Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास

View through CrossRef
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक इतिहासमा आधारित छ । यसका मुख्य घटना, पात्र र परिवेश इतिहाससम्मत छन् । राजेन्द्र विक्रम शाहको राज्यकालको परिवेशलाई यसमा उभ्याइएको छ । यस अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यद्वारा गरिएको छ र सामग्रीको विश्लेषण विषयवस्तु विश्लेषण विधिमा गरिएको छ । सामग्री विश्लेषणका लागि सैद्धान्तिक आधार नवइतिहासवादी सिद्धान्तलाई बनाइएको छ । नवइतिहासवादी समालोचना सन् १९७० को दशकदेखि देखापरेको र सन् १९८० को दशकदेखि स्पष्ट मान्यताका साथ प्रयोगमा आएको साहित्यिक समालोचनासिद्धान्त हो । निश्चित समयको निश्चित ऐतिहासिक अवस्थाको सांस्कृतिक अध्ययनको नयाँ पद्धतिका रूपमा बेलायतमा सांस्कृतिक भौतिकवाद र अमेरिकामा नवइतिहासवाद विकसित भएको देखिन्छ । सांस्कृतिक भौतिकवाद रेमन्ड विलियम्सको मान्यता हो । उनले सामाजिक विकासको आधार माक्र्सले भने जस्तै ऐतिहासिक भौतिकवादलाई माने तर आर्थिक आधार मानेनन् । उनले सामाजिक परिवर्तन आर्थिक कारणले नभएर सांस्कृतिक कारणले हुन्छ भन्ने विचार प्रकट गरेका छन् र आफ्नो मान्यतालाई सांस्कृतिक भौतिकवाद भनेका छन् । नवइतिहासवादमा मिसेल फुकोको निकै प्रभाव परेको छ । नवइतिहासवाद सन् १९७० को दशक र १९८० को दशकको आरम्भतिर माक्र्सवाद, मानवशास्त्र र इतिहासदर्शनका प्रभावमा देखापरेको हो । यसको आरम्भ साहित्य र अमेरिकी सांस्कृतिक अध्ययनबाट भएको हो । यसको नामकरण अमेरिकी समालोचक स्टेफेन ग्रीनब्लाटले गरेका हुन्। निश्चित समयको निश्चित ऐतिहासिक अवस्थाको सांस्कृतिक अध्ययनको नयाँ पद्धतिका रूपमा बेलायतमा सांस्कृतिक भौतिकवाद र अमेरिकामा नवइतिहासवाद विकसित भएको हो । नव इतिहासवाद इतिहासवादको उत्तरवर्ती रूप हो । तर इतिहासवादले पाठको ऐतिहासिक घटनालाई यथार्थका रूपमा लिन्छ भने नवइतिहासवादले विविध सन्दर्भका आधारमा लिन्छ । ऐतिहासिक सन्दर्भ यस अध्ययनको मुख्य अवधारणा हो र राजनीतिक, सामाजिक, सांस्कृतिक परिवेश त्यसको मापन गर्ने  सूचक हुन् । यस उपन्यासमा ऐतिहासिक सन्दर्भ राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवेशका माध्यमबाट प्रकट गरिएको छ । नेपालको तत्कालीन राजनीति अन्योलग्रस्त, षड्यन्त्रपूर्ण र हत्याहिंसायुक्त देखिन्छ । उपन्यासमा चित्रित समाजले तत्कालीन समाज पुरुषप्रधान, जातीय र वर्गीय विभेद भएको देखिन्छ । तत्कालीन समयका व्यक्तिहरूमा धार्मिक आस्था र विश्वास धेरै देखिन्छ । जाति र समुदायअनुसार रीतिरिवाज भिन्न देखिन्छ । ऐतिहासिक सन्दर्भका दृष्टिले प्रस्तुत उपन्यास सफल रहेको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।
Title: नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
Description:
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक इतिहासमा आधारित छ । यसका मुख्य घटना, पात्र र परिवेश इतिहाससम्मत छन् । राजेन्द्र विक्रम शाहको राज्यकालको परिवेशलाई यसमा उभ्याइएको छ । यस अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यद्वारा गरिएको छ र सामग्रीको विश्लेषण विषयवस्तु विश्लेषण विधिमा गरिएको छ । सामग्री विश्लेषणका लागि सैद्धान्तिक आधार नवइतिहासवादी सिद्धान्तलाई बनाइएको छ । नवइतिहासवादी समालोचना सन् १९७० को दशकदेखि देखापरेको र सन् १९८० को दशकदेखि स्पष्ट मान्यताका साथ प्रयोगमा आएको साहित्यिक समालोचनासिद्धान्त हो । निश्चित समयको निश्चित ऐतिहासिक अवस्थाको सांस्कृतिक अध्ययनको नयाँ पद्धतिका रूपमा बेलायतमा सांस्कृतिक भौतिकवाद र अमेरिकामा नवइतिहासवाद विकसित भएको देखिन्छ । सांस्कृतिक भौतिकवाद रेमन्ड विलियम्सको मान्यता हो । उनले सामाजिक विकासको आधार माक्र्सले भने जस्तै ऐतिहासिक भौतिकवादलाई माने तर आर्थिक आधार मानेनन् । उनले सामाजिक परिवर्तन आर्थिक कारणले नभएर सांस्कृतिक कारणले हुन्छ भन्ने विचार प्रकट गरेका छन् र आफ्नो मान्यतालाई सांस्कृतिक भौतिकवाद भनेका छन् । नवइतिहासवादमा मिसेल फुकोको निकै प्रभाव परेको छ । नवइतिहासवाद सन् १९७० को दशक र १९८० को दशकको आरम्भतिर माक्र्सवाद, मानवशास्त्र र इतिहासदर्शनका प्रभावमा देखापरेको हो । यसको आरम्भ साहित्य र अमेरिकी सांस्कृतिक अध्ययनबाट भएको हो । यसको नामकरण अमेरिकी समालोचक स्टेफेन ग्रीनब्लाटले गरेका हुन्। निश्चित समयको निश्चित ऐतिहासिक अवस्थाको सांस्कृतिक अध्ययनको नयाँ पद्धतिका रूपमा बेलायतमा सांस्कृतिक भौतिकवाद र अमेरिकामा नवइतिहासवाद विकसित भएको हो । नव इतिहासवाद इतिहासवादको उत्तरवर्ती रूप हो । तर इतिहासवादले पाठको ऐतिहासिक घटनालाई यथार्थका रूपमा लिन्छ भने नवइतिहासवादले विविध सन्दर्भका आधारमा लिन्छ । ऐतिहासिक सन्दर्भ यस अध्ययनको मुख्य अवधारणा हो र राजनीतिक, सामाजिक, सांस्कृतिक परिवेश त्यसको मापन गर्ने  सूचक हुन् । यस उपन्यासमा ऐतिहासिक सन्दर्भ राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवेशका माध्यमबाट प्रकट गरिएको छ । नेपालको तत्कालीन राजनीति अन्योलग्रस्त, षड्यन्त्रपूर्ण र हत्याहिंसायुक्त देखिन्छ । उपन्यासमा चित्रित समाजले तत्कालीन समाज पुरुषप्रधान, जातीय र वर्गीय विभेद भएको देखिन्छ । तत्कालीन समयका व्यक्तिहरूमा धार्मिक आस्था र विश्वास धेरै देखिन्छ । जाति र समुदायअनुसार रीतिरिवाज भिन्न देखिन्छ । ऐतिहासिक सन्दर्भका दृष्टिले प्रस्तुत उपन्यास सफल रहेको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।.

Related Results

कृष्णा सोबती के उपन्यासों में चित्रित आर्थिक समस्याएँ
कृष्णा सोबती के उपन्यासों में चित्रित आर्थिक समस्याएँ
हिन्दी की सुविख्यात लेखिका कृष्णा सोबती जी ने अपने उपन्यासों में अधिकतर समाज के मध्यवर्ग को चित्रित किया है। जिसके अन्तर्गत उच्च मध्यवर्ग व मध्यवर्ग दोनों का ही समावेश है। मध्यवर्ग...
कृष्णा सोबती के उपन्यासों में चित्रित नैतिक समस्याएँ
कृष्णा सोबती के उपन्यासों में चित्रित नैतिक समस्याएँ
भारतीय साहित्य के परिदृश्य पर हिन्दी की सुविख्यात कथाकार कृष्णा सोबतीजी के उपन्यासों में चित्रित नैतिक समस्याओं पर प्रकाश डालने पर ज्ञात होता है। कृष्णाजी ने अपने उपन्यासों में उन ...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
‘ख्वपदेश’ भादगाउँले (भक्तपुरे) समाजको सामाजिक र सांस्कृतिक पक्षलाई ऐतिहासिक परिवेशमा राखेर सिर्जना गरिएको उपन्यास हो । भादगाउँले समाजका रीतिस्थिति, प्रथा परम्परा, चालचलन र त्यहाँ व...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
लँय् लूम्ह उपन्यासय् लैङ्गिक सीमान्त
लँय् लूम्ह उपन्यासय् लैङ्गिक सीमान्त
‘लँय् लूम्हʼ उपन्यास मय्‌जु शशिकला मानन्धरया निगूगु उपन्यास खः । शशिकला नेवाः समाजय् मिसातसें फय्‌माःगु समस्या, व्यथायात आख्यान रूप बीम्ह उपन्यासकार खः । वय्‌कःया उपन्यासय् मिसात प...
टुवरा उपन्यासमा सीमान्तीयता
टुवरा उपन्यासमा सीमान्तीयता
प्रस्तुत लेखमा मनोज थारूद्वारा लिखित टुवरा उपन्यासको सीमान्तीय समालोचनाका आधारमा अध्ययन गरिएको छ । सीमान्तीय समालोचना भन्नाले देशको मूलधारदेखि बाहिर रहेका विभिन्न जाति, वर्ग, वर्ण,...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...

Back to Top