Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

श्रीपशुपतिनाथको पुजारी परम्पराको परिशीलन

View through CrossRef
सर्वाम्नायका स्वामी भगवान् श्रीपशुपतिनाथको मन्दिरसँग जोडिएको प्राचीनता, परम्परा र धार्मिक मूल्यमान्यता, रीतिस्थितिका सापेक्ष नै पुजारी परम्परा पनि चलिआएको छ । सनातनी हिन्दूहरूको धार्मिक आस्था र विश्वासको केन्द्र श्रीपशुपतिनाथको पुजारी हुनका लागि निर्धारण गरिएका योग्यताहरू पनि हिन्दू धर्मावलम्बीहरूको आस्था र विश्वाससँग सम्बन्धित विषयहरू हुन् । भारतीय भट्ट पुजारी परम्परा पशुपतिनाथमा अक्षुण्ण रूपले अद्यापि चलिआएको सुदीर्घ परम्परा हो । परम्परा कानुनका रूपमा रहन पुगेको हुन्छ, वैधानिकता प्राप्त गरेको हुन्छ अर्थात् त्यसलाई संविधानले पनि आत्मसात् गरेको हुन्छ । सनातनदेखि चलिआएको परम्परा र त्यससँग जोडिएको धार्मिक आस्था र विश्वासलाई खलल पार्न कसैले पनि विवाद उठाउनु मनासिब रहँदैन । सामयिक सन्दर्भमा जनजीवनसँग जोडिएर रहेको यस सम्बन्धलाई कुटनीति र द्विदेशीय सम्बन्धका रूपमा लिने, सडकमा नाराबाजी गर्ने, सामाजिक सञ्जालमा यसको शास्त्रीय एवं सांस्कृतिक पक्षलाई बुझ्दै नबुझी एकतर्फी आलोचना गर्ने गरिएको पाइन्छ जसले गर्दा जनस्तरको सम्बन्ध अहिले जटिल सम्बन्धमा रूपान्तरित हुँदै गएको छ । यस लेखमा पशुपतिनाथ मन्दिरको भट्ट परम्परा र सोसँग सम्बन्धित विविध विषयवस्तुहरूलाई उठान गरी केलाउने चेष्टा गरिएको छ ।
Title: श्रीपशुपतिनाथको पुजारी परम्पराको परिशीलन
Description:
सर्वाम्नायका स्वामी भगवान् श्रीपशुपतिनाथको मन्दिरसँग जोडिएको प्राचीनता, परम्परा र धार्मिक मूल्यमान्यता, रीतिस्थितिका सापेक्ष नै पुजारी परम्परा पनि चलिआएको छ । सनातनी हिन्दूहरूको धार्मिक आस्था र विश्वासको केन्द्र श्रीपशुपतिनाथको पुजारी हुनका लागि निर्धारण गरिएका योग्यताहरू पनि हिन्दू धर्मावलम्बीहरूको आस्था र विश्वाससँग सम्बन्धित विषयहरू हुन् । भारतीय भट्ट पुजारी परम्परा पशुपतिनाथमा अक्षुण्ण रूपले अद्यापि चलिआएको सुदीर्घ परम्परा हो । परम्परा कानुनका रूपमा रहन पुगेको हुन्छ, वैधानिकता प्राप्त गरेको हुन्छ अर्थात् त्यसलाई संविधानले पनि आत्मसात् गरेको हुन्छ । सनातनदेखि चलिआएको परम्परा र त्यससँग जोडिएको धार्मिक आस्था र विश्वासलाई खलल पार्न कसैले पनि विवाद उठाउनु मनासिब रहँदैन । सामयिक सन्दर्भमा जनजीवनसँग जोडिएर रहेको यस सम्बन्धलाई कुटनीति र द्विदेशीय सम्बन्धका रूपमा लिने, सडकमा नाराबाजी गर्ने, सामाजिक सञ्जालमा यसको शास्त्रीय एवं सांस्कृतिक पक्षलाई बुझ्दै नबुझी एकतर्फी आलोचना गर्ने गरिएको पाइन्छ जसले गर्दा जनस्तरको सम्बन्ध अहिले जटिल सम्बन्धमा रूपान्तरित हुँदै गएको छ । यस लेखमा पशुपतिनाथ मन्दिरको भट्ट परम्परा र सोसँग सम्बन्धित विविध विषयवस्तुहरूलाई उठान गरी केलाउने चेष्टा गरिएको छ ।.

Related Results

लिच्छविकालिन विद्वत परम्परा
लिच्छविकालिन विद्वत परम्परा
विद्वानहरूले आपूसित भएको विद्वत् भाव वा विशेष ज्ञानलाई प्रदर्शन गर्ने रीतिलाई विद्वत् परम्परा भनिन्छ । लिच्छविकालिन सौन्दर्यताले विद्वत् परम्परा बुझ्न र वर्तमानलाई अभ्यस्त गराउन गु...
नेपाली लोकसाहित्यको प्राज्ञिक उन्नयन
नेपाली लोकसाहित्यको प्राज्ञिक उन्नयन
प्रस्तुत लेख नेपाली लोकसाहित्यको प्राज्ञिक उन्नयनसँग सम्बन्धित छ । यसमा नेपाली लोकसाहित्यका विभन्नि विधाहरूको सङ्कलन, अध्ययन र अनुसन्धान परम्पराको सर्वेक्षण गरिएको छ । यसक्रममा लोक...
नेपालको इतिहासमा सिद्ध र प्रथम सहिद लखन थापा मगर
नेपालको इतिहासमा सिद्ध र प्रथम सहिद लखन थापा मगर
सानो गोर्खा राज्यको इतिहास देखि सिङगो नेपालको इतिहासमा देखिएका एकै जाति ,समूदाय, एकै स्थानमा महत्वपूर्ण ऐतिहासिक व्यक्तित्वहरु सिद्ध लखन थापा मगर र प्रथम सहिद खलन थापा मगरको उदय र ...
किरात पारिबुङको सांस्कृतिक अभ्यास
किरात पारिबुङको सांस्कृतिक अभ्यास
पारिबुङ भन्नाले विभिन्न कार्यक्रमस्थल सजावट गर्न टाँगिने कपडा÷कागजको झन्डा वातोरन भनेर बुझिन्छ । किरात थुलुङ राई भाषामा ‘पारी’ भनेको खुला आकाश (पारी = खुलाआकाश), ‘बुङ’ भनेको फूल (ब...
सप्तविधानुत्तर पूजा Saptavidhanuttar Puja
सप्तविधानुत्तर पूजा Saptavidhanuttar Puja
बौद्ध धर्ममा, जहाँ जहाँ गयो त्यहाँ त्यहाँ कै संस्कृति र परम्परा मिसिएर स्थानअनुसारकोस्वरुप पाउँदछौ । जस्तैः चाइनिज, जापानिज, श्रीलंकन, थाइ, ताइवानी, बर्मेली,भुटानी, कोरियन आदि बुद्...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
सँगिनीमा व्यक्त संस्कृति
सँगिनीमा व्यक्त संस्कृति
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा...
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
‘ख्वपदेश’ भादगाउँले (भक्तपुरे) समाजको सामाजिक र सांस्कृतिक पक्षलाई ऐतिहासिक परिवेशमा राखेर सिर्जना गरिएको उपन्यास हो । भादगाउँले समाजका रीतिस्थिति, प्रथा परम्परा, चालचलन र त्यहाँ व...

Back to Top