Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता

View through CrossRef
प्रस्तुत अध्ययन प्रिय मौनता कवितासङ्ग्रहका ‘सिल्भिया आफ्नै समाधिबाट’ र ‘नङ्गेली ब्लुज’ कवितामा लैङ्गिकताको अध्ययनमा केन्द्रित छ । ‘मौनता’ लाई स्त्रीलिङ्गी सम्बोधन बनाई प्रेमको उपासनाका केन्द्रमा रचिएका नेत्र एटमका प्रिय मौनताका कविताहरू भौतिक र आध्यात्मक प्रेम र समर्पणको सम्बोधनमा केन्द्रित भए पनि नारी सङ्घर्ष, चेतना र विद्रोहका केही ऐतिहासिक तथ्यसँग पनि जोडिएका छन् र तिनलाई लैङ्गिकताको सैद्धान्तिक आधारमा यहाँ अध्ययन गरिएको छ । कविताको गहन पठन गरी गुणात्मक विश्लेषण विधिबाट गरिएको प्रस्तुत अध्ययनमा नारी सङ्घर्षको ऐतिहासिक सन्दर्भ, शरीर राजनीति र शारीरिक अनुभूति तथा नारी उत्पीडनका विरुद्धको प्रतिरोधी चेतनाका पक्षबाट यस सङ्ग्रहका दुई कविताको मात्र विश्लेषण गरिएको छ । सिल्भिया र नङ्गेली जस्ता पश्चिमी (अमेरिका) र पूर्वीय (भारत) समाजका जुझारी नारी पात्रको सामाजिक ऐतिहासिक जीवनको कथा, उनीहरूलाई तत्कालीन सत्ता र समाजको भोगवादी दृष्टिकोणले गरेको विभेद तथा तिनका विरुद्ध ती दुवै नारीको जीवन समाप्तिसँगैको विद्रोहको सञ्चेतना यस अध्ययनमा समेटिएका छन् । सङ्ग्रहका दुई कविताको अध्ययनबाट सिल्भिया र नङ्गेली जस्ता जुझारू नारीको जीवनसङ्घर्षका कतिपय सबल पाटालाई सम्प्रेषण गर्न नसके पनि नेत्र एटमका कवितामा लैङ्गिकताको पाटो संवेदनशील रूपमा रहेको निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ ।
Nepal Journals Online (JOL)
Title: प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
Description:
प्रस्तुत अध्ययन प्रिय मौनता कवितासङ्ग्रहका ‘सिल्भिया आफ्नै समाधिबाट’ र ‘नङ्गेली ब्लुज’ कवितामा लैङ्गिकताको अध्ययनमा केन्द्रित छ । ‘मौनता’ लाई स्त्रीलिङ्गी सम्बोधन बनाई प्रेमको उपासनाका केन्द्रमा रचिएका नेत्र एटमका प्रिय मौनताका कविताहरू भौतिक र आध्यात्मक प्रेम र समर्पणको सम्बोधनमा केन्द्रित भए पनि नारी सङ्घर्ष, चेतना र विद्रोहका केही ऐतिहासिक तथ्यसँग पनि जोडिएका छन् र तिनलाई लैङ्गिकताको सैद्धान्तिक आधारमा यहाँ अध्ययन गरिएको छ । कविताको गहन पठन गरी गुणात्मक विश्लेषण विधिबाट गरिएको प्रस्तुत अध्ययनमा नारी सङ्घर्षको ऐतिहासिक सन्दर्भ, शरीर राजनीति र शारीरिक अनुभूति तथा नारी उत्पीडनका विरुद्धको प्रतिरोधी चेतनाका पक्षबाट यस सङ्ग्रहका दुई कविताको मात्र विश्लेषण गरिएको छ । सिल्भिया र नङ्गेली जस्ता पश्चिमी (अमेरिका) र पूर्वीय (भारत) समाजका जुझारी नारी पात्रको सामाजिक ऐतिहासिक जीवनको कथा, उनीहरूलाई तत्कालीन सत्ता र समाजको भोगवादी दृष्टिकोणले गरेको विभेद तथा तिनका विरुद्ध ती दुवै नारीको जीवन समाप्तिसँगैको विद्रोहको सञ्चेतना यस अध्ययनमा समेटिएका छन् । सङ्ग्रहका दुई कविताको अध्ययनबाट सिल्भिया र नङ्गेली जस्ता जुझारू नारीको जीवनसङ्घर्षका कतिपय सबल पाटालाई सम्प्रेषण गर्न नसके पनि नेत्र एटमका कवितामा लैङ्गिकताको पाटो संवेदनशील रूपमा रहेको निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ ।.

Related Results

लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...
कम्लरी कवितामा अभिव्यञ्जित यथार्थ
कम्लरी कवितामा अभिव्यञ्जित यथार्थ
प्रस्तुत अध्ययन ‘कम्लरी’ कवितामा यथार्थवादी अभिव्यञ्जनामा केन्द्रित रहेको छ । ‘कम्लरी’ कवि शीला योगीद्वारा रचित यथार्थवादी कविता हो । यस कवितामा पश्चिममा बसोबास गर्ने आदिवासी थारू ...
‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शन {Vedic Philosophies in ‘Dhan-Mahima’}
‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शन {Vedic Philosophies in ‘Dhan-Mahima’}
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शनका मूलभूत मान्यताहरूको विश्लेषण गरिएको छ । धनलाई सर्वस्व ठानेर यसकोे पछि लागी धन थुपारेर मानिस...
भेट कविताको संरचनात्मक विश्लेषण
भेट कविताको संरचनात्मक विश्लेषण
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्ट...

Back to Top