Javascript must be enabled to continue!
च्याउको जङ्गल कवितामा परिवेश
View through CrossRef
यस लेखमा कवि विप्लव ढकालको ‘च्याउको जङ्गल’ कवितालाई पाठका रूपमा लिई त्यसमा अभिव्यक्त परिवेशको अध्ययन र विश्लेषण गरिएको छ । प्रस्तुत कविताले २०६२/६३ सालको जनयुद्धको परिवेशलाई समेटेको छ । नेपालको सुमेरु पर्वत, पर्खाल, मरुभूमि, समुन्द्र, आकाश जस्ता स्थानिक सन्दर्भ र ती स्थानका विविध कार्याव्यापारले कविताको स्थानिक परिवेश सिर्जना भएको छ । जनयुद्धमा सर्वसाधारण नागरिकले भोग्नुपरेको दुस्ख, कष्ट, पिडा, युद्धमा गरेको सङ्घर्ष, व्यक्तिगत स्वतन्त्र विचार तथा भोगाइका विविध घटनाक्रमहरूले कविताको कालिक परिवेशको सिर्जना भएको छ भने जनआन्दोलनले निम्ताएको युद्ध र त्यसको परिणामले वातावरणीय परिवेशको सिर्जना भएको छ । परिवेश कविता निर्माणका लागि चाहिने आवश्यक तत्व हो । यसले कविताको समय, ठाउँ र वातावरणको स्पष्टता तथा निश्चितता प्रदान गर्छ । २०६२/६३ सालको जनयुद्धले ल्याएको राजनैतिक परिवर्तन र जनयुद्धबाट आक्रान्त नेपाली जनजीवनको विषय उठानमा परिवेशले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसमा एकातिर कृतिमा व्यक्त देश, काल र वातावरणको अध्ययन गरिएको छ भने अर्कोतिर यसले कृतिमा व्यक्त परिवेशको अध्ययन, घटनाले सिर्जित परिस्थिति तथा कथानकले ल्याएको परिस्थितिलाई के कसरी उठान गरिएको छ ? भन्ने जस्ता कुराहरूको परिवेशीय साहित्यिक प्रतिबिम्बनको अध्ययन गरिएको छ । त्यसैगरी विसङ्गतिपूर्ण कम्युनिस्ट कमजोर विचारधारा र त्यसले निम्त्याएको परिणामलाई एक पाटोबाट देखाइएको छ भने अर्को पाटोमा आम सर्वसाधारण नागरिकको स्वतन्त्रता र उनीहरूको विचारलाई यस कवितामा मुख्य रूपमा उल्लेखित गरिएको छ । ‘च्याउको जङ्गल’ कवितामा के कस्ता परिवेश आएका छन् र तिनको प्रयोग कसरी गरिएको छ ? कवितामा व्यक्त परिवेशले के कस्तो किसिमको सन्देश दिन खोजेको छ ? भन्ने कुराको खोजी गर्नु नै यस लेखको मुख्य उद्देश्य हो । यसमा परिवेशको आधारभूत सिद्धान्तलाई कविता विश्लेषणको महत्वपूर्ण र केन्द्रीय सिद्धान्तका रूपमा प्रयोग गर्दै मूलतः साहित्य, समाज व्यवस्था र राजनीतिक संस्कृतिबिचको सम्बन्धलाई कालिक परिवेश, स्थानिक परिवेश र वातावरणीय परिवेशका माध्यमबाट स्पष्ट रूपमा कविताको अध्ययन तथा विश्लेषण गरिएको छ । परिवेश सिद्धान्त कवितामा के कसरी प्रतिबिम्बित भएको छ ? भन्ने प्राज्ञिक जिज्ञासा नै प्रस्तुत शोधको मूल समस्या हो । यही समस्या समाधानको निम्ति शोधविधि अन्तर्गत सामाग्री सङ्कलन विधि र सैद्धान्तिक पर्याधार र अध्ययन विश्लेषण विधिलाई लिइएको छ । कवितामा अभिव्यक्त परिवेशको खोजीले नेपाली कविता अध्ययनको क्षेत्रमा कविताको परिवेशको खोजी गर्न चाहने जो कोहीलाई थप सहयोग र योग्दान पुर्याउनुका साथै उपयुक्त परिवेशको बारेमा जानकारी दिन्छ । अन्त्यमा परिवेश सिद्धान्तका आधारमा यो कविता सफल, प्रभावकारी र सौन्दर्यपूर्ण नै छ भन्ने निष्कर्ष निकालिएको छ ।
Title: च्याउको जङ्गल कवितामा परिवेश
Description:
यस लेखमा कवि विप्लव ढकालको ‘च्याउको जङ्गल’ कवितालाई पाठका रूपमा लिई त्यसमा अभिव्यक्त परिवेशको अध्ययन र विश्लेषण गरिएको छ । प्रस्तुत कविताले २०६२/६३ सालको जनयुद्धको परिवेशलाई समेटेको छ । नेपालको सुमेरु पर्वत, पर्खाल, मरुभूमि, समुन्द्र, आकाश जस्ता स्थानिक सन्दर्भ र ती स्थानका विविध कार्याव्यापारले कविताको स्थानिक परिवेश सिर्जना भएको छ । जनयुद्धमा सर्वसाधारण नागरिकले भोग्नुपरेको दुस्ख, कष्ट, पिडा, युद्धमा गरेको सङ्घर्ष, व्यक्तिगत स्वतन्त्र विचार तथा भोगाइका विविध घटनाक्रमहरूले कविताको कालिक परिवेशको सिर्जना भएको छ भने जनआन्दोलनले निम्ताएको युद्ध र त्यसको परिणामले वातावरणीय परिवेशको सिर्जना भएको छ । परिवेश कविता निर्माणका लागि चाहिने आवश्यक तत्व हो । यसले कविताको समय, ठाउँ र वातावरणको स्पष्टता तथा निश्चितता प्रदान गर्छ । २०६२/६३ सालको जनयुद्धले ल्याएको राजनैतिक परिवर्तन र जनयुद्धबाट आक्रान्त नेपाली जनजीवनको विषय उठानमा परिवेशले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसमा एकातिर कृतिमा व्यक्त देश, काल र वातावरणको अध्ययन गरिएको छ भने अर्कोतिर यसले कृतिमा व्यक्त परिवेशको अध्ययन, घटनाले सिर्जित परिस्थिति तथा कथानकले ल्याएको परिस्थितिलाई के कसरी उठान गरिएको छ ? भन्ने जस्ता कुराहरूको परिवेशीय साहित्यिक प्रतिबिम्बनको अध्ययन गरिएको छ । त्यसैगरी विसङ्गतिपूर्ण कम्युनिस्ट कमजोर विचारधारा र त्यसले निम्त्याएको परिणामलाई एक पाटोबाट देखाइएको छ भने अर्को पाटोमा आम सर्वसाधारण नागरिकको स्वतन्त्रता र उनीहरूको विचारलाई यस कवितामा मुख्य रूपमा उल्लेखित गरिएको छ । ‘च्याउको जङ्गल’ कवितामा के कस्ता परिवेश आएका छन् र तिनको प्रयोग कसरी गरिएको छ ? कवितामा व्यक्त परिवेशले के कस्तो किसिमको सन्देश दिन खोजेको छ ? भन्ने कुराको खोजी गर्नु नै यस लेखको मुख्य उद्देश्य हो । यसमा परिवेशको आधारभूत सिद्धान्तलाई कविता विश्लेषणको महत्वपूर्ण र केन्द्रीय सिद्धान्तका रूपमा प्रयोग गर्दै मूलतः साहित्य, समाज व्यवस्था र राजनीतिक संस्कृतिबिचको सम्बन्धलाई कालिक परिवेश, स्थानिक परिवेश र वातावरणीय परिवेशका माध्यमबाट स्पष्ट रूपमा कविताको अध्ययन तथा विश्लेषण गरिएको छ । परिवेश सिद्धान्त कवितामा के कसरी प्रतिबिम्बित भएको छ ? भन्ने प्राज्ञिक जिज्ञासा नै प्रस्तुत शोधको मूल समस्या हो । यही समस्या समाधानको निम्ति शोधविधि अन्तर्गत सामाग्री सङ्कलन विधि र सैद्धान्तिक पर्याधार र अध्ययन विश्लेषण विधिलाई लिइएको छ । कवितामा अभिव्यक्त परिवेशको खोजीले नेपाली कविता अध्ययनको क्षेत्रमा कविताको परिवेशको खोजी गर्न चाहने जो कोहीलाई थप सहयोग र योग्दान पुर्याउनुका साथै उपयुक्त परिवेशको बारेमा जानकारी दिन्छ । अन्त्यमा परिवेश सिद्धान्तका आधारमा यो कविता सफल, प्रभावकारी र सौन्दर्यपूर्ण नै छ भन्ने निष्कर्ष निकालिएको छ ।.
Related Results
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बना...
चरैवति उपन्यासमा प्रजाति र परिवेश
चरैवति उपन्यासमा प्रजाति र परिवेश
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्य...
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
भोकको लय कवितासङ्ग्रहमा दलितचेत
भोकको लय कवितासङ्ग्रहमा दलितचेत
प्रस्तुत लेखमा दलितचेतका मान्यताहरूलाई आधार बनाई भोकको लय कवितासङ्ग्रहको अध्ययन गरिएको छ । भोकको लय कवितासङ्ग्रहमा के-कस्तो दलितचेत पाइन्छ भन्ने समस्यामा केन्द्रित रहेर यो अध्ययन ग...
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...

