Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

उत्तरवर्ती नेपाली कवितामा विधाविनिर्माण : प्रायोगिक संश्लेषणपत्रको प्रारूप

View through CrossRef
प्रस्तुत लेखमा उत्तरवर्ती नेपाली कवितामा विधाविनिर्माणसँग सम्बन्धित संश्लेषणअन्तर्गत प्रयोगिक संश्लेषणपत्रको रूपरेखा तथा लेखनपद्धतिका विषयमा विवेचना गरिएको छ । यस लेखका लागि सामग्रीको सङ्कलन पुस्तकालयबाट गरिएको छ भने यसमा द्वितीयक स्रोतका सामग्रीको उपयोग गरिएको छ । यस लेखमा विधिाविनिर्माणका प्रारूपका विषयमा गरिएका पूर्वाध्ययनको समीक्षा गरी अध्ययनका लागि रिक्तताको पहिचान गर्ने आधार र अवधारणासम्बन्धी पक्षलाई विनिर्माण, अन्तर्घुलन, विधाप्रत्ययन र विधामिश्रणजस्ता विषयमा वर्गीकरण गरी अध्ययन गरिने भएकाले यो विषयवस्तु विश्लेषणकेन्द्री अध्ययन हो । यस लेखलाई निष्कर्षणका लागि गुणात्मक अनुसन्धान पद्धतिको उपयोग गरिएको छ । नेपाली साहित्यमा विधाविनिर्माणसम्बन्धी अध्ययन उत्तरआधुनिकताको प्रवृत्तिका रूपमा विनिर्माण स्थापित रहेको पक्षमा केन्द्रीकृत अवधारणा प्रस्तुत गरिएका छन् । साहित्यिक विधाविनिर्माणको प्रवृत्ति उत्तरआधुनिक नभई यो विनिर्माणको सिद्धान्तसापेक्ष नै प्रतिपाद्य रहने विषय रहेकाले नेपाली कविताको उत्तरवर्ती चरणमा मूल प्रवृत्तिका रूपमा स्थापित विधाविनिर्माणका विषयमा गरिएका पूर्वअध्ययनको विश्लेषण गरी यस विषयमा शोधरिक्तताको पहिचानसँग सम्बन्धित विषयको औचित्यको संश्लेषणका सम्बन्धमा यस लेखमा विमर्श गरिएको छ ।
Title: उत्तरवर्ती नेपाली कवितामा विधाविनिर्माण : प्रायोगिक संश्लेषणपत्रको प्रारूप
Description:
प्रस्तुत लेखमा उत्तरवर्ती नेपाली कवितामा विधाविनिर्माणसँग सम्बन्धित संश्लेषणअन्तर्गत प्रयोगिक संश्लेषणपत्रको रूपरेखा तथा लेखनपद्धतिका विषयमा विवेचना गरिएको छ । यस लेखका लागि सामग्रीको सङ्कलन पुस्तकालयबाट गरिएको छ भने यसमा द्वितीयक स्रोतका सामग्रीको उपयोग गरिएको छ । यस लेखमा विधिाविनिर्माणका प्रारूपका विषयमा गरिएका पूर्वाध्ययनको समीक्षा गरी अध्ययनका लागि रिक्तताको पहिचान गर्ने आधार र अवधारणासम्बन्धी पक्षलाई विनिर्माण, अन्तर्घुलन, विधाप्रत्ययन र विधामिश्रणजस्ता विषयमा वर्गीकरण गरी अध्ययन गरिने भएकाले यो विषयवस्तु विश्लेषणकेन्द्री अध्ययन हो । यस लेखलाई निष्कर्षणका लागि गुणात्मक अनुसन्धान पद्धतिको उपयोग गरिएको छ । नेपाली साहित्यमा विधाविनिर्माणसम्बन्धी अध्ययन उत्तरआधुनिकताको प्रवृत्तिका रूपमा विनिर्माण स्थापित रहेको पक्षमा केन्द्रीकृत अवधारणा प्रस्तुत गरिएका छन् । साहित्यिक विधाविनिर्माणको प्रवृत्ति उत्तरआधुनिक नभई यो विनिर्माणको सिद्धान्तसापेक्ष नै प्रतिपाद्य रहने विषय रहेकाले नेपाली कविताको उत्तरवर्ती चरणमा मूल प्रवृत्तिका रूपमा स्थापित विधाविनिर्माणका विषयमा गरिएका पूर्वअध्ययनको विश्लेषण गरी यस विषयमा शोधरिक्तताको पहिचानसँग सम्बन्धित विषयको औचित्यको संश्लेषणका सम्बन्धमा यस लेखमा विमर्श गरिएको छ ।.

Related Results

उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य ...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
नेपाली साहित्यमा चालिसको दशकपछि प्रवृत्तिगत विविधता देखिएको छ । विश्वपरिवेश तथा नेपाली राजनीतिक परिवेशमा देखिएका परिवर्तनको प्रभावस्वरूप साहित्यमा पनि नवीन चिन्तनहरू देखा परेका छन्...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...

Back to Top