Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना

View through CrossRef
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिएका सव्रिmय पात्रहरूको प्रयोग गरिएको छ । युगौंदेखिको दलहनबाट मुक्ति प्राप्तिका निम्ति लामो युद्ध लडेका लडाकु नै अयोग्य ठहर हुँदा तथा व्रmान्ति सम्झौतामा टुङ्गिँदा अस्वीकार गरी व्रmान्ति कहिल्यै रोकिंदैन भन्ने धारणा राखेर अग्रगमनतर्फ लागेका वर्गीय पात्रहरू पनि प्रयोग गरिएको छ । तसर्थ यस लेखमा जनयुद्धजन्य कथावस्तु रहेको ।।।यस उपन्यासमा चित्रण गरिएका नारी पात्रहरूमा वर्गचेतना केकस्तो रहेको छ भन्ने प्राज्ञिक जिज्ञासालाई माक्र्सवादी दृष्टिकोणबाट अध्ययन गरी निरूपण गर्नु नै मुख्य उद्देश्य बनाइएको छ । जनयुद्धजन्य कथावस्तु रहेका यस आख्यानमा प्रयोग गरिएका नारीपात्रहरू सचेत रूपमा वर्गीय सङ्घर्षमा होमिएका छन् । नेपाली समाजमा चलेको दसबर्शे वर्गद्वन्द्व र सचेतनाको प्रभावमा नेपाली नारीहरूले वर्गीय मुक्ति सचेतना बिस्तार, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि गरेका सबल प्रयासहरु यहाँ उद्घाटन गरिएको छ । उपन्यासमा व्रmान्तिकारी वर्गचेतना पुरुषपात्रहरूका तुलनात्मकमा नारी पात्रहरू सबल रहेको देखिन्छ । जनयुद्धमा सहभागी भएका नारीपात्रहरू कलम वा तरवार जे समातेर पनि श्रमजीवी तथा सर्वहारा वर्गीय जनताका उत्थानका निम्ति सचेत रूपमा सङ्घर्षरत छन् । यसरी सङ्घर्ष गर्दागर्दै केहीले सहादत प्राप्त गरेका छन् भने केही व्रmान्ति सम्झौतामा पुगेपछि अयोग्य लडाकु सावित हुँदा निराश बनेका छन्, कोही पार्टीको निर्णय अस्वीकार गर्दै व्रmान्तिकारी अभियानको निरन्तरतातिर लागेका निष्कर्ष यस लेखमा निकालिएको छ । माक्र्सवादी साहित्यमा समाजवादी यथार्थ चित्रण गर्ने व्रmममा पुरुष र महिलालाई समान हैसियत प्रदान गरिएको हुन्छ । यस उपन्यासमा पनि अग्रगामी चेतना रहेका सङ्घर्षशील नारी पात्रहरूको प्रयोग गरी समग्र नारी जगत्लाई नै ब्युँझाउने प्रयास गरिएको छ । उपन्यासमा वर्गीय समाजमा हुने शोषण, दमन, विभेद, असमानता आदि हटाउन नारी पात्रहरू विशेष सव्रिmय भएका सन्दर्भहरू वर्णन र उनीहरूका सक्षमतामा विश्वास गरिएको छ । नेपालका माक्र्सवादी तथा माओवादी राजनीतिज्ञहरूले शोषण, दमन, अन्याय, अत्याचारका मुख्य कारण खासगरी पितृसत्ता र पुँजीवादी संरचना भएको निष्कर्ष निकालेर निम्नवर्गीय उत्पीडित, किनारीकृतहरूको हक, हितका पक्षमा व्यापक प्रचार गरेका कारण पनि माओवादी जनयुद्धमा नारीहरू छापामारमा भर्ती भई सव्रिmय भूमिकामा रहेको कुरा यहाँ सङ्केत गरिएको छ । नारीमाथि हुने गरेका दमन, हिंसा र शोषणबाट मुक्ति पाउने आशमा पनि धेरै नारीहरू जनयुद्धमा लामबद्ध भएको रहस्य पनि उपन्यासमा उद्घाटन गरिएको छ । यही आधारमा जनयुद्धमा सामेल भएका नारीहरूले वैचारिक गला र कलाको प्रयोग गरेर सचेत रूपमा जनवर्गीय सङ्घर्षलाई सहयोग गरेका रहेछन् भन्ने निष्कर्ष यस लेखमा निकालिएको छ ।
Title: 'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
Description:
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिएका सव्रिmय पात्रहरूको प्रयोग गरिएको छ । युगौंदेखिको दलहनबाट मुक्ति प्राप्तिका निम्ति लामो युद्ध लडेका लडाकु नै अयोग्य ठहर हुँदा तथा व्रmान्ति सम्झौतामा टुङ्गिँदा अस्वीकार गरी व्रmान्ति कहिल्यै रोकिंदैन भन्ने धारणा राखेर अग्रगमनतर्फ लागेका वर्गीय पात्रहरू पनि प्रयोग गरिएको छ । तसर्थ यस लेखमा जनयुद्धजन्य कथावस्तु रहेको ।।।यस उपन्यासमा चित्रण गरिएका नारी पात्रहरूमा वर्गचेतना केकस्तो रहेको छ भन्ने प्राज्ञिक जिज्ञासालाई माक्र्सवादी दृष्टिकोणबाट अध्ययन गरी निरूपण गर्नु नै मुख्य उद्देश्य बनाइएको छ । जनयुद्धजन्य कथावस्तु रहेका यस आख्यानमा प्रयोग गरिएका नारीपात्रहरू सचेत रूपमा वर्गीय सङ्घर्षमा होमिएका छन् । नेपाली समाजमा चलेको दसबर्शे वर्गद्वन्द्व र सचेतनाको प्रभावमा नेपाली नारीहरूले वर्गीय मुक्ति सचेतना बिस्तार, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि गरेका सबल प्रयासहरु यहाँ उद्घाटन गरिएको छ । उपन्यासमा व्रmान्तिकारी वर्गचेतना पुरुषपात्रहरूका तुलनात्मकमा नारी पात्रहरू सबल रहेको देखिन्छ । जनयुद्धमा सहभागी भएका नारीपात्रहरू कलम वा तरवार जे समातेर पनि श्रमजीवी तथा सर्वहारा वर्गीय जनताका उत्थानका निम्ति सचेत रूपमा सङ्घर्षरत छन् । यसरी सङ्घर्ष गर्दागर्दै केहीले सहादत प्राप्त गरेका छन् भने केही व्रmान्ति सम्झौतामा पुगेपछि अयोग्य लडाकु सावित हुँदा निराश बनेका छन्, कोही पार्टीको निर्णय अस्वीकार गर्दै व्रmान्तिकारी अभियानको निरन्तरतातिर लागेका निष्कर्ष यस लेखमा निकालिएको छ । माक्र्सवादी साहित्यमा समाजवादी यथार्थ चित्रण गर्ने व्रmममा पुरुष र महिलालाई समान हैसियत प्रदान गरिएको हुन्छ । यस उपन्यासमा पनि अग्रगामी चेतना रहेका सङ्घर्षशील नारी पात्रहरूको प्रयोग गरी समग्र नारी जगत्लाई नै ब्युँझाउने प्रयास गरिएको छ । उपन्यासमा वर्गीय समाजमा हुने शोषण, दमन, विभेद, असमानता आदि हटाउन नारी पात्रहरू विशेष सव्रिmय भएका सन्दर्भहरू वर्णन र उनीहरूका सक्षमतामा विश्वास गरिएको छ । नेपालका माक्र्सवादी तथा माओवादी राजनीतिज्ञहरूले शोषण, दमन, अन्याय, अत्याचारका मुख्य कारण खासगरी पितृसत्ता र पुँजीवादी संरचना भएको निष्कर्ष निकालेर निम्नवर्गीय उत्पीडित, किनारीकृतहरूको हक, हितका पक्षमा व्यापक प्रचार गरेका कारण पनि माओवादी जनयुद्धमा नारीहरू छापामारमा भर्ती भई सव्रिmय भूमिकामा रहेको कुरा यहाँ सङ्केत गरिएको छ । नारीमाथि हुने गरेका दमन, हिंसा र शोषणबाट मुक्ति पाउने आशमा पनि धेरै नारीहरू जनयुद्धमा लामबद्ध भएको रहस्य पनि उपन्यासमा उद्घाटन गरिएको छ । यही आधारमा जनयुद्धमा सामेल भएका नारीहरूले वैचारिक गला र कलाको प्रयोग गरेर सचेत रूपमा जनवर्गीय सङ्घर्षलाई सहयोग गरेका रहेछन् भन्ने निष्कर्ष यस लेखमा निकालिएको छ ।.

Related Results

भारतीय दर्शनेषु मोक्ष प्रक्रिया
भारतीय दर्शनेषु मोक्ष प्रक्रिया
सारांश मोक्ष मानव जीवन का परम लक्ष्य है, इसीलिये मानव के आदि संविधान वेद से लेकर आज तक सभी धर्मशास्त्रीय ग्रन्थों में मोक्ष का चिन्तन प्राप्त होता है। मोक्ष को मुक्ति, कैवल्य, निःश...
कृष्णा सोबती के उपन्यासों में चित्रित नैतिक समस्याएँ
कृष्णा सोबती के उपन्यासों में चित्रित नैतिक समस्याएँ
भारतीय साहित्य के परिदृश्य पर हिन्दी की सुविख्यात कथाकार कृष्णा सोबतीजी के उपन्यासों में चित्रित नैतिक समस्याओं पर प्रकाश डालने पर ज्ञात होता है। कृष्णाजी ने अपने उपन्यासों में उन ...
सहनशीला सुशीला नाटकमा नारी उत्पीडन
सहनशीला सुशीला नाटकमा नारी उत्पीडन
प्रस्तुत अनुसन्धानात्मक लेखमा नारीवादी सैद्धान्तिक मान्यताअन्तर्गत नारी उत्पीडनका आधारहरू प्रस्तुत गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनाभित्र नारीले झेल्ने उत्पीडनलाई जैविकीय आधा...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...
समानान्तर आकाशमा नारीवादी चेतना {Feminist Consciousness in The Samanantar Aakash}
समानान्तर आकाशमा नारीवादी चेतना {Feminist Consciousness in The Samanantar Aakash}
पद्मावती सिंहको ‘समानान्तर आकाश’ उपन्यास नेपाली साहित्यमा विशेषतः नारीवादलाई सशक्त रूपमा प्रस्तुत गर्ने उपन्यासका रूपमा परिचित छ । समाजमा विद्यमान लैङ्गिक विभेद, पुरुषहरूको हैकमवाद...
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रस्तुत अध्ययन प्रिय मौनता कवितासङ्ग्रहका ‘सिल्भिया आफ्नै समाधिबाट’ र ‘नङ्गेली ब्लुज’ कवितामा लैङ्गिकताको अध्ययनमा केन्द्रित छ । ‘मौनता’ लाई स्त्रीलिङ्गी सम्बोधन बनाई प्रेमको उपास...
हिंदी उपन्यासों में चित्रित आदिवासी नारियों की समस्याएँ
हिंदी उपन्यासों में चित्रित आदिवासी नारियों की समस्याएँ
आदिवासी नारी भी अनेक समस्याओं से घिरी हुई है। अज्ञान, अशिक्षा, अंधविश्वास, बेरोजगारी, कुपोषण, शोषण, बलात्कार और स्वास्थ की दुरावस्था जैसी समस्याएँ उसके जीवन को ध्वस्त कर रही है। आद...

Back to Top