Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

ग्रामीण विकास अध्ययनमा अन्तर्विषयात्मकता

View through CrossRef
अन्तर्विषयात्मक अध्ययन जटिल सामाजिक समस्याहरुको नीतिगत तथा ज्ञानात्मक समाधान खोज्न गरिने एक छुट्टै अध्ययन परम्परा हो । पछिल्लो समयमा विश्वविद्यालय लगायत शिक्षण तथा अनुसन्धान निकायहरुमा गरिने अनुसन्धान कार्यमा अन्तर्विषयात्मक अध्ययनको माग विश्वव्यापी रूपमै बढिरहेको छ । नेपालमा भने यो अध्ययन एक नयाँ प्रयोगजस्तो देखिन्छ । यस लेखमा त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तरगत वि सं २०५८ सालमा स्थापित अन्तर्विषयात्मक विषय ग्रामीण विकासमा हुने विद्यावारिधि तहका अध्ययनहरुको अन्तर्विषयात्मकताको प्रकृति र प्रवृत्तिको विश्लेषण गरिएको छ । अन्तर्विषयात्मक विषयमै अन्तर्विषयात्मकताको स्थिति बुभन सकियो भने अन्य संस्थागत विषयमा हुने अन्तर्विषयात्मक अध्ययनका बारेमा अनुमान लगाउन सजिलो हुन्छ भन्ने मान्यताले यो लेख तयार पारिएको छ । यसमा ग्रामीण विकास विषयमा विद्यावारिधिरत सात जना सहभागीबाट अन्तर्वार्ता विधिद्धारा प्राप्त धारणाको विषयगत विश्लेषण गरी निष्कर्ष निकालिएको छ । लेखमा ग्रामीण विकास विषयमा भइरहेका अन्तर्विषयात्मक अध्ययनहरुमा अन्तर्विषयात्मकताको प्रवृत्ति तीन किसिमको भएको निष्कर्ष निकालिएको छ l पहिलो, सामान्य जानकारी लिई अगाडि बढाइएको (आंशिक बोधबाट अन्तर्विषयात्मकता), दोस्रो, अध्ययन अगाडि बढाउँदै गर्दा जानकारी भएको प्रक्रियाबाट आंशिक बोध), र तेस्रो, पूर्व जानकारी पनि नभएको र अध्ययनका क्रममा पनि थाहा नभएको (न बोध न प्रक्रिया) । अन्त्यमा प्राप्त निष्कर्ष र पूर्व प्रकाशित सामाग्रीको संयोजन गरी यस लेखमा ग्रामीण विकास बिषयमा गरिने अन्तर्विषयात्मक अध्ययनको प्रक्रियागत खाका (Process framework) पनि प्रस्ताव गरिएको छ ।
Nepal Journals Online (JOL)
Title: ग्रामीण विकास अध्ययनमा अन्तर्विषयात्मकता
Description:
अन्तर्विषयात्मक अध्ययन जटिल सामाजिक समस्याहरुको नीतिगत तथा ज्ञानात्मक समाधान खोज्न गरिने एक छुट्टै अध्ययन परम्परा हो । पछिल्लो समयमा विश्वविद्यालय लगायत शिक्षण तथा अनुसन्धान निकायहरुमा गरिने अनुसन्धान कार्यमा अन्तर्विषयात्मक अध्ययनको माग विश्वव्यापी रूपमै बढिरहेको छ । नेपालमा भने यो अध्ययन एक नयाँ प्रयोगजस्तो देखिन्छ । यस लेखमा त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तरगत वि सं २०५८ सालमा स्थापित अन्तर्विषयात्मक विषय ग्रामीण विकासमा हुने विद्यावारिधि तहका अध्ययनहरुको अन्तर्विषयात्मकताको प्रकृति र प्रवृत्तिको विश्लेषण गरिएको छ । अन्तर्विषयात्मक विषयमै अन्तर्विषयात्मकताको स्थिति बुभन सकियो भने अन्य संस्थागत विषयमा हुने अन्तर्विषयात्मक अध्ययनका बारेमा अनुमान लगाउन सजिलो हुन्छ भन्ने मान्यताले यो लेख तयार पारिएको छ । यसमा ग्रामीण विकास विषयमा विद्यावारिधिरत सात जना सहभागीबाट अन्तर्वार्ता विधिद्धारा प्राप्त धारणाको विषयगत विश्लेषण गरी निष्कर्ष निकालिएको छ । लेखमा ग्रामीण विकास विषयमा भइरहेका अन्तर्विषयात्मक अध्ययनहरुमा अन्तर्विषयात्मकताको प्रवृत्ति तीन किसिमको भएको निष्कर्ष निकालिएको छ l पहिलो, सामान्य जानकारी लिई अगाडि बढाइएको (आंशिक बोधबाट अन्तर्विषयात्मकता), दोस्रो, अध्ययन अगाडि बढाउँदै गर्दा जानकारी भएको प्रक्रियाबाट आंशिक बोध), र तेस्रो, पूर्व जानकारी पनि नभएको र अध्ययनका क्रममा पनि थाहा नभएको (न बोध न प्रक्रिया) । अन्त्यमा प्राप्त निष्कर्ष र पूर्व प्रकाशित सामाग्रीको संयोजन गरी यस लेखमा ग्रामीण विकास बिषयमा गरिने अन्तर्विषयात्मक अध्ययनको प्रक्रियागत खाका (Process framework) पनि प्रस्ताव गरिएको छ ।.

Related Results

ग्रामीण समाज में साइबर अपराध
ग्रामीण समाज में साइबर अपराध
ग्रामीण समाज में साइबर अपराधों की बढ़ती घटनाएँ एक गंभीर चुनौती बनती जा रही हैं। इंटरनेट और डिजिटल उपकरणों की पहुँच ने जहाँ ग्रामीण विकास के नए द्वार खोले हैं, वहीं साइबर अपराधों का...
नेपालको आर्थिक विकास होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६
नेपालको आर्थिक विकास होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६
सन् १९८८ देखि आधिकारिक रूपले प्रयोगमा आएको होमस्टेको पर्यटन आज विश्वका विभिन्न राष्ट्रहरूमा अनेकौ तरिकाबाट आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने महत्त्वपूर्ण अभियानका रूपमा सञ्चालन हु...
ग्रामीण जीवन की विडम्बनाएँ और सामाजिक प्रतिरोध: मैत्रेयी पुष्पा के कथा साहित्य का अध्ययन
ग्रामीण जीवन की विडम्बनाएँ और सामाजिक प्रतिरोध: मैत्रेयी पुष्पा के कथा साहित्य का अध्ययन
यह शोध-पत्र “ग्रामीण जीवन की विडम्बनाएँ और सामाजिक प्रतिरोध : मैत्रेयी पुष्पा के कथा साहित्य का अध्ययन” के अंतर्गत भारतीय ग्रामीण समाज की जटिल सामाजिक संरचना, उसमें निहित अंतर्विरो...
पर्यावरणीय नैतिकता और महिला सशक्तिकरण: गाँधीवादी दृष्टिकोण से सतत् विकास का अध्ययन
पर्यावरणीय नैतिकता और महिला सशक्तिकरण: गाँधीवादी दृष्टिकोण से सतत् विकास का अध्ययन
वर्तमान युग में पर्यावरणीय संकट और लैंगिक असमानता विश्व समुदाय के समक्ष दो प्रमुख चुनौतियों के रूप में उपस्थित हैं। जलवायु परिवर्तन, प्राकृतिक संसाधनों का अंधाधुंध दोहन, जैव विविधत...
विकेंद्रीकरण और सुशासन: पंचायती राज की भूमिका
विकेंद्रीकरण और सुशासन: पंचायती राज की भूमिका
यह शोध पत्र भारत में विकेंद्रीकरण (Decentralization) और सुशासन (Good Governance) के बीच अंतर्संबंध का गहन विश्लेषण प्रस्तुत करता है, विशेष रूप से पंचायती राज संस्थाओं (Panchayati R...
नांदेड जिल्ह्यातील ग्रामीण भागातील असंघटित मजूर स्त्रियांच्या आर्थिक समस्या
नांदेड जिल्ह्यातील ग्रामीण भागातील असंघटित मजूर स्त्रियांच्या आर्थिक समस्या
भारतीय अर्थव्यवस्थेत असंघटित क्षेत्राचे योगदान महत्त्वपूर्ण असून ग्रामीण अर्थव्यवस्थेत महिलांचा सहभाग प्रामुख्याने कृषी मजुरी, बांधकाम, घरगुती कामे, लघुउद्योग, पशुपालन, वीटभट्टी, क...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...

Back to Top