Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

लिच्छविकालिन विद्वत परम्परा

View through CrossRef
विद्वानहरूले आपूसित भएको विद्वत् भाव वा विशेष ज्ञानलाई प्रदर्शन गर्ने रीतिलाई विद्वत् परम्परा भनिन्छ । लिच्छविकालिन सौन्दर्यताले विद्वत् परम्परा बुझ्न र वर्तमानलाई अभ्यस्त गराउन गुण धर्मको काम गर्दछ । सत्य प्राप्त गर्नु ज्ञानको मूल ध्येय हो । ज्ञान प्रशारण, समाजिक सेवा, मानवकल्याण, गुठी व्यवस्था, कर  प्रणाली , इश्वरीय शक्ति, स्वशासन, तहगत राज्य संरचना, नारी स्वतन्त्रता आदि लिच्छविकालिन समाजको प्रमुख दार्शनिक एवं सैद्धान्तिक पक्ष हुन् । लिच्छविकालिन  विद्वत् परम्परा यिनै दर्शन र सिद्धान्त वरपर घुमेको छ । लिच्छविकालिन समाजको संरचनात्मक रुप अर्थात तत्कालीन समाजले सृजना गरेको सामाजिक मान्यता, चलित मूल्य, ब्यवहार, नियम, धारणबाट लिच्छवि समाज निर्माणको मापन गर्न सकिन्छ । यो नै लिच्छविकालिन विद्वत् परम्पराको तत्वमिमांस हो । लिच्छविकालिन सामाजिक संरचनाले विकास गरेको ज्ञान, बुझाई वर्णन गर्न वा तत्कालीन समाज दर्शाउने भएकोले यस लेखमा ब्याख्यात्मक दृष्टिकोणबाट दर्शनलाई  प्रयोग गरिएको छ । विद्वत्, विद्या, ज्ञानको वास्तविकता, विद्वता प्रभाव, विद्वताको श्रोत, विद्वताको सामाजिकीकरणको श्रृखलाहरू माथि ऐतिहासिक पद्धति र दृष्टिकोणको आधारमा तत्कालीन समाजलाई हेरि ज्ञान प्रशाारणको भाव बुझाउने जमर्को गरिएको छ । यो नै लिच्छविकालिन विद्वत् परम्पराको ज्ञानमिमांस हो । गुरुकुल, सम्मेलन, परिषद्, सभा, विश्वविद्यालय, विहार, गुम्वा, घ्याङ् विद्वताको माध्यम वा श्रोत हुन् । विद्वता र वौद्धिकताको आलोकमा लिच्छविकालिन ज्ञान विज्ञानको वास्तविकता भेट्न विद्वत् परम्पराको बोध हुनु उत्तिकै आवश्यक छ । लिच्छविकालिन विद्वत् परम्पराको छत्रछाँयामा ज्ञान तत्कालीन समाजमा प्रशारण भएको भेटिन्छ, वास्तुकला, शिलालेख लेखन यसको उदाहरण हो । विद्वानहरूले गरेको अति उत्कृष्ट कार्यको नमूनाको रुपमा विद्वत् परम्परालाई लिन सकिन्छ । यो नै लिच्छविकालिन विद्वत् परम्पराको मूल्यमिमांस हो । तर वर्तमान समाजले यो पक्षमाथि दृष्टिगोचर गरिएको पाइदैन । विश्वका विविध ज्ञान परम्पराहरू जस्तै नेपाली ज्ञान परम्पराको ऐतिहासिक विरासत जीवन्त पार्न प्रमाणित इतिहासको थालनीको अवधि भएकाले लिच्छविकालिन विद्वत् परम्पराको अनुशीलन जरुरी छ । तसर्थ प्रस्तुत अध्ययनको उद्देश्य लिच्छविकालिन विद्वत् परम्पराको खोज र अध्ययन गर्नु रहेको छ । 
Title: लिच्छविकालिन विद्वत परम्परा
Description:
विद्वानहरूले आपूसित भएको विद्वत् भाव वा विशेष ज्ञानलाई प्रदर्शन गर्ने रीतिलाई विद्वत् परम्परा भनिन्छ । लिच्छविकालिन सौन्दर्यताले विद्वत् परम्परा बुझ्न र वर्तमानलाई अभ्यस्त गराउन गुण धर्मको काम गर्दछ । सत्य प्राप्त गर्नु ज्ञानको मूल ध्येय हो । ज्ञान प्रशारण, समाजिक सेवा, मानवकल्याण, गुठी व्यवस्था, कर  प्रणाली , इश्वरीय शक्ति, स्वशासन, तहगत राज्य संरचना, नारी स्वतन्त्रता आदि लिच्छविकालिन समाजको प्रमुख दार्शनिक एवं सैद्धान्तिक पक्ष हुन् । लिच्छविकालिन  विद्वत् परम्परा यिनै दर्शन र सिद्धान्त वरपर घुमेको छ । लिच्छविकालिन समाजको संरचनात्मक रुप अर्थात तत्कालीन समाजले सृजना गरेको सामाजिक मान्यता, चलित मूल्य, ब्यवहार, नियम, धारणबाट लिच्छवि समाज निर्माणको मापन गर्न सकिन्छ । यो नै लिच्छविकालिन विद्वत् परम्पराको तत्वमिमांस हो । लिच्छविकालिन सामाजिक संरचनाले विकास गरेको ज्ञान, बुझाई वर्णन गर्न वा तत्कालीन समाज दर्शाउने भएकोले यस लेखमा ब्याख्यात्मक दृष्टिकोणबाट दर्शनलाई  प्रयोग गरिएको छ । विद्वत्, विद्या, ज्ञानको वास्तविकता, विद्वता प्रभाव, विद्वताको श्रोत, विद्वताको सामाजिकीकरणको श्रृखलाहरू माथि ऐतिहासिक पद्धति र दृष्टिकोणको आधारमा तत्कालीन समाजलाई हेरि ज्ञान प्रशाारणको भाव बुझाउने जमर्को गरिएको छ । यो नै लिच्छविकालिन विद्वत् परम्पराको ज्ञानमिमांस हो । गुरुकुल, सम्मेलन, परिषद्, सभा, विश्वविद्यालय, विहार, गुम्वा, घ्याङ् विद्वताको माध्यम वा श्रोत हुन् । विद्वता र वौद्धिकताको आलोकमा लिच्छविकालिन ज्ञान विज्ञानको वास्तविकता भेट्न विद्वत् परम्पराको बोध हुनु उत्तिकै आवश्यक छ । लिच्छविकालिन विद्वत् परम्पराको छत्रछाँयामा ज्ञान तत्कालीन समाजमा प्रशारण भएको भेटिन्छ, वास्तुकला, शिलालेख लेखन यसको उदाहरण हो । विद्वानहरूले गरेको अति उत्कृष्ट कार्यको नमूनाको रुपमा विद्वत् परम्परालाई लिन सकिन्छ । यो नै लिच्छविकालिन विद्वत् परम्पराको मूल्यमिमांस हो । तर वर्तमान समाजले यो पक्षमाथि दृष्टिगोचर गरिएको पाइदैन । विश्वका विविध ज्ञान परम्पराहरू जस्तै नेपाली ज्ञान परम्पराको ऐतिहासिक विरासत जीवन्त पार्न प्रमाणित इतिहासको थालनीको अवधि भएकाले लिच्छविकालिन विद्वत् परम्पराको अनुशीलन जरुरी छ । तसर्थ प्रस्तुत अध्ययनको उद्देश्य लिच्छविकालिन विद्वत् परम्पराको खोज र अध्ययन गर्नु रहेको छ । .

Related Results

श्रीपशुपतिनाथको पुजारी परम्पराको परिशीलन
श्रीपशुपतिनाथको पुजारी परम्पराको परिशीलन
सर्वाम्नायका स्वामी भगवान् श्रीपशुपतिनाथको मन्दिरसँग जोडिएको प्राचीनता, परम्परा र धार्मिक मूल्यमान्यता, रीतिस्थितिका सापेक्ष नै पुजारी परम्परा पनि चलिआएको छ । सनातनी हिन्दूहरूको धा...
भारतीय ज्ञान-परम्परा में शुक्रनीति का योगदान
भारतीय ज्ञान-परम्परा में शुक्रनीति का योगदान
भारतीय ज्ञान-परम्परा हमारे प्राचीन आचार्यों द्वारा रोपित वह वृक्ष है जिसकी शाखाएँ वेद, वेदांग, उपनिषद्, पुराण, इतिहास, स्मृतिग्रन्थ, नीतिग्रन्थ के रूप में पुष्पित व पल्लवित हो रही ...
भारतीय ज्ञान परम्परा और इतिहास : विश्वबोध, भारतबोध एवं सांस्कृतिक विरासत का विमर्श
भारतीय ज्ञान परम्परा और इतिहास : विश्वबोध, भारतबोध एवं सांस्कृतिक विरासत का विमर्श
भारतीय ज्ञान परम्परा विश्व की प्राचीनतम एवं समृद्ध ज्ञान-धाराओं में से एक है, जिसने मानव जीवन के दार्शनिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक और नैतिक पक्षों को व्यापक रूप से प्रभावित ...
सप्तविधानुत्तर पूजा Saptavidhanuttar Puja
सप्तविधानुत्तर पूजा Saptavidhanuttar Puja
बौद्ध धर्ममा, जहाँ जहाँ गयो त्यहाँ त्यहाँ कै संस्कृति र परम्परा मिसिएर स्थानअनुसारकोस्वरुप पाउँदछौ । जस्तैः चाइनिज, जापानिज, श्रीलंकन, थाइ, ताइवानी, बर्मेली,भुटानी, कोरियन आदि बुद्...
सँगिनीमा व्यक्त संस्कृति
सँगिनीमा व्यक्त संस्कृति
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा...
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति’ शीर्षकको लेख नेपाली टुक्कामा के कस्तो संस्कार संस्कृतिको प्रभाव छ भन्ने जिज्ञासाको अध्ययनमा आधारित छ । संस्कार भनेको परम्पराको परिष्कृत स्व...
नेपाली लोकसाहित्यको प्राज्ञिक उन्नयन
नेपाली लोकसाहित्यको प्राज्ञिक उन्नयन
प्रस्तुत लेख नेपाली लोकसाहित्यको प्राज्ञिक उन्नयनसँग सम्बन्धित छ । यसमा नेपाली लोकसाहित्यका विभन्नि विधाहरूको सङ्कलन, अध्ययन र अनुसन्धान परम्पराको सर्वेक्षण गरिएको छ । यसक्रममा लोक...
राजभण्डार महाराजथानः सांस्कृतिक अध्ययन {Cultural Study of Rajbhandar Maharajsthan}
राजभण्डार महाराजथानः सांस्कृतिक अध्ययन {Cultural Study of Rajbhandar Maharajsthan}
ग्रामथान गाउँका स्थानीय मिलेर सामूहिक रुपमा ग्रामीण देउदेउताको पूजाउपासना गर्ने उद्देश्यले निर्माण गरिएका देवस्थल हुन् । स्थानीय क्षेत्रमा असलर उदाहरणीय कार्य गरी ख्याति आर्जन गरेक...

Back to Top