Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

देवदह कन्यामाईको उत्खनन्

View through CrossRef
देवदह लुम्बिनीबाट ३५ किलोमिटर.उत्तर पूर्वमा पर्दछ । यो स्थान सिद्धार्थ गौतमको मामाघर अर्थात्उनकी आमा मायादेवी, उनलाई हुर्काउने प्रजापती गौतमी तथा पत्नी यशोधराको माइतीघर थियो । रोहिणी नदी शाक्यहरूको  राज्य कपिलबस्तुको पूर्वी सीमाना थियो भने कोलीय राज्यको पश्चिमी सीमाना थियो । देवदह कोलीय गणराज्यको  राजधानी थियो । बौद्ध धार्मिक ग्रन्थमा उल्लेख गरेअनुसार कोलीय राज्य कपिलवस्तु राज्यको पूर्वी सीमाना रोहिणी  नदीको तटमा अवस्थित थियो । प्रसिद्ध लुम्बिनी प्रदिमोक्ष उद्यान दुवै गणराज्यअन्तर्गत पर्दथ्यो । दुवै गणराज्य मगध र  कोशल बीचको व्यापार र वाणिज्यको केन्द्रका रुपमा पनि रहेको थियो । प्राचीन भारतस्थित उत्तरापथ राजमार्ग  कपिलवस्तु हुँदै देवदह भएर अन्य मल्ल गणराज्यसम्म विस्तारित भएको थियो । राम नामका जोगी जो बनारसका पूर्व  राजा थिए उनले राज्य छोडेर उपवास जीवन बिताइरहेका थिए । उनी आफ्नी श्रीमती र परिवारबाट तिरष्कृत थिए ।  उनले राजा ओक्काकको पाँच छोरीमध्ये जेठी प्रियासँग विवाह गरेका थिए । उनी पनि आफन्तबाट त्यागिएर जङ्गलमा बसेकी थिइन् । उनीहरूले जङ्गलको कोल वृक्षलाई फँडानी गरी बस्ती बसाएको हुनाले त्यस स्थानको नाम कोलीय हुन गएको थियो । यसका साथै उनका सन्तानलाई कोलीय वंश भन्ने गरिएको थियो । त्यस राज्यलाई कोलीयनगर, व्याघ्रपुर, देवदह, रामग्राम जस्ता विभिन्न नामहरूबाट पनि चिन्ने गरिन्थ्यो ।
Title: देवदह कन्यामाईको उत्खनन्
Description:
देवदह लुम्बिनीबाट ३५ किलोमिटर.
उत्तर पूर्वमा पर्दछ । यो स्थान सिद्धार्थ गौतमको मामाघर अर्थात्उनकी आमा मायादेवी, उनलाई हुर्काउने प्रजापती गौतमी तथा पत्नी यशोधराको माइतीघर थियो । रोहिणी नदी शाक्यहरूको  राज्य कपिलबस्तुको पूर्वी सीमाना थियो भने कोलीय राज्यको पश्चिमी सीमाना थियो । देवदह कोलीय गणराज्यको  राजधानी थियो । बौद्ध धार्मिक ग्रन्थमा उल्लेख गरेअनुसार कोलीय राज्य कपिलवस्तु राज्यको पूर्वी सीमाना रोहिणी  नदीको तटमा अवस्थित थियो । प्रसिद्ध लुम्बिनी प्रदिमोक्ष उद्यान दुवै गणराज्यअन्तर्गत पर्दथ्यो । दुवै गणराज्य मगध र  कोशल बीचको व्यापार र वाणिज्यको केन्द्रका रुपमा पनि रहेको थियो । प्राचीन भारतस्थित उत्तरापथ राजमार्ग  कपिलवस्तु हुँदै देवदह भएर अन्य मल्ल गणराज्यसम्म विस्तारित भएको थियो । राम नामका जोगी जो बनारसका पूर्व  राजा थिए उनले राज्य छोडेर उपवास जीवन बिताइरहेका थिए । उनी आफ्नी श्रीमती र परिवारबाट तिरष्कृत थिए ।  उनले राजा ओक्काकको पाँच छोरीमध्ये जेठी प्रियासँग विवाह गरेका थिए । उनी पनि आफन्तबाट त्यागिएर जङ्गलमा बसेकी थिइन् । उनीहरूले जङ्गलको कोल वृक्षलाई फँडानी गरी बस्ती बसाएको हुनाले त्यस स्थानको नाम कोलीय हुन गएको थियो । यसका साथै उनका सन्तानलाई कोलीय वंश भन्ने गरिएको थियो । त्यस राज्यलाई कोलीयनगर, व्याघ्रपुर, देवदह, रामग्राम जस्ता विभिन्न नामहरूबाट पनि चिन्ने गरिन्थ्यो ।.

Related Results

विदेह क्षेत्रको उत्खनन् सन्दर्भ भेनिस चार्टर
विदेह क्षेत्रको उत्खनन् सन्दर्भ भेनिस चार्टर
नेपालमा पुरातत्वको इतिहास सन् १८९६ मा खड््ग समशेर र ए Þफुहररले लुम्विनीमा अशोक स्तम्भ फेला पारेपछि शुरुवात भएको थियो । सन् १८९९ मा पी Þसी Þमुखर्जीले लुम्विनीमा उत्खनन गरी बुद्ध जन्...

Back to Top