Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नग्न स्वप्न लघुकथासङ्ग्रहको संरचनात्मक स्वरूप

View through CrossRef
प्रस्तुत लेखमा लघुकथाका संरचनात्मक तŒवहरूका आधारमा लघुकथाकार कृष्ण बजगाईँको ‘नग्न स्वप्न’ लघुकथासङ्ग्रहको संरचनात्मक विश्लेषण गरिएको छ । ‘नग्न स्वप्न’ लघुकथासङ्ग्रहमा लघुकथात्मक तŒवहरूको संरचना कसरी निर्माण गरिएको छ भन्ने प्रश्नमा केन्द्रित भई गरिएको यस अध्ययनका लागि पुस्तकालीय विधि अपनाइएको  छ । छोटा र सजिला शीर्षकभित्र सामाजिक विकृति र विसङ्गतिका घटना समेटतै विकासका गतिमा तीव्र रूपले अघि बढेको नेपाली समाज र भ्रष्ट राजनीतिज्ञको उपज विकृत भएको राजनीतिक व्यवस्था प्रति तीब्र व्यङयग्यको सुइरो तिखारिएको पाइन्छ । उत्तर आधुनिकतावादी जीवनदर्शनमा रचना भएका ती लघुकथाहरूमा आवद्ध प्रेम, विवाह र सम्बन्धको बिथोलो, अनैतिकताका अनेक सामाजिक र राजनीतिक पाटाहरू, विदेशी नेपालीका व्यथा, अस्वस्थ मानसिक अवस्थाका व्यक्तिसँग सम्बन्धित घटना, भाइरल हुने रहरमा हुने गरेका नकामहरू तथा नारा र वादको अत्याधुनिक विकृतिपूर्ण घटना आएका छन । मानसिक रूपमा पूर्ण अस्वस्थ पात्र, विकृत राजनीतिज्ञ, आफ्नै अधीनमा पनि रहन नसक्ने समाजका नारी पुरुष, सिद्धान्तमा अडिग हुन खोज्दा सम्हालिनु पर्ने स्थानमा नसम्हालिएका र फुस्रा आदर्शमा अडेका पात्रहरूका साथै जनावर अनि भावनात्मक शब्दहरूलाई समेत पात्र रूपमा चित्रात्मक शैलीमा उभ्याएको ‘नग्न स्वप्न’का लघुकथा व्यञ्जनापूर्ण अभिव्यक्तिले पूर्ण छन । रेखीय ढाँचामा संरचित कथानकका मूल र अन्त्य दुईवटा भागमा संरचित ‘नग्न स्वप्न’का लघुकथाहरू उत्कृष्ट देखिन्छन । 
Title: नग्न स्वप्न लघुकथासङ्ग्रहको संरचनात्मक स्वरूप
Description:
प्रस्तुत लेखमा लघुकथाका संरचनात्मक तŒवहरूका आधारमा लघुकथाकार कृष्ण बजगाईँको ‘नग्न स्वप्न’ लघुकथासङ्ग्रहको संरचनात्मक विश्लेषण गरिएको छ । ‘नग्न स्वप्न’ लघुकथासङ्ग्रहमा लघुकथात्मक तŒवहरूको संरचना कसरी निर्माण गरिएको छ भन्ने प्रश्नमा केन्द्रित भई गरिएको यस अध्ययनका लागि पुस्तकालीय विधि अपनाइएको  छ । छोटा र सजिला शीर्षकभित्र सामाजिक विकृति र विसङ्गतिका घटना समेटतै विकासका गतिमा तीव्र रूपले अघि बढेको नेपाली समाज र भ्रष्ट राजनीतिज्ञको उपज विकृत भएको राजनीतिक व्यवस्था प्रति तीब्र व्यङयग्यको सुइरो तिखारिएको पाइन्छ । उत्तर आधुनिकतावादी जीवनदर्शनमा रचना भएका ती लघुकथाहरूमा आवद्ध प्रेम, विवाह र सम्बन्धको बिथोलो, अनैतिकताका अनेक सामाजिक र राजनीतिक पाटाहरू, विदेशी नेपालीका व्यथा, अस्वस्थ मानसिक अवस्थाका व्यक्तिसँग सम्बन्धित घटना, भाइरल हुने रहरमा हुने गरेका नकामहरू तथा नारा र वादको अत्याधुनिक विकृतिपूर्ण घटना आएका छन । मानसिक रूपमा पूर्ण अस्वस्थ पात्र, विकृत राजनीतिज्ञ, आफ्नै अधीनमा पनि रहन नसक्ने समाजका नारी पुरुष, सिद्धान्तमा अडिग हुन खोज्दा सम्हालिनु पर्ने स्थानमा नसम्हालिएका र फुस्रा आदर्शमा अडेका पात्रहरूका साथै जनावर अनि भावनात्मक शब्दहरूलाई समेत पात्र रूपमा चित्रात्मक शैलीमा उभ्याएको ‘नग्न स्वप्न’का लघुकथा व्यञ्जनापूर्ण अभिव्यक्तिले पूर्ण छन । रेखीय ढाँचामा संरचित कथानकका मूल र अन्त्य दुईवटा भागमा संरचित ‘नग्न स्वप्न’का लघुकथाहरू उत्कृष्ट देखिन्छन । .

Related Results

भेट कविताको संरचनात्मक विश्लेषण
भेट कविताको संरचनात्मक विश्लेषण
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्ट...
ऋग्वेदमा नारीको दैवीभूमिका
ऋग्वेदमा नारीको दैवीभूमिका
ऋग्वेद संस्कृत वाङ्मयको सर्वप्राचीन ग्रन्थ हो । यसमा विभिन्न देवतथा देवीहरूको विषयमा केन्द्रित भएकासूक्तहरू छन् । यसमा नारीलाई दैवी अर्थात् (ईश्वरीय) भूमिकामा प्रस्तुत गरी नारीलाई ...
ग्यास च्याम्बरको मृत्यु कथामा सांस्कृतिक प्रभुत्व
ग्यास च्याम्बरको मृत्यु कथामा सांस्कृतिक प्रभुत्व
आर्जित शक्तिका पृष्ठभूमिमा रही हिटलरले विकास गरेको दमनकारी चरित्रलाई ग्यास च्याम्बरको मृत्यु कथामा अभिव्यक्त गरिएको छ । यहुदीविनाशका नाममा हिटलरले कायम गरेको जातीय प्रभुत्व यस कथाक...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
‘टुहुराका दिन फर्किन्छन्’ लोककथाको संरचनात्मक अध्ययन
‘टुहुराका दिन फर्किन्छन्’ लोककथाको संरचनात्मक अध्ययन
प्रस्तुत अध्ययनमा ‘टुहुराका दिन फर्किन्छन्’  लोककथाको संरचनात्मक विश्लेषण गर्ने प्रयास गरिएको  छ । यहाँ  टुहुराका दिन फर्किन्छन्’ लोककथाको कथानक, सहभागी, परिवेश, उद्देश्य र भाषाशैल...
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गर...
मानवतावादी जीवनदृष्टि: आधुनिक परिप्रेक्ष्य में
मानवतावादी जीवनदृष्टि: आधुनिक परिप्रेक्ष्य में
मानवतावादी जीवनदृष्टि में व्यष्टिगत् और समष्टिगत जीवन विकास के आदर्श निहित हैं। यह मनुष्य जीवन को इस धरती पर अति विशिष्ट जीवन के रूप में स्वीकारती है एवं मानव, प्रकृति और परमात्मा ...
सङ्कथनका स्वरूप
सङ्कथनका स्वरूप
प्रस्तुत लेख सङ्कथनका मूलभूत स्वरूपहरूको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । यस लेखको अध्ययन क्षेत्रका रूपमा सङ्कथन रहेको छ भने समस्याका रूपमा यसका स्वरूप रहेका छन् । कुनैप...

Back to Top