Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नारीवादी दृष्टिकोणले मसान नाटकको विश्लेषण

View through CrossRef
नारीवादी दृष्टिकोणले मसान नाटकको विश्लेषण शीर्षकमा तयार पारिएको प्रस्तुत लेखमा नारीवादका मान्यताका आधारमा नाटकमा प्रयुक्त नारी पात्रले भोगेको उत्पीडनको अवस्था विश्लेषण गरिएको छ । पाश्चात्य जगत्मा नवीन समालोचना पद्धतिका रूपमा देखिएको नारीवादले साहित्यिक कृतिमा नारी पात्रको भूमिका, अवस्था विश्लेषण गर्छ । यसले नारीमाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अध्ययन गहन रूपले गर्छ । यस आलेखमा मसान’ नाटकमा नारी पात्रले भोगेको विभेद र उत्पीडनको अवस्था कस्तो छ ? भन्ने समस्यामा आधारित भई नाटकका पात्रमा तत्कालीन नेपाली समाजमा नारीहरूले भोगेका समस्याको विश्लेषण गर्ने उद्देश्य राखिएको छ । पुस्तकालय विधिबाट सामग्री सङ्कलन गरी तयार पारिएको यस लेखमा वर्णनात्मक विधि प्रयोग गरी तथ्य विश्लेषण गरिएको छ । यस लेखले मसान नाटकमा रहेको नारी उत्पीडनको अवस्थालाई शुक्ष्म ढङ्गले केलाउनुका अतिरिक्त नेपाली साहित्यका अन्य कृतिहरुमा नारी विभेदको विश्लेषणमा सहयोग गर्ने ठानिएको छ । लेखभित्र तत्कालीन समाजमा लिङ्गगत विभेदका कारण नारीहरूले भोग्नुपरेका उत्पीडनको विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । नाटकमा तत्कालीन समाजमा लिङ्गका आधारमा नारीहरूले सामाजिक न्याय पाउन सकेका छैनन् । यस्तो अन्याय र उत्पीडनको आधार पितृसत्तात्मक समाज र पुरुष हैकमका कारण समाजमा निर्मित भएको लिङ्गविभेद रहेको छ । यस नाटकका लेखक पनि नारी यथार्थको चित्रणमा सीमित रहेको र उनले नारीलाई सकारात्मक विभेद गर्न नसकेको कुरालाई यसमा उल्लेख गरिएको छ ।
Title: नारीवादी दृष्टिकोणले मसान नाटकको विश्लेषण
Description:
नारीवादी दृष्टिकोणले मसान नाटकको विश्लेषण शीर्षकमा तयार पारिएको प्रस्तुत लेखमा नारीवादका मान्यताका आधारमा नाटकमा प्रयुक्त नारी पात्रले भोगेको उत्पीडनको अवस्था विश्लेषण गरिएको छ । पाश्चात्य जगत्मा नवीन समालोचना पद्धतिका रूपमा देखिएको नारीवादले साहित्यिक कृतिमा नारी पात्रको भूमिका, अवस्था विश्लेषण गर्छ । यसले नारीमाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अध्ययन गहन रूपले गर्छ । यस आलेखमा मसान’ नाटकमा नारी पात्रले भोगेको विभेद र उत्पीडनको अवस्था कस्तो छ ? भन्ने समस्यामा आधारित भई नाटकका पात्रमा तत्कालीन नेपाली समाजमा नारीहरूले भोगेका समस्याको विश्लेषण गर्ने उद्देश्य राखिएको छ । पुस्तकालय विधिबाट सामग्री सङ्कलन गरी तयार पारिएको यस लेखमा वर्णनात्मक विधि प्रयोग गरी तथ्य विश्लेषण गरिएको छ । यस लेखले मसान नाटकमा रहेको नारी उत्पीडनको अवस्थालाई शुक्ष्म ढङ्गले केलाउनुका अतिरिक्त नेपाली साहित्यका अन्य कृतिहरुमा नारी विभेदको विश्लेषणमा सहयोग गर्ने ठानिएको छ । लेखभित्र तत्कालीन समाजमा लिङ्गगत विभेदका कारण नारीहरूले भोग्नुपरेका उत्पीडनको विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । नाटकमा तत्कालीन समाजमा लिङ्गका आधारमा नारीहरूले सामाजिक न्याय पाउन सकेका छैनन् । यस्तो अन्याय र उत्पीडनको आधार पितृसत्तात्मक समाज र पुरुष हैकमका कारण समाजमा निर्मित भएको लिङ्गविभेद रहेको छ । यस नाटकका लेखक पनि नारी यथार्थको चित्रणमा सीमित रहेको र उनले नारीलाई सकारात्मक विभेद गर्न नसकेको कुरालाई यसमा उल्लेख गरिएको छ ।.

Related Results

Hindi Sahity Me Narivad Ka Svarup
Hindi Sahity Me Narivad Ka Svarup
आज के मुख्यधारा नारीवाद की प्रकृति–प्रवृत्ति चाहे जो भी हो, औरत की प्रकृति–प्रवृत्ति अपने शोषण के पहले दिन से ही प्रतिरोध कर रही है और आज भी है। औरत एक जिन्दा मनुष्य है जिसने जड़त...
मसान नाटकमा सबाल्टर्न {The Subaltern in Masan Drama}
मसान नाटकमा सबाल्टर्न {The Subaltern in Masan Drama}
प्रस्तुत अध्ययन ‘मसान’ नाटकमा केन्द्रित सबाल्टर्न अध्ययनसँग सम्बन्धित छ । सबाल्टर्न सम्बन्धी अवधारणा माक्र्सवादमा आधारित नवीन अवधारणा हो । यस लेखमा ‘मसान’ नाटकमा रहेका नारी सबाल्टर...
इथरमा कोरिएको प्रेमपत्र नाटकको विश्लेषण
इथरमा कोरिएको प्रेमपत्र नाटकको विश्लेषण
सरुभक्त प्रयोगवादी नेपाली नाटककार हुन् । उनी विज्ञान नाटककारका रूपमा परिचित छन् । उनले साहित्यका विविध विधामा कलम चलाएका छन् तापनि मूलभूत पहिचानको क्षेत्र भने नाटक विधा नै हो । यस ...
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
प्रस्तुत अनुसन्धानात्मक लेख कथाकार इन्दिरा प्रसाइद्धारा लेखिएको ‘दोस्रो सत्ता’ कथामा व्यक्त नारीवादी समालोचना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । यसका निम्ति पाश्चात्य साहित्यको...
सारवस्तुका दृष्टिले अन्धवेग नाटक
सारवस्तुका दृष्टिले अन्धवेग नाटक
नाटक नरनारीका चरित्र र कार्यलाई पात्रका अभिनयका माध्यमद्वारा प्रदर्शित गरिने उद्देश्यले लेखिएको संवादात्मक साहित्यिक विधा भएकाले रङगमञ्चमा गरिने चरित्रको अभिनय हो । बालकृष्ण समद्वा...
नेपालमा नारीवादी विमर्शको चिन्तन
नेपालमा नारीवादी विमर्शको चिन्तन
नेपालमा नारीवादी विमर्शको विकासले परम्परागत पितृसत्तात्मक संरचना, सामाजिक–राजनीतिक परिवर्तन र समानताको आकाङ्क्षाबिचको गतिशील अन्तर्क्रियालाई प्रतिबिम्बित गर्दछ । यो अध्ययनले नारीवा...
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको...
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
नेपाली साहित्यमा चालिसको दशकपछि प्रवृत्तिगत विविधता देखिएको छ । विश्वपरिवेश तथा नेपाली राजनीतिक परिवेशमा देखिएका परिवर्तनको प्रभावस्वरूप साहित्यमा पनि नवीन चिन्तनहरू देखा परेका छन्...

Back to Top