्राथमिकता दिएर शैक्षिक परिवर्तन र सामाजिक उत्थानको अध्ययन अनुसन्धान गर्न सकिन्छ । नेपाल ग्रामीण क्षेत्रले भरिपूर्ण तथा प्राकृतिक तथा भौगोलिक सौन्दर्यता र हिमताजले सिंगारिएको देश भएकाले यहां होमस्टे कार्यक्रम सफलताका साथ सञ्चालन र विकास भएर देशको समग्र अर्थतन्त्रको उत्थानमा मद्धत पुग्न सक्ने आशा गर्न सकिन्छ ।.
Related Results
कृष्णा सोबती के उपन्यासों में चित्रित आर्थिक समस्याएँ
कृष्णा सोबती के उपन्यासों में चित्रित आर्थिक समस्याएँ
हिन्दी की सुविख्यात लेखिका कृष्णा सोबती जी ने अपने उपन्यासों में अधिकतर समाज के मध्यवर्ग को चित्रित किया है। जिसके अन्तर्गत उच्च मध्यवर्ग व मध्यवर्ग दोनों का ही समावेश है। मध्यवर्ग...
विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन {Financial Management in School Education}
विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन {Financial Management in School Education}
प्रस्तुत लेख ‘विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य विद्यालय शिक्षाको आर्थिक अवस्था पहिचान गरी देखिएका समस्या विश्लेषण गर्दै समाध...
पर्यावरणीय नैतिकता और महिला सशक्तिकरण: गाँधीवादी दृष्टिकोण से सतत् विकास का अध्ययन
पर्यावरणीय नैतिकता और महिला सशक्तिकरण: गाँधीवादी दृष्टिकोण से सतत् विकास का अध्ययन
वर्तमान युग में पर्यावरणीय संकट और लैंगिक असमानता विश्व समुदाय के समक्ष दो प्रमुख चुनौतियों के रूप में उपस्थित हैं। जलवायु परिवर्तन, प्राकृतिक संसाधनों का अंधाधुंध दोहन, जैव विविधत...
मुग़ल साम्राज्य का पतन
मुग़ल साम्राज्य का पतन
औरंगज़ेब की मृत्यु के बाद मुग़ल साम्राज्य का तेजी से पतन होने लगा था। मुग़ल दरबार सरदारों के बीच आपसी झगड़ों और षड़यंत्रों का अड्डा बन गया और शीघ्र ही महत्वाकांक्षी तथा प्रान्तीय श...
वेद र संस्कृतको सदा–सान्दर्भिकता
वेद र संस्कृतको सदा–सान्दर्भिकता
यस अध्ययनले नेपालमा आधुनिकीकरण, विश्वव्यापीकरण, शहरीकरण तथा सामाजिक–राजनीतिक परिवर्तनका कारण संस्कृत भाषा, वैदिक दर्शन र हिन्दू सांस्कृतिक परम्पराको वर्तमान अवस्थाको विश्लेषण गरेको...
चीत्कार कथामा सीमान्तीयता
चीत्कार कथामा सीमान्तीयता
प्रस्तुत लेख चीत्कार कथामा चित्रित वादी समुदायका महिलाहरूको सीमान्तीय अवस्थाको विश्लेषणमा केन्द्रित छ । सामाजिक यथार्थवादी तथा प्रगतिवादी कथाकार धु्रव सापकोटाद्वारा रचित यस कथाले आ...
लघुकथामा अन्त्य व्यवस्थापन
लघुकथामा अन्त्य व्यवस्थापन
यो आलेख लघुकथाको व्यवस्थापन पक्षसित सम्बन्धित छ । यसमा लघुकथाको आदि, मध्य र अन्त्य भागको व्यवस्थापन पक्षलाई केलाउँदै लघुकथामा अन्त्य व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा अध्ययन वि...
ग्रामीण युवाओं में डिजिटल साक्षरता और सामाजिक गतिशीलता के मध्य संबंध: एक मात्रात्मक अध्ययन।
ग्रामीण युवाओं में डिजिटल साक्षरता और सामाजिक गतिशीलता के मध्य संबंध: एक मात्रात्मक अध्ययन।
वर्तमान डिजिटल युग में सूचना एवं संचार प्रौद्योगिकी ने सामाजिक, शैक्षिक तथा आर्थिक जीवन के विभिन्न आयामों को व्यापक रूप से प्रभावित किया है। विशेष रूप से ग्रामीण क्षेत्रों में डिजि...

