Javascript must be enabled to continue!
नेपाली गीतमा महिला प्रतिनिधित्व {Women's Representation in Nepali Songs}
View through CrossRef
प्रस्तुत लेख नेपाली गीतमा महिला प्रतिनिधित्वसँग सम्बन्धित रहेको छ । नेपाली गीतमा महिलाको प्रतिनिधत्व केकसरी भएको छ भन्ने मूल समस्याको समाधान गर्ने उद्देश्यका लागि यस लेखमा गीतमा भएको महिलाको प्रतिनिधित्वको अवस्था, यसले उत्पादन गरेका अर्थ, त्यसले श्रोतामा पारेको प्रभाव र त्यसको प्रतिरोध जस्ता प्रतिमानको उपयोग गरिएको छ । प्रस्तुत लेखको सैद्धान्तिक ढाँचाको मूल आधार सांस्कृतिक अध्ययनअन्तर्गत स्टुआर्ट हलको प्रतिनिधित्व रहेको छ । सत्ताको राजनीतिक सरोकारसम्बद्ध विषय रहँदारहँदै पनि प्रतिनिधित्वको सिद्धान्तलाई अन्तरविषयक समालोचना पद्धतिका रूपमा साहित्यले सहज रूपमा अङ्गीकार गरेको छ । समालोचनाका क्षेत्रमा प्रतिनिधित्वले समाजमा किनारीकृत बनाइएका वर्ग, लिङ्ग, जाति, क्षेत्र, भाषा, शारीरिक अवस्था आदिबारे स्रष्टाद्वारा निर्मित विचारधाराका आधारमा पाठको विश्लेषण गर्ने सिद्धान्त हो । यसले साहित्यिक पाठमा रहेका केन्द्र र केन्द्रइतरका भाषिक सङ्केत एवम् भाष्यको खोजी गरी तिनको आलोचनात्मक ढङ्गले विश्लेषण गर्ने काम गर्दछ । असमान सामाजिक संरचना र त्यसबाट सिर्जित विभेद एवम् पूर्वाग्रह प्रतिबिम्बित नेपाली गीतमा सत्तामा पहुँच नभएकै कारण महिलाको छविमाथि पितृसत्तात्मक चिन्तनले वर्चस्व स्थापित गरेको देखिन्छ । नेपाली गीतमा महिला प्रतिनिधित्वअन्तर्गत यस लेखमा महिलाको वस्तुकरण, परम्परागत भूमिकामा महिला, वर्चस्वशाली पुरुषत्व प्रदर्शन र महिलाको सम्मानित प्रतिनिधित्वका माध्यमबाट पितृसत्तात्मक चिन्तनले नेपाली समाजमा महिलाको आदर्श छवि धमिल्याई महिलाचरित्रको नकारात्मक भाष्य सिर्जना गरेको निष्कर्ष निकालिएको छ ।
Title: नेपाली गीतमा महिला प्रतिनिधित्व {Women's Representation in Nepali Songs}
Description:
प्रस्तुत लेख नेपाली गीतमा महिला प्रतिनिधित्वसँग सम्बन्धित रहेको छ । नेपाली गीतमा महिलाको प्रतिनिधत्व केकसरी भएको छ भन्ने मूल समस्याको समाधान गर्ने उद्देश्यका लागि यस लेखमा गीतमा भएको महिलाको प्रतिनिधित्वको अवस्था, यसले उत्पादन गरेका अर्थ, त्यसले श्रोतामा पारेको प्रभाव र त्यसको प्रतिरोध जस्ता प्रतिमानको उपयोग गरिएको छ । प्रस्तुत लेखको सैद्धान्तिक ढाँचाको मूल आधार सांस्कृतिक अध्ययनअन्तर्गत स्टुआर्ट हलको प्रतिनिधित्व रहेको छ । सत्ताको राजनीतिक सरोकारसम्बद्ध विषय रहँदारहँदै पनि प्रतिनिधित्वको सिद्धान्तलाई अन्तरविषयक समालोचना पद्धतिका रूपमा साहित्यले सहज रूपमा अङ्गीकार गरेको छ । समालोचनाका क्षेत्रमा प्रतिनिधित्वले समाजमा किनारीकृत बनाइएका वर्ग, लिङ्ग, जाति, क्षेत्र, भाषा, शारीरिक अवस्था आदिबारे स्रष्टाद्वारा निर्मित विचारधाराका आधारमा पाठको विश्लेषण गर्ने सिद्धान्त हो । यसले साहित्यिक पाठमा रहेका केन्द्र र केन्द्रइतरका भाषिक सङ्केत एवम् भाष्यको खोजी गरी तिनको आलोचनात्मक ढङ्गले विश्लेषण गर्ने काम गर्दछ । असमान सामाजिक संरचना र त्यसबाट सिर्जित विभेद एवम् पूर्वाग्रह प्रतिबिम्बित नेपाली गीतमा सत्तामा पहुँच नभएकै कारण महिलाको छविमाथि पितृसत्तात्मक चिन्तनले वर्चस्व स्थापित गरेको देखिन्छ । नेपाली गीतमा महिला प्रतिनिधित्वअन्तर्गत यस लेखमा महिलाको वस्तुकरण, परम्परागत भूमिकामा महिला, वर्चस्वशाली पुरुषत्व प्रदर्शन र महिलाको सम्मानित प्रतिनिधित्वका माध्यमबाट पितृसत्तात्मक चिन्तनले नेपाली समाजमा महिलाको आदर्श छवि धमिल्याई महिलाचरित्रको नकारात्मक भाष्य सिर्जना गरेको निष्कर्ष निकालिएको छ ।.
Related Results
Women in Australian Politics: Maintaining the Rage against the Political Machine
Women in Australian Politics: Maintaining the Rage against the Political Machine
Women in federal politics are under-represented today and always have been. At no time in the history of the federal parliament have women achieved equal representation with men. T...
नेपाली दोहोरी गीतमा सबाल्टर्न
नेपाली दोहोरी गीतमा सबाल्टर्न
यो अनुसन्धनात्मक लेख नेपाली दोहोरी गीतसँग सम्बन्धित रहेको छ । दोहोरी गीत नेपाली लोकसाहित्यबाट विकसित भएको विधा हो । दोहोरीगीतमा लोकका विषयवस्तुहरू प्रस्तुत गरिने र लोकले अनुभूति गर...
दलितसँग काङ्ग्रेस २००७ सालदेखि वर्तमानसम्म
दलितसँग काङ्ग्रेस २००७ सालदेखि वर्तमानसम्म
जातीय भेदभाव तथा छुवाछूत राज्य प्रवर्धित मानवता विरुद्धको ऐतिहासिक अन्यायी अपराध हो । जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि नेपाली काङ्ग्रेसले आफ्नो स्थापना कालदेखि नै कदम चालेको ...
नेपालको लोकतान्त्रिक आन्दोलनमा महिला सहभागिता
नेपालको लोकतान्त्रिक आन्दोलनमा महिला सहभागिता
नेपाल विभिन्न सास्कृतिक र सामाजिक मूल्य मान्यताले भरिपूर्ण देश हो । वि.सं. १९०३ देखि २००७ सालसम्म राणाको शासन र त्यसपछिको अवधिमा शाह वंशीय राजाको शासन शैली निकै संघर्ष र उतारका कार...
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
प्रस्तुत लेख कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू नेपाली भाषाको औपचारिक सिकाइप्रति के कस्ता कारणले कसरी अभिप्रेरित हुन्छन् भन्ने उपायको खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । प्रस्त...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
Pregnant Prisoners in Shackles
Pregnant Prisoners in Shackles
Photo by niu niu on Unsplash
ABSTRACT
Shackling prisoners has been implemented as standard procedure when transporting prisoners in labor and during childbirth. This procedure ensu...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...

