Javascript must be enabled to continue!
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
View through CrossRef
गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रूपमा लिई संरचनागत विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन खासगरी लोकगीतको (विधातात्त्विक तथा लोकतात्त्विक) सैद्धान्तिक परिधिभित्र रही अवधारणात्मक रूपमा अध्ययन अगाडि बढाइएको छ । यसमा लोकगीतका तत्त्वहरुका आधारमा नेपालको गोरखा जिल्लाको मनकामना र तनहुँको बन्दीपुर लगायत सेरोफेरोको लोक जीवनमा प्रचलित ‘फूलपाती भाकेर मनकामना, आयो बन्दीपुर’ शीर्षकको गीत/लोकगीतको विश्लेषण गरी निष्कर्ष निकालिएको छ । गीत/लोकगीतको आफ्नो विधागत संरचना हुन्छ भने यो सोद्देश्यपूर्ण पनि हुन्छ । अन्तर्वार्ता तथा पुुस्तकालयीय विधिबाट प्राप्त तथ्यङ्कहरुलाई विश्लेषण गर्दा प्रस्तुत गीतमा जनजिब्रोका शब्दहरु प्रयोग भएको तथा लय, छन्द, अन्तराका लागि पुनरावृत्ति देखिएको छ । धार्मिक (मनकामना), आर्थिक (फुलहरु बेच्ने र किन्ने), भौगोलिक (गोरखा, तनहुँ) विशेषता जगाउने शब्दावली प्रयोग भएको पाइयो । प्रस्तुत गीत/लोकगीतमा ग्रामीण जनजीवनका सामाजिक चालचलन, संस्कार, रीतिथिति एवम् परम्परा र लोक विश्वासहरु कथ्य विषयका रूपमा आएका छन् । यससँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथै सरल ग्रामीण जीवनको सहज जीवन भोगाइलाई प्रतिविम्बित गर्ने उद्देश्य पनि यस गीतको रहेको छ । अध्ययनबाट प्रस्तुत गीत÷लोकगीत विधातात्त्विक संरचनाका दृष्टिले मात्र नभएर ग्रामीण जनजीवनको यथार्थ एवम् स्वाभाविक अभिव्यक्तिका दृष्टिले पनि महत्त्वपूर्ण रहेको तथ्य प्राप्त भएको छ ।
Title: ‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
Description:
गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रूपमा लिई संरचनागत विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन खासगरी लोकगीतको (विधातात्त्विक तथा लोकतात्त्विक) सैद्धान्तिक परिधिभित्र रही अवधारणात्मक रूपमा अध्ययन अगाडि बढाइएको छ । यसमा लोकगीतका तत्त्वहरुका आधारमा नेपालको गोरखा जिल्लाको मनकामना र तनहुँको बन्दीपुर लगायत सेरोफेरोको लोक जीवनमा प्रचलित ‘फूलपाती भाकेर मनकामना, आयो बन्दीपुर’ शीर्षकको गीत/लोकगीतको विश्लेषण गरी निष्कर्ष निकालिएको छ । गीत/लोकगीतको आफ्नो विधागत संरचना हुन्छ भने यो सोद्देश्यपूर्ण पनि हुन्छ । अन्तर्वार्ता तथा पुुस्तकालयीय विधिबाट प्राप्त तथ्यङ्कहरुलाई विश्लेषण गर्दा प्रस्तुत गीतमा जनजिब्रोका शब्दहरु प्रयोग भएको तथा लय, छन्द, अन्तराका लागि पुनरावृत्ति देखिएको छ । धार्मिक (मनकामना), आर्थिक (फुलहरु बेच्ने र किन्ने), भौगोलिक (गोरखा, तनहुँ) विशेषता जगाउने शब्दावली प्रयोग भएको पाइयो । प्रस्तुत गीत/लोकगीतमा ग्रामीण जनजीवनका सामाजिक चालचलन, संस्कार, रीतिथिति एवम् परम्परा र लोक विश्वासहरु कथ्य विषयका रूपमा आएका छन् । यससँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथै सरल ग्रामीण जीवनको सहज जीवन भोगाइलाई प्रतिविम्बित गर्ने उद्देश्य पनि यस गीतको रहेको छ । अध्ययनबाट प्रस्तुत गीत÷लोकगीत विधातात्त्विक संरचनाका दृष्टिले मात्र नभएर ग्रामीण जनजीवनको यथार्थ एवम् स्वाभाविक अभिव्यक्तिका दृष्टिले पनि महत्त्वपूर्ण रहेको तथ्य प्राप्त भएको छ ।.
Related Results
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइ...
गलबन्दी लोकदोहोरी गीतको संवाद विश्लेषण {Conversation Analysis of Galbandi Folk Dohori Song}
गलबन्दी लोकदोहोरी गीतको संवाद विश्लेषण {Conversation Analysis of Galbandi Folk Dohori Song}
प्रस्तुत आलेख ‘गलबन्दी’ लोकदोहोरी गीतमा रहेको संवाद विश्लेषणमा केन्द्रित रहेको छ । संवाद सङ्कथन अन्तर्गत पर्ने अर्थपूर्ण अभिव्यक्ति वा भाषिक उच्चार हो । संवादले कुराकानीमा सहभागीका...
तम्मर तरौँन लोकगीतको विधातात्त्विक अध्ययन
तम्मर तरौँन लोकगीतको विधातात्त्विक अध्ययन
प्रस्तुत लेख लोकसाहित्यका विधाहरूमध्ये लोकप्रिय विधाका रूपमा परिचित ‘तम्मरै तरौँन’ लोकगीतको विधातत्त्वका आधारमा विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रहेको छ । यस क्रममा लोकसाहित्यका...
सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
समाजशास्त्री एवम् मानवशास्त्रीहरूले परिवारलाई सामाजिक र जैविक दुवै खालको सम्बन्धको एकीकृत स्वरूपको रूपमा चर्चा गर्ने गरेका छन् । यसै सन्दर्भमा यस आलेखको मूल ध्येय सामाजिक मानवशास्त...
भेट कविताको संरचनात्मक विश्लेषण
भेट कविताको संरचनात्मक विश्लेषण
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्ट...
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
नेपालमा उच्च शिक्षाको सुरुवात वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगैै भएको मानिन्छ । बढ्दो विश्वव्यापीकरण, प्रविधिको विस्तार तथा शिक्षण सिकाइमा आएको नवीनतम् प्रविधिको प्रयोगल...
राष्ट्रीय शिक्षा नीति 2020 और शिक्षक उत्तरदायित्व: एक विश्लेषण
राष्ट्रीय शिक्षा नीति 2020 और शिक्षक उत्तरदायित्व: एक विश्लेषण
राष्ट्रीय शिक्षा नीति (एनईपी) 2020 भारत के शैक्षिक परिदृश्य में एक परिवर्तनकारी बदलाव का प्रतीक है, जिसका लक्ष्य देश की शिक्षा प्रणाली को 21वीं सदी के वैश्विक मानकों के अनुरूप बनान...
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...


