Javascript must be enabled to continue!
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
View through CrossRef
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य उद्देश्यका रुपमा रहेको छ भने प्रायोगिक भाषाविज्ञानका शिक्षणीय र शिक्षणेतर उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनका विशिष्ट उद्देश्यका रुपमा रहेका छन् । प्रस्तुत अध्ययन गुणात्मक अध्ययन विधिमा आधारित रहेको छ । यस अध्ययनमा ऐतिहासिक अध्ययन पद्धतिको प्रयोग गरिएको छ । यसमा पुस्तकालयीय कार्यका माध्यमबाट अङ्ग्रेजी र नेपाली सैद्धान्तिक सामग्रीहरुको सङ्कलन गरिएको छ । त्यसरी सङ्कलन गरिएका सामग्रीहरु मूलतः द्वितीयक स्रोतका सामग्रीहरु रहेका छन् । यस अध्ययनबाट प्राप्त तथ्यलाई विभिन्न उपशीर्षकहरुमा विभक्त गरी व्याख्या विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनका आधारमा प्रायोगिक भाषाविज्ञान भाषा प्रयोगका समस्त क्षेत्रका लागि उपयोगी रहेको देखिन्छ । सिकाइ शिक्षणमा सहयोग पु¥याउन, सिकाइ शिक्षणका समस्या समाधान गर्न, समालोचनात्मक अध्ययन गर्न, भाषाको व्याख्यात्मक अध्ययन गर्न, भाषिक मूल्याङ्कनलाई प्रभावकारी बनाउन सघाउने हुनाले प्रायोगिक भाषाविज्ञान शैक्षणिक दृष्टिले उपयोगी रहेको छ । यसअतिरिक्त प्रायोगिक भाषाविज्ञानले सङ्कथन विश्लेषण, शैलीविज्ञान, कोशविज्ञान, अनुवादविज्ञान, प्रकरणार्थ भाषाविज्ञान, सामाजिक भाषाविज्ञान, मनोभाषाविज्ञान, स्नायुविज्ञान, मानवशास्त्रीय भाषाविज्ञान, जातिभाषिक अध्ययन, प्रतीकविज्ञान, भाषिकाविज्ञान, गणितीय भाषाविज्ञान, अर्थशास्त्रीय भाषाविज्ञान, कर्पस भाषाविज्ञान, सूचना तथा सञ्चार विज्ञान, भाषा योजना, बोली उपचारलगायतका क्षेत्रमा सघाउ पु¥याउने भएकाले यसको शिक्षणेतर उपयोगिता पनि रहेको छ । यस अध्ययनबाट प्रायोगिक भाषाविज्ञानका क्षेत्रमा क्रियाशील तथा यस क्षेत्रमा रूचिकर जोकोहीका लागि पनि आवश्यक सहयोग उपलब्ध हुने अपेक्षा गरिएको छ ।
Title: प्रायोगिक भाषाविज्ञानको उपयोगिता
Description:
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य उद्देश्यका रुपमा रहेको छ भने प्रायोगिक भाषाविज्ञानका शिक्षणीय र शिक्षणेतर उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनका विशिष्ट उद्देश्यका रुपमा रहेका छन् । प्रस्तुत अध्ययन गुणात्मक अध्ययन विधिमा आधारित रहेको छ । यस अध्ययनमा ऐतिहासिक अध्ययन पद्धतिको प्रयोग गरिएको छ । यसमा पुस्तकालयीय कार्यका माध्यमबाट अङ्ग्रेजी र नेपाली सैद्धान्तिक सामग्रीहरुको सङ्कलन गरिएको छ । त्यसरी सङ्कलन गरिएका सामग्रीहरु मूलतः द्वितीयक स्रोतका सामग्रीहरु रहेका छन् । यस अध्ययनबाट प्राप्त तथ्यलाई विभिन्न उपशीर्षकहरुमा विभक्त गरी व्याख्या विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनका आधारमा प्रायोगिक भाषाविज्ञान भाषा प्रयोगका समस्त क्षेत्रका लागि उपयोगी रहेको देखिन्छ । सिकाइ शिक्षणमा सहयोग पु¥याउन, सिकाइ शिक्षणका समस्या समाधान गर्न, समालोचनात्मक अध्ययन गर्न, भाषाको व्याख्यात्मक अध्ययन गर्न, भाषिक मूल्याङ्कनलाई प्रभावकारी बनाउन सघाउने हुनाले प्रायोगिक भाषाविज्ञान शैक्षणिक दृष्टिले उपयोगी रहेको छ । यसअतिरिक्त प्रायोगिक भाषाविज्ञानले सङ्कथन विश्लेषण, शैलीविज्ञान, कोशविज्ञान, अनुवादविज्ञान, प्रकरणार्थ भाषाविज्ञान, सामाजिक भाषाविज्ञान, मनोभाषाविज्ञान, स्नायुविज्ञान, मानवशास्त्रीय भाषाविज्ञान, जातिभाषिक अध्ययन, प्रतीकविज्ञान, भाषिकाविज्ञान, गणितीय भाषाविज्ञान, अर्थशास्त्रीय भाषाविज्ञान, कर्पस भाषाविज्ञान, सूचना तथा सञ्चार विज्ञान, भाषा योजना, बोली उपचारलगायतका क्षेत्रमा सघाउ पु¥याउने भएकाले यसको शिक्षणेतर उपयोगिता पनि रहेको छ । यस अध्ययनबाट प्रायोगिक भाषाविज्ञानका क्षेत्रमा क्रियाशील तथा यस क्षेत्रमा रूचिकर जोकोहीका लागि पनि आवश्यक सहयोग उपलब्ध हुने अपेक्षा गरिएको छ ।.
Related Results
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगि...
शिक्षक प्रशिक्षुओं की पंचकोषीय अवधारणा
शिक्षक प्रशिक्षुओं की पंचकोषीय अवधारणा
सार
पंचकोष शब्द संस्कृत से लिया गया है जिसका तात्पर्य मानव अस्तित्व के पाँच कोषों से है जो अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष, विज्ञानमय कोष और आनंदमय कोष हैं। यजुर्वेद में तैत्ति...
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइ...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
कार्यमूलक अनुसन्धानः प्रक्रिया र शैक्षणिक प्रयोग
कार्यमूलक अनुसन्धानः प्रक्रिया र शैक्षणिक प्रयोग
प्रस्तुत लेख कार्यमूलक अनुसन्धान, यसको प्रक्रिया र शैक्षिक प्रयोगसँग सम्बन्धित रहेको छ । अनुसन्धानका विविध विधि पद्धतिहरुमध्ये कार्यमूलक अनुसन्धान तत्कालीन समस्या, यसको कारण र निरा...
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
नेपाली भाषा शिक्षाको अध्ययनपश्चात् प्राप्त हुने उद्यमशीलताको सम्भावना र अभ्यास बारे चर्चा गर्ने विषयमा प्रस्तुत लेख केन्द्रित छ । नेपाली भाषा शिक्षा अध्ययन गरेका विद्यार्थी तथा विश...

