Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति

View through CrossRef
प्राज्ञिक लेखनअन्तर्गत अभिलेखीकरण पद्धतिको परिचय र यसको प्रयोगसँग सम्बद्ध भई प्रस्तुत लेखमा अभिलेखीकरण पद्धतिको सैद्धान्तिक आधारको निरूपण गरिएको छ । प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धतिले उद्धरण तथा सन्दर्भसामग्रीको व्यवस्थापनलाई बुभाउँछ । यसअन्तर्गत रहेर प्रस्तुत आलेखमा उद्धरणको प्रयोग, कोष्ठकीय सन्दर्भ टिप्पणी तथा सन्दर्भसामग्री सूचीकरणको व्यवस्थापन एवम् तिनको अन्तरसम्बन्धको विश्लेषण गरिएको छ । प्राज्ञिक लेखन तर्क पद्धतिमा आधारित वस्तुपरक, व्यवस्थित एवम् वैज्ञानिक लेखन भएकाले यो निश्चित पद्धतिमा आधारित हुन्छ । प्राज्ञिक लेखनको अभिलेखीकरण पद्धति यसै विषयसँग सम्बद्ध भएको हुनाले अभिलेखन पद्धतिको सैद्धान्तिक आधारको स्थापना यस अध्ययनमा गरिएको छ । यसका लागि सामग्रीका रूपमा विभिन्न शोधप्रतिवेदन र शोधसँग सम्बद्ध पुस्तक तथा लेखहरूलाई छनौट गरिएको छ । सामग्री छनौट गर्दा नमुना पद्धतिको प्रयोग गरिएको छ । सामग्री विश्लेषणमा गुणात्मक अध्ययन पद्धतिको अवलम्बन गरिएको छ । यो सैद्धान्तिक अध्ययन भएकाले यसमा निष्कर्षको सामान्यीकरणमार्पmत अभिलेखीकरण पद्धतिको सैद्धान्तिक स्वरूपको निर्माण गरिएको छ । अभिलेखीकरण पद्धतिको समुचित प्रयोगबाट नै उपयुक्त प्राज्ञिक लेखन गर्न सम्भव हुने हुनाले प्राज्ञिक लेखकलाई यसको राम्रो दख्खल हुनु आवश्यक छ भन्ने निष्कर्ष यस लेखमा प्रस्तुत छ । नेपाली भाषाका लागि छुट्टै अभिलेखीकरण पद्धतिको आवश्यकता रहेकाले यसका लागि हालको प्रयोगको अवस्था र नेपाली भाषाको अनुकूलताका दृष्टिले एपिए शैलीलाई आधार मानी त्यसलाई अनुकूलन गर्नु उपयुक्त हुन्छ भन्ने कुरालाई प्राप्तिका रूपमा प्रस्तुत गरिएको छ । यस अध्ययनले त्यसका निम्ति एउटा सैद्धान्तिक आधार दिएको कुरा यसमा प्रस्तुत छ ।
Title: प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति
Description:
प्राज्ञिक लेखनअन्तर्गत अभिलेखीकरण पद्धतिको परिचय र यसको प्रयोगसँग सम्बद्ध भई प्रस्तुत लेखमा अभिलेखीकरण पद्धतिको सैद्धान्तिक आधारको निरूपण गरिएको छ । प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धतिले उद्धरण तथा सन्दर्भसामग्रीको व्यवस्थापनलाई बुभाउँछ । यसअन्तर्गत रहेर प्रस्तुत आलेखमा उद्धरणको प्रयोग, कोष्ठकीय सन्दर्भ टिप्पणी तथा सन्दर्भसामग्री सूचीकरणको व्यवस्थापन एवम् तिनको अन्तरसम्बन्धको विश्लेषण गरिएको छ । प्राज्ञिक लेखन तर्क पद्धतिमा आधारित वस्तुपरक, व्यवस्थित एवम् वैज्ञानिक लेखन भएकाले यो निश्चित पद्धतिमा आधारित हुन्छ । प्राज्ञिक लेखनको अभिलेखीकरण पद्धति यसै विषयसँग सम्बद्ध भएको हुनाले अभिलेखन पद्धतिको सैद्धान्तिक आधारको स्थापना यस अध्ययनमा गरिएको छ । यसका लागि सामग्रीका रूपमा विभिन्न शोधप्रतिवेदन र शोधसँग सम्बद्ध पुस्तक तथा लेखहरूलाई छनौट गरिएको छ । सामग्री छनौट गर्दा नमुना पद्धतिको प्रयोग गरिएको छ । सामग्री विश्लेषणमा गुणात्मक अध्ययन पद्धतिको अवलम्बन गरिएको छ । यो सैद्धान्तिक अध्ययन भएकाले यसमा निष्कर्षको सामान्यीकरणमार्पmत अभिलेखीकरण पद्धतिको सैद्धान्तिक स्वरूपको निर्माण गरिएको छ । अभिलेखीकरण पद्धतिको समुचित प्रयोगबाट नै उपयुक्त प्राज्ञिक लेखन गर्न सम्भव हुने हुनाले प्राज्ञिक लेखकलाई यसको राम्रो दख्खल हुनु आवश्यक छ भन्ने निष्कर्ष यस लेखमा प्रस्तुत छ । नेपाली भाषाका लागि छुट्टै अभिलेखीकरण पद्धतिको आवश्यकता रहेकाले यसका लागि हालको प्रयोगको अवस्था र नेपाली भाषाको अनुकूलताका दृष्टिले एपिए शैलीलाई आधार मानी त्यसलाई अनुकूलन गर्नु उपयुक्त हुन्छ भन्ने कुरालाई प्राप्तिका रूपमा प्रस्तुत गरिएको छ । यस अध्ययनले त्यसका निम्ति एउटा सैद्धान्तिक आधार दिएको कुरा यसमा प्रस्तुत छ ।.

Related Results

स्नातकोत्तर नेपाली शिक्षाका शोधपत्रहरूमा अनुच्छेदविन्यास योजना [Paragraph Arrangement in the Theses of Master’s Program in Nepali Education]
स्नातकोत्तर नेपाली शिक्षाका शोधपत्रहरूमा अनुच्छेदविन्यास योजना [Paragraph Arrangement in the Theses of Master’s Program in Nepali Education]
प्राज्ञिक लेखनमा अनुच्छेदविन्यास योजनालाई महत्त्वपूर्ण आधार स्रोतका रूपमा लिइन्छ । यस सन्दर्भमा स्नातकोत्तर नेपाली शिक्षाका शोधपत्रहरूमा शोधार्थीले अनुच्छेदविन्यास कसरी गरेका छन् भ...
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
‘माटोको माया’ राष्ट्रप्रेमका भावना उत्प्रेरक तŒव अभिमुख भएको नाटक हो । यस प्रलेखमा राष्ट्रवादी भावनाको निरूपण गर्ने सिलसिलामा नाटककार भीमनिधि तिवारीको सामान्य परिचय दिएको छ । अलग–अ...
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित सुम्निमा (२०२७) उपन्यासमा मिथकका रूपमा पौराणिक उपकथालाई जोडेर नेपालको सामाजिक सांस्कृतिक घटनाको चित्रण गरिएको छ । यसमा दुई भिन्न संस्कृति आर्य ...
सारवस्तुका दृष्टिले अन्धवेग नाटक
सारवस्तुका दृष्टिले अन्धवेग नाटक
नाटक नरनारीका चरित्र र कार्यलाई पात्रका अभिनयका माध्यमद्वारा प्रदर्शित गरिने उद्देश्यले लेखिएको संवादात्मक साहित्यिक विधा भएकाले रङगमञ्चमा गरिने चरित्रको अभिनय हो । बालकृष्ण समद्वा...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको...
सप्तविधानुत्तर पूजा Saptavidhanuttar Puja
सप्तविधानुत्तर पूजा Saptavidhanuttar Puja
बौद्ध धर्ममा, जहाँ जहाँ गयो त्यहाँ त्यहाँ कै संस्कृति र परम्परा मिसिएर स्थानअनुसारकोस्वरुप पाउँदछौ । जस्तैः चाइनिज, जापानिज, श्रीलंकन, थाइ, ताइवानी, बर्मेली,भुटानी, कोरियन आदि बुद्...
राजभण्डार महाराजथानः सांस्कृतिक अध्ययन {Cultural Study of Rajbhandar Maharajsthan}
राजभण्डार महाराजथानः सांस्कृतिक अध्ययन {Cultural Study of Rajbhandar Maharajsthan}
ग्रामथान गाउँका स्थानीय मिलेर सामूहिक रुपमा ग्रामीण देउदेउताको पूजाउपासना गर्ने उद्देश्यले निर्माण गरिएका देवस्थल हुन् । स्थानीय क्षेत्रमा असलर उदाहरणीय कार्य गरी ख्याति आर्जन गरेक...

Back to Top