Javascript must be enabled to continue!
जरत्कारु उपन्यासमा नारीवाद { Feminism in Jaratkaru Novel }
View through CrossRef
प्रस्तुत अनुसन्धानमूलक समालोचनात्मक लेख जरत्कारु उपन्यासको विश्लेषणमा केन्द्रित रहेको छ । जरत्कारु पौराणिक विषयमा आधारित औपन्यासिक कृति हो । प्रस्तुत कृतिले अगस्त्य ऋषिका सन्तानमध्ये कद्रुकी पुत्री जरत्कारुलाई केन्द्रीय पात्रका रूपमा चयन गरी उक्त पात्रका माध्यमबाट युगौँदेखि समाजमा विद्यमान लैङ्गिक विभेदलाई प्रस्तुत गरेको पाइन्छ । मूलतः कन्या पूजाको सन्दर्भलाई लिएर रचना गरिएको प्रस्तुत उपन्यासले पौराणिक विषयको कथ्यका माध्यमबाट त्यस्ता थुप्रै महत्त्वपूर्ण विषयवस्तुहरूलाई उठाएको देखिन्छ जो वर्तमान समाजलाई समेत प्रतिबिम्बित गर्दछन् । समाज व्यवस्था, वर्ग विभाजन, ऋषिहरूका वैज्ञानिक चिन्तन, सामाजिक द्वन्द्वजस्ता विविध विषयमा आवाज उठाएको प्रस्तुत उपन्यासले समाजमा विद्यमान लैङ्गिक विभेदलाई महत्त्वपूर्ण विषयका रूपमा उठाएको देखिन्छ । प्रस्तुत उपन्यासले एकातिर नारीहरू युगौँदेखि पुरुषबाट शासित थिए, उनीहरू पुराणकालमा पनि विभिन्न बहानामा पुरुषबाट शासित र प्रताडित थिए भन्ने कुराका साथै पुरुषले नारीलाई भोग्याको रूपमा, उपयोगी वस्तुको रूपमा प्रयोग गर्ने गरेको सन्दर्भलाई उठाइएको पाइन्छ । प्रस्तुत उपन्यासले पौराणिक कथ्यका माध्यमबाट वर्तमान समाजले नारीलाई गर्दै आएको उपेक्षालाई समेत प्रतिबिम्बित गर्दछ । प्रस्तुत उपन्यास नारी शोषण तथा नारी अधिकारका विषयमा आवाज उठाउने कृति हो भन्ने कुराको सङ्केत प्राप्त भए पनि यस दृष्टिकोणबाट प्रस्तुत उपन्यासको विहङ्गम अध्ययन विश्लेषण नभएकोले नारीवादका सापेक्षमा जरत्कारु उपन्यास केकस्तो रहेको छ ? भन्ने प्राज्ञिक समस्यामूलक प्रश्नमा केन्द्रित रहेर प्रस्तुत उपन्यासलाई नारीवादी सिद्धान्तका सापेक्षमा विश्लेषण गर्ने लक्ष्य राखी अध्ययनलाई अगाडि बढाइएको छ । विश्लेषणात्मक विधिको प्रयोग गरी प्रस्तुत उपन्यास नारीवादको सैद्धान्तिक दृष्टिकोणले महत्त्वपूर्ण र प्रभावकारी रहेको निष्कर्ष निरूपण गरिएको छ ।
Title: जरत्कारु उपन्यासमा नारीवाद { Feminism in Jaratkaru Novel }
Description:
प्रस्तुत अनुसन्धानमूलक समालोचनात्मक लेख जरत्कारु उपन्यासको विश्लेषणमा केन्द्रित रहेको छ । जरत्कारु पौराणिक विषयमा आधारित औपन्यासिक कृति हो । प्रस्तुत कृतिले अगस्त्य ऋषिका सन्तानमध्ये कद्रुकी पुत्री जरत्कारुलाई केन्द्रीय पात्रका रूपमा चयन गरी उक्त पात्रका माध्यमबाट युगौँदेखि समाजमा विद्यमान लैङ्गिक विभेदलाई प्रस्तुत गरेको पाइन्छ । मूलतः कन्या पूजाको सन्दर्भलाई लिएर रचना गरिएको प्रस्तुत उपन्यासले पौराणिक विषयको कथ्यका माध्यमबाट त्यस्ता थुप्रै महत्त्वपूर्ण विषयवस्तुहरूलाई उठाएको देखिन्छ जो वर्तमान समाजलाई समेत प्रतिबिम्बित गर्दछन् । समाज व्यवस्था, वर्ग विभाजन, ऋषिहरूका वैज्ञानिक चिन्तन, सामाजिक द्वन्द्वजस्ता विविध विषयमा आवाज उठाएको प्रस्तुत उपन्यासले समाजमा विद्यमान लैङ्गिक विभेदलाई महत्त्वपूर्ण विषयका रूपमा उठाएको देखिन्छ । प्रस्तुत उपन्यासले एकातिर नारीहरू युगौँदेखि पुरुषबाट शासित थिए, उनीहरू पुराणकालमा पनि विभिन्न बहानामा पुरुषबाट शासित र प्रताडित थिए भन्ने कुराका साथै पुरुषले नारीलाई भोग्याको रूपमा, उपयोगी वस्तुको रूपमा प्रयोग गर्ने गरेको सन्दर्भलाई उठाइएको पाइन्छ । प्रस्तुत उपन्यासले पौराणिक कथ्यका माध्यमबाट वर्तमान समाजले नारीलाई गर्दै आएको उपेक्षालाई समेत प्रतिबिम्बित गर्दछ । प्रस्तुत उपन्यास नारी शोषण तथा नारी अधिकारका विषयमा आवाज उठाउने कृति हो भन्ने कुराको सङ्केत प्राप्त भए पनि यस दृष्टिकोणबाट प्रस्तुत उपन्यासको विहङ्गम अध्ययन विश्लेषण नभएकोले नारीवादका सापेक्षमा जरत्कारु उपन्यास केकस्तो रहेको छ ? भन्ने प्राज्ञिक समस्यामूलक प्रश्नमा केन्द्रित रहेर प्रस्तुत उपन्यासलाई नारीवादी सिद्धान्तका सापेक्षमा विश्लेषण गर्ने लक्ष्य राखी अध्ययनलाई अगाडि बढाइएको छ । विश्लेषणात्मक विधिको प्रयोग गरी प्रस्तुत उपन्यास नारीवादको सैद्धान्तिक दृष्टिकोणले महत्त्वपूर्ण र प्रभावकारी रहेको निष्कर्ष निरूपण गरिएको छ ।.
Related Results
नारीवाद के परिपेक्ष मे महिला आंदोलन का वर्तमान दृष्टिकोण
नारीवाद के परिपेक्ष मे महिला आंदोलन का वर्तमान दृष्टिकोण
नारीवाद एक प्रगतिशील विचारधारा एवं आंदोलन है, इसका प्रमुख प्रयोजन महिलाओं को पुरुषों के समान अधिकार, सामाजिक सम्मान एवं सहभागिता प्राप्त कराना तथा पितृसत्तात्मक संरचना को प्रश्नांक...
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
Rebooting Roseanne: Feminist Voice across Decades
Rebooting Roseanne: Feminist Voice across Decades
In recent years, the US television landscape has been flooded with reboots, remakes, and revivals of “classic” nineties television series, such as Full/er House (1987-1995, 2016-pr...
Transnational Feminism
Transnational Feminism
Transnational feminism developed out of postcolonial and women of color feminisms, both of which critiqued the idea that “sisterhood is global” (see Robin Morgan, Sisterhood is Glo...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
GENDER INEQUALITY AND FEMINISM IN ARUNDHATI ROY’S THE GOD OF SMALL THINGS
GENDER INEQUALITY AND FEMINISM IN ARUNDHATI ROY’S THE GOD OF SMALL THINGS
This research aimed to analyses feminism and gender inequality in the novel The God of small things by Arundhati Roy. The writer aims to reveal the types of feminism, gender inequa...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...

