Javascript must be enabled to continue!
‘टुहुराका दिन फर्किन्छन्’ लोककथाको संरचनात्मक अध्ययन
View through CrossRef
प्रस्तुत अध्ययनमा ‘टुहुराका दिन फर्किन्छन्’ लोककथाको संरचनात्मक विश्लेषण गर्ने प्रयास गरिएको छ । यहाँ टुहुराका दिन फर्किन्छन्’ लोककथाको कथानक, सहभागी, परिवेश, उद्देश्य र भाषाशैलीगत आधारबाट विश्लेषण गरिएको छ । संरचनात्मक घटकहरूको योगबाट बन्ने पूर्ण कृति हो कथा । यसमा पूर्णता, परिवर्तनशीलता र स्वनिष्ठताजस्ता गुण हुन्छन् । यस लोककथाको कथानकविन्यास क्रमिक वा रैखिक ढाँचामा संरचित छ । कथानकको आदि, मध्य र अन्त्यको शृङ्खला मिलेको छ । लोककथामा उपस्थित सहभागीहरूका कार्यव्यापारले लोककथालाई जीवन्त र मौलिक बनाएका छन् । लोककथाको भाषाशैली सरल, सहज र सुबोध्य छ । लोककथाका संरचक घटकहरू कथानक, सहभागी, परिवेश, उद्देश्य र भाषाशैलीय विन्यासका दृष्टिले लोककथा अब्बल, सरल र श्रुतिमधुर छन् । ‘टुहुराका दिन फर्किन्छन्’ लोककथाले दिक्तेल–रूपाकोट–मझुवागढी क्षेत्रमा बसोबास गर्ने समुदायको दिनचर्या, जीविकोपार्जनको तरिका, उनीहरूले भोग्नुपरेका समस्या र पीडालाई यथार्थ रूपमा प्रस्तुत गरेको छ । ग्रामीण जीवनका आरोहअवरोह, जीवन भोगाइका उतारचढाव र दुःखपछि आउने सुखको क्षणलाई देखाएर धैर्यसाथ कर्म गर्न उत्प्रेरणा दिएका छन् । यस लोककथाले सत्मार्गमा हिँड्ने, सत्कर्म गरे भाग्यले साथ दिन्छ भन्ने सन्देश दिएको छ ।
Title: ‘टुहुराका दिन फर्किन्छन्’ लोककथाको संरचनात्मक अध्ययन
Description:
प्रस्तुत अध्ययनमा ‘टुहुराका दिन फर्किन्छन्’ लोककथाको संरचनात्मक विश्लेषण गर्ने प्रयास गरिएको छ । यहाँ टुहुराका दिन फर्किन्छन्’ लोककथाको कथानक, सहभागी, परिवेश, उद्देश्य र भाषाशैलीगत आधारबाट विश्लेषण गरिएको छ । संरचनात्मक घटकहरूको योगबाट बन्ने पूर्ण कृति हो कथा । यसमा पूर्णता, परिवर्तनशीलता र स्वनिष्ठताजस्ता गुण हुन्छन् । यस लोककथाको कथानकविन्यास क्रमिक वा रैखिक ढाँचामा संरचित छ । कथानकको आदि, मध्य र अन्त्यको शृङ्खला मिलेको छ । लोककथामा उपस्थित सहभागीहरूका कार्यव्यापारले लोककथालाई जीवन्त र मौलिक बनाएका छन् । लोककथाको भाषाशैली सरल, सहज र सुबोध्य छ । लोककथाका संरचक घटकहरू कथानक, सहभागी, परिवेश, उद्देश्य र भाषाशैलीय विन्यासका दृष्टिले लोककथा अब्बल, सरल र श्रुतिमधुर छन् । ‘टुहुराका दिन फर्किन्छन्’ लोककथाले दिक्तेल–रूपाकोट–मझुवागढी क्षेत्रमा बसोबास गर्ने समुदायको दिनचर्या, जीविकोपार्जनको तरिका, उनीहरूले भोग्नुपरेका समस्या र पीडालाई यथार्थ रूपमा प्रस्तुत गरेको छ । ग्रामीण जीवनका आरोहअवरोह, जीवन भोगाइका उतारचढाव र दुःखपछि आउने सुखको क्षणलाई देखाएर धैर्यसाथ कर्म गर्न उत्प्रेरणा दिएका छन् । यस लोककथाले सत्मार्गमा हिँड्ने, सत्कर्म गरे भाग्यले साथ दिन्छ भन्ने सन्देश दिएको छ ।.
Related Results
भेट कविताको संरचनात्मक विश्लेषण
भेट कविताको संरचनात्मक विश्लेषण
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्ट...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
तीजपर्वको सांस्कृतिक तथा सामाजिक पक्ष {Teej Festival: Cultural and Social Aspects}
तीजपर्वको सांस्कृतिक तथा सामाजिक पक्ष {Teej Festival: Cultural and Social Aspects}
तीज नेपालभरी मनाउने हिन्दू नेपाली महिलाहरुको सबैभन्दा ठूलो चाड हो । योपर्व भाद्रशुक्ल द्वितीयादेखि शुरु भई पञ्चमीसम्म मनाइन्छ । तीजको पहिलो दिन दरिलो खाद्य परिकारहरु अर्थात् ‘दर’ ख...
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य ...
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
चन्द्रवदन कथाको पाठपरक विश्लेषण शीर्षकको यस लेखमा समाख्यानात्मक पाठको विधागत सङ्गठनका साथै संसक्ति र संयुक्तिका आधारमा पाठको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको ...
पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
प्रस्तुत लेख विजय मल्लको पहाड चिच्याइरहेछ नाट्यकृतिको अभिनेय गुणवैशिष्ट्य निरूपणमा केन्द्रित छ । नाटक मूलतः रङ्गमञ्चमा दर्शकअगाडि अभिनय कलामा रूपायन गरी प्रस्तुत गर्न रचना गरिन्छ ।...
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण ग...
नग्न स्वप्न लघुकथासङ्ग्रहको संरचनात्मक स्वरूप
नग्न स्वप्न लघुकथासङ्ग्रहको संरचनात्मक स्वरूप
प्रस्तुत लेखमा लघुकथाका संरचनात्मक तŒवहरूका आधारमा लघुकथाकार कृष्ण बजगाईँको ‘नग्न स्वप्न’ लघुकथासङ्ग्रहको संरचनात्मक विश्लेषण गरिएको छ । ‘नग्न स्वप्न’ लघुकथासङ्ग्रहमा लघुकथात्मक तŒ...

