Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नेपाली विषयमा सिकाइ उपलब्धि कम हुनुका कारणहरूको अध्ययन

View through CrossRef
प्रस्तुत लेख भाषा शिक्षणको प्रयोजनसँग सम्बन्धित रहेको छ । यस लेखमा मिश्रित (गुणात्मक तथा परिमाणात्मक ढाँचा र वर्णनात्मक विधिअन्तर्गत रही क्षेत्रीय अध्ययन विधिको अवलम्बन गरेर नतिजा तयार पारिएको छ । यो अध्ययन बनेपा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका माध्यमिक तहमा अध्यापनरत १० शिक्षक र अध्ययनरत १० विद्यार्थीमा सीमित रही शैक्षणिक गतिविधिमा केन्द्रित रहेको छ । नमुनाका रूपमा लिइएका शिक्षक र विद्यार्थीहरूबाट प्रश्नावलीका माध्यमद्वारा तथ्यााङ्क सङ्कलन गरी नेपाली विषयमा सिकाइ उपलब्धि कम हुनुका कारणहरू पहिचान र विश्लेषण गरी निष्कर्ष निकालिएको छ । प्राप्त तथ्याङ्कका आधारमा नेपाली विषयको सिकाइ उपलब्धिमा प्रभाव पार्ने प्रमुख कारकमा विद्यार्थीको रुचि रहेको पाइएको छ किनकि रुचि विना गरिएको काम फलदायी हुँदैन । शिक्षकले जतिसुकै उपयुक्त तथा प्रभावकारी तरिका अपनाएर शिक्षण गरे तापनि विद्यार्थीले भाषिक ज्ञानलाई ग्रहण गर्ने इच्छा नराख्दा शिक्षकको मिहेनत बालुवामा पानी खन्याएझँै हुन पुग्छ । त्यस्तै नियमित गृहकार्य गरे तापनि गृहकार्यको स्रोत साथी वा गुगल अथवा कुनै सामाजिक सञ्जाल बनाइनु, शिक्षकले पनि नियमित रूपमा योजना निर्माण गरेर विद्यार्थीका इच्छा र आवश्यकता अनुरूप शिक्षण नगर्नु, नेपाली विषयको कापी परीक्षण गर्दा राम्रो र सही उत्तर लेखेमा पनि शतप्रतिशत अङ्क दिने चलन नहुनु, नम्बर दिनुपर्छ भन्नेहरू पनि स्पष्टीकरणको झमेलामा पर्न नचाहनु, भविष्यमा कम प्रयोग हुने विषय ठानी अभिभावक, प्रसासक अनि विद्यार्थीले पनि अन्य विषयका तुलनामा नेपाली विषयलाई कम महत्त्व दिनु यी विभिन्न कारणहरू पाइएका छन् । यस अध्ययनबाट प्राप्त नतिजा नेपाली भाषा अध्येता, शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय प्रसासक लगायत शिक्षा क्षेत्रमा आबद्ध नेपाली भाषाप्रेमी सम्पूर्ण व्यक्तित्त्वहरूका लागि उपयोगी हुने अपेक्षा राखिएको छ । 
Nepal Journals Online (JOL)
Title: नेपाली विषयमा सिकाइ उपलब्धि कम हुनुका कारणहरूको अध्ययन
Description:
प्रस्तुत लेख भाषा शिक्षणको प्रयोजनसँग सम्बन्धित रहेको छ । यस लेखमा मिश्रित (गुणात्मक तथा परिमाणात्मक ढाँचा र वर्णनात्मक विधिअन्तर्गत रही क्षेत्रीय अध्ययन विधिको अवलम्बन गरेर नतिजा तयार पारिएको छ । यो अध्ययन बनेपा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका माध्यमिक तहमा अध्यापनरत १० शिक्षक र अध्ययनरत १० विद्यार्थीमा सीमित रही शैक्षणिक गतिविधिमा केन्द्रित रहेको छ । नमुनाका रूपमा लिइएका शिक्षक र विद्यार्थीहरूबाट प्रश्नावलीका माध्यमद्वारा तथ्यााङ्क सङ्कलन गरी नेपाली विषयमा सिकाइ उपलब्धि कम हुनुका कारणहरू पहिचान र विश्लेषण गरी निष्कर्ष निकालिएको छ । प्राप्त तथ्याङ्कका आधारमा नेपाली विषयको सिकाइ उपलब्धिमा प्रभाव पार्ने प्रमुख कारकमा विद्यार्थीको रुचि रहेको पाइएको छ किनकि रुचि विना गरिएको काम फलदायी हुँदैन । शिक्षकले जतिसुकै उपयुक्त तथा प्रभावकारी तरिका अपनाएर शिक्षण गरे तापनि विद्यार्थीले भाषिक ज्ञानलाई ग्रहण गर्ने इच्छा नराख्दा शिक्षकको मिहेनत बालुवामा पानी खन्याएझँै हुन पुग्छ । त्यस्तै नियमित गृहकार्य गरे तापनि गृहकार्यको स्रोत साथी वा गुगल अथवा कुनै सामाजिक सञ्जाल बनाइनु, शिक्षकले पनि नियमित रूपमा योजना निर्माण गरेर विद्यार्थीका इच्छा र आवश्यकता अनुरूप शिक्षण नगर्नु, नेपाली विषयको कापी परीक्षण गर्दा राम्रो र सही उत्तर लेखेमा पनि शतप्रतिशत अङ्क दिने चलन नहुनु, नम्बर दिनुपर्छ भन्नेहरू पनि स्पष्टीकरणको झमेलामा पर्न नचाहनु, भविष्यमा कम प्रयोग हुने विषय ठानी अभिभावक, प्रसासक अनि विद्यार्थीले पनि अन्य विषयका तुलनामा नेपाली विषयलाई कम महत्त्व दिनु यी विभिन्न कारणहरू पाइएका छन् । यस अध्ययनबाट प्राप्त नतिजा नेपाली भाषा अध्येता, शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय प्रसासक लगायत शिक्षा क्षेत्रमा आबद्ध नेपाली भाषाप्रेमी सम्पूर्ण व्यक्तित्त्वहरूका लागि उपयोगी हुने अपेक्षा राखिएको छ । .

Related Results

नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
अभिभावक शैली एवं शैक्षिक उपलब्धि: एक विश्लेषणात्मक अध्ययन
अभिभावक शैली एवं शैक्षिक उपलब्धि: एक विश्लेषणात्मक अध्ययन
वर्तमान अध्ययन का उद्देश्य उच्च माध्यमिक स्तर के विद्यार्थियों की शैक्षिक उपलब्धि पर अभिभावक शैली (Parenting Style) के प्रभाव का विश्लेषण करना है। अध्ययन में पाया गया कि परिपक्वताव...
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गर...
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
प्रस्तुत लेख कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू नेपाली भाषाको औपचारिक सिकाइप्रति के कस्ता कारणले कसरी अभिप्रेरित हुन्छन् भन्ने उपायको खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । प्रस्त...
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य ...

Back to Top