Javascript must be enabled to continue!
‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शन {Vedic Philosophies in ‘Dhan-Mahima’}
View through CrossRef
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शनका मूलभूत मान्यताहरूको विश्लेषण गरिएको छ । धनलाई सर्वस्व ठानेर यसकोे पछि लागी धन थुपारेर मानिसलाई पारमार्थिकसरख नमिल्ने, जगत्को हितमा उपयोग गर्नुपर्ने धनप्रति मानिस आसक्त भई लागेर मोक्ष मार्गमा पुग्न नसकिने, प्रवृत्त मार्गमा लागेर बन्धन तथा दुःखमा मात्र पाइने, पारमार्थिक सुख नमिल्ने कर्म शुभकर्म नहुने, जति धन भए पनि सन्तुष्टि नहुने र अज्ञानताका कारण मानिस निवृत्तिमार्गमा नभई प्रवृत्तिमार्गमा लागेका जस्ता विषयहरू वैदिक दर्शनका मान्यतामा आधारित देखिन्छन् । कवितामा धनको महिमा गायन गरिए पनि अन्तर्यमा धैर्य गर्नुपर्ने, पारमार्थिक सत्य र सुखको खोजीमा लाग्नुपर्नेजस्ता वैदिक षड्दर्शनका विचारहरू कवितामा व्यक्त भएका छन् । सामग्री सङ्कलनमा पुस्तकालय विधिको प्रयोग गरिएको यस लेखमा प्राथमिक स्रोत सामग्रीको रूपमा ‘लालित्य भाग १’ कविता सङ्ग्रहमा सङ्गृहीत ‘धन–महिमा’ कविता र द्वितीय स्रोतका रूपमा वैदिक दर्शनसँग सम्बन्धित ग्रन्थहरू, समालोचनात्मक कृतिहरू, लेखहरू तथा अनुसन्धनात्मक लेखहरूलाई लिइएको छ । यहाँ वैदिक षड्दर्शनहरू (साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त दर्शन)का लोभ, मोह, दुःख, मोक्ष, निवृत्तिमार्ग, अविद्या, माया, बन्धनका सम्बन्धमा रहेका मान्यताहरूलाई आधार मानेर कविताशंहरूलाई दृष्टान्त दिएर पाठपरक विधिमार्फत विश्लेषण गरिएको छ ।
Nepal Journals Online (JOL)
Title: ‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शन {Vedic Philosophies in ‘Dhan-Mahima’}
Description:
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शनका मूलभूत मान्यताहरूको विश्लेषण गरिएको छ । धनलाई सर्वस्व ठानेर यसकोे पछि लागी धन थुपारेर मानिसलाई पारमार्थिकसरख नमिल्ने, जगत्को हितमा उपयोग गर्नुपर्ने धनप्रति मानिस आसक्त भई लागेर मोक्ष मार्गमा पुग्न नसकिने, प्रवृत्त मार्गमा लागेर बन्धन तथा दुःखमा मात्र पाइने, पारमार्थिक सुख नमिल्ने कर्म शुभकर्म नहुने, जति धन भए पनि सन्तुष्टि नहुने र अज्ञानताका कारण मानिस निवृत्तिमार्गमा नभई प्रवृत्तिमार्गमा लागेका जस्ता विषयहरू वैदिक दर्शनका मान्यतामा आधारित देखिन्छन् । कवितामा धनको महिमा गायन गरिए पनि अन्तर्यमा धैर्य गर्नुपर्ने, पारमार्थिक सत्य र सुखको खोजीमा लाग्नुपर्नेजस्ता वैदिक षड्दर्शनका विचारहरू कवितामा व्यक्त भएका छन् । सामग्री सङ्कलनमा पुस्तकालय विधिको प्रयोग गरिएको यस लेखमा प्राथमिक स्रोत सामग्रीको रूपमा ‘लालित्य भाग १’ कविता सङ्ग्रहमा सङ्गृहीत ‘धन–महिमा’ कविता र द्वितीय स्रोतका रूपमा वैदिक दर्शनसँग सम्बन्धित ग्रन्थहरू, समालोचनात्मक कृतिहरू, लेखहरू तथा अनुसन्धनात्मक लेखहरूलाई लिइएको छ । यहाँ वैदिक षड्दर्शनहरू (साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त दर्शन)का लोभ, मोह, दुःख, मोक्ष, निवृत्तिमार्ग, अविद्या, माया, बन्धनका सम्बन्धमा रहेका मान्यताहरूलाई आधार मानेर कविताशंहरूलाई दृष्टान्त दिएर पाठपरक विधिमार्फत विश्लेषण गरिएको छ ।.
Related Results
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान...
The Rig-Vedic and Post-Rig-Vedic Polity (1500 BCE-500 BCE) [PDF, E-Book]
The Rig-Vedic and Post-Rig-Vedic Polity (1500 BCE-500 BCE) [PDF, E-Book]
The book critically examines and assesses the literary evidence available through Vedic and allied literature portraying the nature of Vedic polity, the functionalities of its vari...
The Rig-Vedic and Post-Rig-Vedic Polity (1500 BCE-500 BCE) [EPUB, E-Book]
The Rig-Vedic and Post-Rig-Vedic Polity (1500 BCE-500 BCE) [EPUB, E-Book]
The book critically examines and assesses the literary evidence available through Vedic and allied literature portraying the nature of Vedic polity, the functionalities of its vari...
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बना...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
भोकको लय कवितासङ्ग्रहमा दलितचेत
भोकको लय कवितासङ्ग्रहमा दलितचेत
प्रस्तुत लेखमा दलितचेतका मान्यताहरूलाई आधार बनाई भोकको लय कवितासङ्ग्रहको अध्ययन गरिएको छ । भोकको लय कवितासङ्ग्रहमा के-कस्तो दलितचेत पाइन्छ भन्ने समस्यामा केन्द्रित रहेर यो अध्ययन ग...
Assessment of protein and zinc-rich rice varieties CR Dhan 311 and CR Dhan 315 in North Central plateau Zone of Odisha, India
Assessment of protein and zinc-rich rice varieties CR Dhan 311 and CR Dhan 315 in North Central plateau Zone of Odisha, India
An On- Farm trial was exicuted at farmers field in 7 locations of Mayurbhanj district of Odisha during Kharif 2021-2022 and 2022-2023 to evaluate the performance of protein rich ri...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...

