Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

भेट कविताको संरचनात्मक विश्लेषण

View through CrossRef
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्टि तथा वस्तु वा कृतिको सम्पूर्णता तथा त्यसको निर्माण गर्ने घटकहरूको कुलयोगलाई नै संरचना भनिन्छ । पूर्णता, परिवर्तनशीलता र स्वनिष्ठता जस्ता गुणहरुकै कारण कविताको विशिष्ट संरचना निर्माण भएको हुन्छ । वस्तु, सहभागी, परिवेश, उद्देश्य, दृष्टिबिन्दु, भाषाशैलीय विन्यास जस्ता बुनोट र यिनीहरुको समग्रताबाट कविताको बनोट निर्माण भएको हुन्छ । भाषाशैलीय विन्यासभित्र पनि भाषा, शैली, बिम्ब, प्रतीक, अलङ्कार, छन्द, लय जस्ता अवयव पर्दछन् । संरचनात्मक दृष्टिले आख्यानात्मक, नाटकीय र प्रगीतात्मक गरी कविताका तीन प्रकार रहन्छन् । एउटै केन्द्रीय कथ्यमा वर्तुलित विस्तार भएकोे कवितालाई प्रगीतात्मक कविता भनिन्छ । प्रगीतात्मक कविताको संरचनात्मक विश्लेषण गर्दा परिचय, विभाजन, सङ्गठन, वस्तु, सहभागी, परिवेश, उद्देश्य, दृष्टिबिन्दु, भाषाशैलीय विन्यास जस्ता घटकलाई आधार मान्ने गरिएको पाइन्छ । संरचनात्मक दृष्टिले ।।।भेट’ कविताको विश्लेषण गर्नु नै प्रस्तुत लेखको मुख्य समस्या हो । अतः यहाँ संरचना विश्लेषणका यिनै घटकहरुलाई आधार मानी भेट कविताको विश्लेषण गरिएको छ । गोपालप्रसाद रिमालको ।।।भेट’ कवितालाई आधार सामग्रीका रूपमा लिइएको यस लेखमा संरचनात्मक विश्लेषणसम्बन्धी सिद्धान्त र साहित्यसमालोचनासम्बद्ध सामग्रीलाई द्वितीयक स्रोतका रूपमा ग्रहण गरिएको छ । सामग्री विश्लेषणका व्रmममा मूलतः वर्णनात्मक विधि अपनाइएको भए तापनि आवश्यकतअनुसार विश्लेषणात्मक विधिको समेत प्रयोग गरिएको छ । चार पङ्क्तिपुञ्जमा विस्तारित ।।।भेट’ कविता दृश्यहरुमा खासै विभक्त देखिँदैन । प्रजातन्त्रको उदयपूर्व रचिएको यस कविताले जनतामा देखिएको प्रजातन्त्रप्रतिको आस्थाभाव अभिव्यक्त भएको छ । तिमी र उनी मूल सहभागी रहेको यस कवितामा प्रजातन्त्र प्राप्तिका लागि उत्साहित जनतालाई व्रmान्ति गर्न कुर्न नहुने सन्देश व्यक्त भएको छ । कवितामा समध्वन्यात्मकताका कारण आन्तरिक लय प्रभावकारी बन्न पुगेको छ । पूर्ण, परिवर्तनशील र स्वायत्त संरचना भएका कारण संरचनात्मक दृष्टिले प्रस्तुत कविता सशक्त र प्रभावकारी रहेको निष्कर्ष यस अध्ययनले प्रस्तुत गरेको छ ।
Title: भेट कविताको संरचनात्मक विश्लेषण
Description:
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्टि तथा वस्तु वा कृतिको सम्पूर्णता तथा त्यसको निर्माण गर्ने घटकहरूको कुलयोगलाई नै संरचना भनिन्छ । पूर्णता, परिवर्तनशीलता र स्वनिष्ठता जस्ता गुणहरुकै कारण कविताको विशिष्ट संरचना निर्माण भएको हुन्छ । वस्तु, सहभागी, परिवेश, उद्देश्य, दृष्टिबिन्दु, भाषाशैलीय विन्यास जस्ता बुनोट र यिनीहरुको समग्रताबाट कविताको बनोट निर्माण भएको हुन्छ । भाषाशैलीय विन्यासभित्र पनि भाषा, शैली, बिम्ब, प्रतीक, अलङ्कार, छन्द, लय जस्ता अवयव पर्दछन् । संरचनात्मक दृष्टिले आख्यानात्मक, नाटकीय र प्रगीतात्मक गरी कविताका तीन प्रकार रहन्छन् । एउटै केन्द्रीय कथ्यमा वर्तुलित विस्तार भएकोे कवितालाई प्रगीतात्मक कविता भनिन्छ । प्रगीतात्मक कविताको संरचनात्मक विश्लेषण गर्दा परिचय, विभाजन, सङ्गठन, वस्तु, सहभागी, परिवेश, उद्देश्य, दृष्टिबिन्दु, भाषाशैलीय विन्यास जस्ता घटकलाई आधार मान्ने गरिएको पाइन्छ । संरचनात्मक दृष्टिले ।।।भेट’ कविताको विश्लेषण गर्नु नै प्रस्तुत लेखको मुख्य समस्या हो । अतः यहाँ संरचना विश्लेषणका यिनै घटकहरुलाई आधार मानी भेट कविताको विश्लेषण गरिएको छ । गोपालप्रसाद रिमालको ।।।भेट’ कवितालाई आधार सामग्रीका रूपमा लिइएको यस लेखमा संरचनात्मक विश्लेषणसम्बन्धी सिद्धान्त र साहित्यसमालोचनासम्बद्ध सामग्रीलाई द्वितीयक स्रोतका रूपमा ग्रहण गरिएको छ । सामग्री विश्लेषणका व्रmममा मूलतः वर्णनात्मक विधि अपनाइएको भए तापनि आवश्यकतअनुसार विश्लेषणात्मक विधिको समेत प्रयोग गरिएको छ । चार पङ्क्तिपुञ्जमा विस्तारित ।।।भेट’ कविता दृश्यहरुमा खासै विभक्त देखिँदैन । प्रजातन्त्रको उदयपूर्व रचिएको यस कविताले जनतामा देखिएको प्रजातन्त्रप्रतिको आस्थाभाव अभिव्यक्त भएको छ । तिमी र उनी मूल सहभागी रहेको यस कवितामा प्रजातन्त्र प्राप्तिका लागि उत्साहित जनतालाई व्रmान्ति गर्न कुर्न नहुने सन्देश व्यक्त भएको छ । कवितामा समध्वन्यात्मकताका कारण आन्तरिक लय प्रभावकारी बन्न पुगेको छ । पूर्ण, परिवर्तनशील र स्वायत्त संरचना भएका कारण संरचनात्मक दृष्टिले प्रस्तुत कविता सशक्त र प्रभावकारी रहेको निष्कर्ष यस अध्ययनले प्रस्तुत गरेको छ ।.

Related Results

‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइ...
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रस्तुत अध्ययन प्रिय मौनता कवितासङ्ग्रहका ‘सिल्भिया आफ्नै समाधिबाट’ र ‘नङ्गेली ब्लुज’ कवितामा लैङ्गिकताको अध्ययनमा केन्द्रित छ । ‘मौनता’ लाई स्त्रीलिङ्गी सम्बोधन बनाई प्रेमको उपास...
गलबन्दी लोकदोहोरी गीतको संवाद विश्लेषण {Conversation Analysis of Galbandi Folk Dohori Song}
गलबन्दी लोकदोहोरी गीतको संवाद विश्लेषण {Conversation Analysis of Galbandi Folk Dohori Song}
प्रस्तुत आलेख ‘गलबन्दी’ लोकदोहोरी गीतमा रहेको संवाद विश्लेषणमा केन्द्रित रहेको छ । संवाद सङ्कथन अन्तर्गत पर्ने अर्थपूर्ण अभिव्यक्ति वा भाषिक उच्चार हो । संवादले कुराकानीमा सहभागीका...
पहेँलो गुलाफ कथामा समाख्यान
पहेँलो गुलाफ कथामा समाख्यान
प्रस्तुत अध्ययनमा ‘पहेँलो गुलाफ’ कथामा केन्द्रित भई समाख्यान सिद्धान्तका आधारमा उक्त कथाको समाख्यानको निरूपण गरिएको छ । समाख्यान समाख्यानात्मक संरचनाको सिद्धान्त हो । समाख्यान अध्य...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...
पिँजराको सुगा कविताको सिर्जनात्मक हेतु
पिँजराको सुगा कविताको सिर्जनात्मक हेतु
प्रस्तुत लेख पिँजराको सुगा कविताको सिर्जनात्मक हेतु मूल समस्यामा केन्द्रित रहेको छ । मूलशोधसमस्याको समाधानका लागि प्रतिभापरक सृर्जनात्मक हेतुको अवस्था, व्युत्पत्ति र अभ्यासपरक सृजन...
सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
समाजशास्त्री एवम् मानवशास्त्रीहरूले परिवारलाई सामाजिक र जैविक दुवै खालको सम्बन्धको एकीकृत स्वरूपको रूपमा चर्चा गर्ने गरेका छन् । यसै सन्दर्भमा यस आलेखको मूल ध्येय सामाजिक मानवशास्त...

Back to Top