Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति

View through CrossRef
प्राज्ञिक लेखनअन्तर्गत अभिलेखीकरण पद्धतिको परिचय र यसको प्रयोगसँग सम्बद्ध भई प्रस्तुत लेखमा अभिलेखीकरण पद्धतिको सैद्धान्तिक आधारको निरूपण गरिएको छ । प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धतिले उद्धरण तथा सन्दर्भसामग्रीको व्यवस्थापनलाई बुभाउँछ । यसअन्तर्गत रहेर प्रस्तुत आलेखमा उद्धरणको प्रयोग, कोष्ठकीय सन्दर्भ टिप्पणी तथा सन्दर्भसामग्री सूचीकरणको व्यवस्थापन एवम् तिनको अन्तरसम्बन्धको विश्लेषण गरिएको छ । प्राज्ञिक लेखन तर्क पद्धतिमा आधारित वस्तुपरक, व्यवस्थित एवम् वैज्ञानिक लेखन भएकाले यो निश्चित पद्धतिमा आधारित हुन्छ । प्राज्ञिक लेखनको अभिलेखीकरण पद्धति यसै विषयसँग सम्बद्ध भएको हुनाले अभिलेखन पद्धतिको सैद्धान्तिक आधारको स्थापना यस अध्ययनमा गरिएको छ । यसका लागि सामग्रीका रूपमा विभिन्न शोधप्रतिवेदन र शोधसँग सम्बद्ध पुस्तक तथा लेखहरूलाई छनौट गरिएको छ । सामग्री छनौट गर्दा नमुना पद्धतिको प्रयोग गरिएको छ । सामग्री विश्लेषणमा गुणात्मक अध्ययन पद्धतिको अवलम्बन गरिएको छ । यो सैद्धान्तिक अध्ययन भएकाले यसमा निष्कर्षको सामान्यीकरणमार्पmत अभिलेखीकरण पद्धतिको सैद्धान्तिक स्वरूपको निर्माण गरिएको छ । अभिलेखीकरण पद्धतिको समुचित प्रयोगबाट नै उपयुक्त प्राज्ञिक लेखन गर्न सम्भव हुने हुनाले प्राज्ञिक लेखकलाई यसको राम्रो दख्खल हुनु आवश्यक छ भन्ने निष्कर्ष यस लेखमा प्रस्तुत छ । नेपाली भाषाका लागि छुट्टै अभिलेखीकरण पद्धतिको आवश्यकता रहेकाले यसका लागि हालको प्रयोगको अवस्था र नेपाली भाषाको अनुकूलताका दृष्टिले एपिए शैलीलाई आधार मानी त्यसलाई अनुकूलन गर्नु उपयुक्त हुन्छ भन्ने कुरालाई प्राप्तिका रूपमा प्रस्तुत गरिएको छ । यस अध्ययनले त्यसका निम्ति एउटा सैद्धान्तिक आधार दिएको कुरा यसमा प्रस्तुत छ ।
Title: प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति
Description:
प्राज्ञिक लेखनअन्तर्गत अभिलेखीकरण पद्धतिको परिचय र यसको प्रयोगसँग सम्बद्ध भई प्रस्तुत लेखमा अभिलेखीकरण पद्धतिको सैद्धान्तिक आधारको निरूपण गरिएको छ । प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धतिले उद्धरण तथा सन्दर्भसामग्रीको व्यवस्थापनलाई बुभाउँछ । यसअन्तर्गत रहेर प्रस्तुत आलेखमा उद्धरणको प्रयोग, कोष्ठकीय सन्दर्भ टिप्पणी तथा सन्दर्भसामग्री सूचीकरणको व्यवस्थापन एवम् तिनको अन्तरसम्बन्धको विश्लेषण गरिएको छ । प्राज्ञिक लेखन तर्क पद्धतिमा आधारित वस्तुपरक, व्यवस्थित एवम् वैज्ञानिक लेखन भएकाले यो निश्चित पद्धतिमा आधारित हुन्छ । प्राज्ञिक लेखनको अभिलेखीकरण पद्धति यसै विषयसँग सम्बद्ध भएको हुनाले अभिलेखन पद्धतिको सैद्धान्तिक आधारको स्थापना यस अध्ययनमा गरिएको छ । यसका लागि सामग्रीका रूपमा विभिन्न शोधप्रतिवेदन र शोधसँग सम्बद्ध पुस्तक तथा लेखहरूलाई छनौट गरिएको छ । सामग्री छनौट गर्दा नमुना पद्धतिको प्रयोग गरिएको छ । सामग्री विश्लेषणमा गुणात्मक अध्ययन पद्धतिको अवलम्बन गरिएको छ । यो सैद्धान्तिक अध्ययन भएकाले यसमा निष्कर्षको सामान्यीकरणमार्पmत अभिलेखीकरण पद्धतिको सैद्धान्तिक स्वरूपको निर्माण गरिएको छ । अभिलेखीकरण पद्धतिको समुचित प्रयोगबाट नै उपयुक्त प्राज्ञिक लेखन गर्न सम्भव हुने हुनाले प्राज्ञिक लेखकलाई यसको राम्रो दख्खल हुनु आवश्यक छ भन्ने निष्कर्ष यस लेखमा प्रस्तुत छ । नेपाली भाषाका लागि छुट्टै अभिलेखीकरण पद्धतिको आवश्यकता रहेकाले यसका लागि हालको प्रयोगको अवस्था र नेपाली भाषाको अनुकूलताका दृष्टिले एपिए शैलीलाई आधार मानी त्यसलाई अनुकूलन गर्नु उपयुक्त हुन्छ भन्ने कुरालाई प्राप्तिका रूपमा प्रस्तुत गरिएको छ । यस अध्ययनले त्यसका निम्ति एउटा सैद्धान्तिक आधार दिएको कुरा यसमा प्रस्तुत छ ।.

Related Results

नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
प्रस्तुत लेख नेपाली वर्णहरूको उपर्युक्त विन्यासको प्रयोग र नेपाली भाषा सम्पादनमा चिहृनको पहिचानमा आधारित छ । भाषामा स्पष्ट रूपमा व्याकरणिक संरचना र कोशीय अर्थापनमा सन्तुलन ल्याउनका...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
'शहीद' कथामा करुण रस
'शहीद' कथामा करुण रस
प्रस्तुत लेखमा पूर्वीय संस्कृत काव्यशास्त्रमा स्थापित रससिद्धान्तलाई आधार बनाएर गरुप्रसाद मैनालीको शहीद कथामा प्रयुक्त करुण रसको अवस्थाको अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत कथामा ...
‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
नाटक अभिनयद्वारा प्रस्तुत हुने कला हो । विश्वजगत्मा रचना प्रकृतिजन्य र मानवनिर्मित गरी दुई प्रकारको हुन्छ । मानवद्वारा सिर्जना गरिएका कुरालाई कला भनिन्छ । कला मूलतः आनन्दसँग सम्बन्...
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकलाको अध्ययनमा केन्द्रित छ । उपन्यासमा कथा  सर्वाधिक महत्त्वपुर्ण हो । कथाकथन नै उपन्यासको मुख्य पक्ष हो । उपन्यासको कथाकथन ...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्...
लघुकथा र कथाका साम्यवैषम्य
लघुकथा र कथाका साम्यवैषम्य
प्रस्तुत लेख कथा र लघुकथाका साम्यवैषम्यको चर्चामा केन्द्रित छ । कथाको एक प्रभेदका रूपमा देखिएको लघुकथाका बारेमा केही सैद्धान्तिक अस्पष्टता देखिएका छन् । लघुकथालाई चिनाउने सन्दर्भमा...

Back to Top