Javascript must be enabled to continue!
पापिनी आमा काव्यको खण्डकाव्यत्व
View through CrossRef
प्रस्तुत लेख माधव घिमिरेद्वारा लिखित पापिनी आमा काव्यको खण्डकाव्यत्व निरुपणमा केन्द्रित छ । यसमा मूल समस्या समाधानका लागि पूर्वीय साहित्यशास्त्रका आचार्यहरुले वर्णन गरेका खण्डकाव्यका तत्त्वहरूलाई उपयोग गरिएको छ । प्रस्तुत लेखको सैद्धान्तिक ढाँचाको मूल आधार पूर्वीय साहित्यशास्त्रमा वर्णित कविताको मझौला आयामअन्तर्गत पर्ने प्रबन्धकाव्यलाई चिनाउने खण्डकाव्यसिद्धान्त रहेको छ । यस सिद्धान्तले जीवनजगत्को एक पक्षको विषयवस्तुलाई कथावस्तुका रुपमा प्रस्तुत गर्ने काव्यकृतिलाई खण्डकाव्यका रूपमा स्वीकार गरेको छ । एकरस केन्द्री हुने, एक लयको स्थायित्व हुने, सरससहज आलङ्कारिक भाषाशैली हुने, फुटकर कविताभन्दा माथि र महाकाव्यभन्दा तलको मझौला आकृतिको आख्यानसापेक्ष कविताकृतिलाई खण्डकाव्यका रूपमा अध्ययन विश्लेषण गर्ने परम्परा नेपाली समालोचनामा पनि चलेको छ । सोही आधारमा पापिनी आमा काव्यको अध्ययन विश्लेषण गर्दा उक्त काव्य नारीको मातृत्व शक्तिजन्य कथावस्तु, तदनुकूलको पात्र र परिवेशको चित्रण भएको, करुण रसकेन्द्री, लोकलययुक्त, ८५ श्लोकको मझौला आयाम भएको, प्रभावकारी भाषाशैलीद्वारा मातृत्व शक्ति सर्वोच्च हुने सन्देश सम्प्रेषण गर्न सफल मझौला आकारको प्रबन्धकाव्यको पूर्वोक्त सैद्धान्तिक अपेक्षाअनुकूलको खण्डकाव्यकृतिका रूपमा पाइएको निष्कर्ष प्रस्तुत गरिएको छ ।
Title: पापिनी आमा काव्यको खण्डकाव्यत्व
Description:
प्रस्तुत लेख माधव घिमिरेद्वारा लिखित पापिनी आमा काव्यको खण्डकाव्यत्व निरुपणमा केन्द्रित छ । यसमा मूल समस्या समाधानका लागि पूर्वीय साहित्यशास्त्रका आचार्यहरुले वर्णन गरेका खण्डकाव्यका तत्त्वहरूलाई उपयोग गरिएको छ । प्रस्तुत लेखको सैद्धान्तिक ढाँचाको मूल आधार पूर्वीय साहित्यशास्त्रमा वर्णित कविताको मझौला आयामअन्तर्गत पर्ने प्रबन्धकाव्यलाई चिनाउने खण्डकाव्यसिद्धान्त रहेको छ । यस सिद्धान्तले जीवनजगत्को एक पक्षको विषयवस्तुलाई कथावस्तुका रुपमा प्रस्तुत गर्ने काव्यकृतिलाई खण्डकाव्यका रूपमा स्वीकार गरेको छ । एकरस केन्द्री हुने, एक लयको स्थायित्व हुने, सरससहज आलङ्कारिक भाषाशैली हुने, फुटकर कविताभन्दा माथि र महाकाव्यभन्दा तलको मझौला आकृतिको आख्यानसापेक्ष कविताकृतिलाई खण्डकाव्यका रूपमा अध्ययन विश्लेषण गर्ने परम्परा नेपाली समालोचनामा पनि चलेको छ । सोही आधारमा पापिनी आमा काव्यको अध्ययन विश्लेषण गर्दा उक्त काव्य नारीको मातृत्व शक्तिजन्य कथावस्तु, तदनुकूलको पात्र र परिवेशको चित्रण भएको, करुण रसकेन्द्री, लोकलययुक्त, ८५ श्लोकको मझौला आयाम भएको, प्रभावकारी भाषाशैलीद्वारा मातृत्व शक्ति सर्वोच्च हुने सन्देश सम्प्रेषण गर्न सफल मझौला आकारको प्रबन्धकाव्यको पूर्वोक्त सैद्धान्तिक अपेक्षाअनुकूलको खण्डकाव्यकृतिका रूपमा पाइएको निष्कर्ष प्रस्तुत गरिएको छ ।.
Related Results
माधव प्रसाद घिमिरेको ‘पापिनी आमा’ खण्डकाव्यमा मातृध्वनि
माधव प्रसाद घिमिरेको ‘पापिनी आमा’ खण्डकाव्यमा मातृध्वनि
‘ध्वनि’ आवाज हो । मानिसले आफ्नो परिस्थितिअनुसार ध्वनि प्रवाह गर्ने गर्दछ । ध्वनि विद्यमान समयमा मात्र होइन, प्राचीन समयदेखि प्रचलनमा आएको हो । ध्वनि मानवको विचारलाई बाहिर निकाल्ने ...
नेपाली उपन्यासमा कोखदायी आमा
नेपाली उपन्यासमा कोखदायी आमा
प्रस्तुत लेख नेपाली उपन्यासमा अभिव्यक्त धितोकोखका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित छ । मदनमणि दीक्षितको माधवी, पद्मावती सिंहको मौन अक्षर, शंकर देव ढकालको किरायको...
नानीकी आमा उपन्यासमा वैचारिकता {Ideology in 'Nani's Mother Novel'}
नानीकी आमा उपन्यासमा वैचारिकता {Ideology in 'Nani's Mother Novel'}
रामप्रकाश पुरीकृत ‘नानीकी आमा’ (२०६३) मुख्यतः वैचारिक उपन्यास हो। परम्परित औपन्यासिक शैली भन्दा फरक प्रकारले निर्माण भएको हुँदा उपन्यास प्रयोगशील रहेको छ । उपन्यासमा दर्शन, विचार, ...
वासवदत्तामा अलङ्कारविधान
वासवदत्तामा अलङ्कारविधान
वासवदत्ता कथाकाव्यका रचयिता सुबन्धु हुन् । सुबन्धु बाण र दण्डीका पनि पूर्ववर्ती मानिन्छन् । सुबन्धुरचित वासवदत्ता, बाणरचित कादम्बरी र दण्डीरचित दशकुमारचरित; यी तीन काव्यको समन्वयात...
भावसन्धिका आलोकमा उर्वशी
भावसन्धिका आलोकमा उर्वशी
सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९) द्वारा महाभारतकालीन पौराणिक प्रसङ्गलाई आधार बनाई रचिएको उर्वशी भोगको मोह त्यागेर इन्द्रियनिग्रह गरी निरन्तर कर्ममार्गमा लाग्दा अवश्य लक्ष्यप्राप्ति हु...
रसप्रयोगका दृष्टिले मुनामदन खण्डकाव्य
रसप्रयोगका दृष्टिले मुनामदन खण्डकाव्य
लक्ष्मीप्रसाद देवकोटाद्वारा नेपाल भाषाको एउटा कथात्मक गीतलाई प्रेरणास्रोतका रुपमा ग्रहण गरी सिर्जित मुनामदन मुना र मदनको शाश्वत प्रेमको महिमा गायन गरिएको सर्वाधिक लोकप्रिय अमर कृति...
बाँस्कोटा धनञ्जयको ‘मेरी छोरीको बाउ’ कथामा नारीवादी दृष्टिकोण
बाँस्कोटा धनञ्जयको ‘मेरी छोरीको बाउ’ कथामा नारीवादी दृष्टिकोण
प्रस्तुत आलेख मेरी छोरीको बाउ कथा माक्र्सवादी नारीवादसँग सम्बन्धित छ । यो लेख माक्र्सवादी नारीवादका आधारमा बाँस्कोटाको कथाको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको छ । प्रस्तुत लेख...
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
प्रस्तुत लेखमा राजेश्वरी खण्डकाव्यलाई काव्यगुणका आधारमा विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार हुने यस लेखमा सामग्रीको स्रोत पुस्तकालय हो । पाठविश्ल...

