Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

साहित्यविश्लेषणको मनोभाषावैज्ञानिक पद्धति

View through CrossRef
प्रस्तुत लेख मनोभाषाविज्ञानका मान्यताका आधारमा साहित्यविश्लेषणको ढाँचा निर्माणमा केन्द्रित छ र यसमा वर्णनात्मक र व्याख्यात्मक विधिका माध्यमबाट मनोभाषाविज्ञानका मान्यता र सोहीअनुरूपका उदाहरणको समन्वयात्मक अध्ययन गरी प्राप्त भएका तथ्यका आधारमा साहित्यिक पाठको विश्लेषणका लागि आधार तयार पारिएको छ । मनोभाषाविज्ञानका अनुसार भाषाको प्रयोगमा मनको महइभ्वपूर्ण भूमिका हुन्छ । मन प्रकार्यात्मक आन्तरिक इन्द्रिय हो भने यसको भौतिक संरचनाचाहिँ मस्तिष्क हो । भाषालाई सुनाइका माध्यमबाट ग्रहण गर्न, बोध गर्न र उत्पादन गर्न सहयोग गर्ने कार्य मनले गरेको हुन्छ भने भाषा भण्डारण हुने स्थलचाहिँ मस्तिष्क हो । भाषाप्रयोक्ताका उमेर, क्षमता र सामाजिक परिस्थितिअनुसार उसका मनमा विविध भावविचार उत्पन्न हुने भएकाले उसले प्रयोग गर्ने भाषिक संरचना पनि सोहीअनुसार भिन्नभिन्न हुने गर्दछ र साथै त्यसरी प्रयोग गरिएको उक्त भाषाबाट श्रोतापाठकको मन पनि प्रभावित हुन्छ । भावविचार साहित्यको सारतत्त्व हो । यही सारतत्त्वलाई नै भाषाले व्यक्त गरेको हुन्छ । यसैले मनोभाषाविज्ञानका आधारबाट भाषाको मात्र नभई साहित्यकै विश्लेषण गर्न सकिन्छ भन्ने स्पष्ट हुन्छ । प्रस्तुत लेखबाट पनि कुनै पनि साहित्यिक पाठ भाषाप्रयोक्ताको उमेर, क्षमता र सामाजिक परिस्थितिअनुसार उसको मनमा उत्पन्न हुने भाव, भावअनुरूपको भाषा र भाषाले पारेको मानसिक प्रभावको शृङ्खलामा विन्यस्त हुने भएकाले उक्त साहित्यिक पाठलाई पनि मनोभाषाविज्ञानले निर्देश गरेअनुसारको सूत्र ‘उत्तेजनाविचार→ प्रतिक्रियाभाषा... उत्तेजनाभाषा→ प्रतिक्रियाविचार’ का माध्यमबाट विश्लेषण गर्न सकिन्छ भन्ने निचोड प्राप्त भएको छ । त्यसैले मनोभाषाविज्ञानका मान्यताका आधारमा तयार पारिएको यो सैद्धान्तिक ढाँचा साहित्यका प्रमुख घटक सारतइभ्व र भाषाको विश्लेषणमा निकै उपयोगी छ भन्ने स्पष्ट भएको छ ।
Title: साहित्यविश्लेषणको मनोभाषावैज्ञानिक पद्धति
Description:
प्रस्तुत लेख मनोभाषाविज्ञानका मान्यताका आधारमा साहित्यविश्लेषणको ढाँचा निर्माणमा केन्द्रित छ र यसमा वर्णनात्मक र व्याख्यात्मक विधिका माध्यमबाट मनोभाषाविज्ञानका मान्यता र सोहीअनुरूपका उदाहरणको समन्वयात्मक अध्ययन गरी प्राप्त भएका तथ्यका आधारमा साहित्यिक पाठको विश्लेषणका लागि आधार तयार पारिएको छ । मनोभाषाविज्ञानका अनुसार भाषाको प्रयोगमा मनको महइभ्वपूर्ण भूमिका हुन्छ । मन प्रकार्यात्मक आन्तरिक इन्द्रिय हो भने यसको भौतिक संरचनाचाहिँ मस्तिष्क हो । भाषालाई सुनाइका माध्यमबाट ग्रहण गर्न, बोध गर्न र उत्पादन गर्न सहयोग गर्ने कार्य मनले गरेको हुन्छ भने भाषा भण्डारण हुने स्थलचाहिँ मस्तिष्क हो । भाषाप्रयोक्ताका उमेर, क्षमता र सामाजिक परिस्थितिअनुसार उसका मनमा विविध भावविचार उत्पन्न हुने भएकाले उसले प्रयोग गर्ने भाषिक संरचना पनि सोहीअनुसार भिन्नभिन्न हुने गर्दछ र साथै त्यसरी प्रयोग गरिएको उक्त भाषाबाट श्रोतापाठकको मन पनि प्रभावित हुन्छ । भावविचार साहित्यको सारतत्त्व हो । यही सारतत्त्वलाई नै भाषाले व्यक्त गरेको हुन्छ । यसैले मनोभाषाविज्ञानका आधारबाट भाषाको मात्र नभई साहित्यकै विश्लेषण गर्न सकिन्छ भन्ने स्पष्ट हुन्छ । प्रस्तुत लेखबाट पनि कुनै पनि साहित्यिक पाठ भाषाप्रयोक्ताको उमेर, क्षमता र सामाजिक परिस्थितिअनुसार उसको मनमा उत्पन्न हुने भाव, भावअनुरूपको भाषा र भाषाले पारेको मानसिक प्रभावको शृङ्खलामा विन्यस्त हुने भएकाले उक्त साहित्यिक पाठलाई पनि मनोभाषाविज्ञानले निर्देश गरेअनुसारको सूत्र ‘उत्तेजनाविचार→ प्रतिक्रियाभाषा.
उत्तेजनाभाषा→ प्रतिक्रियाविचार’ का माध्यमबाट विश्लेषण गर्न सकिन्छ भन्ने निचोड प्राप्त भएको छ । त्यसैले मनोभाषाविज्ञानका मान्यताका आधारमा तयार पारिएको यो सैद्धान्तिक ढाँचा साहित्यका प्रमुख घटक सारतइभ्व र भाषाको विश्लेषणमा निकै उपयोगी छ भन्ने स्पष्ट भएको छ ।.

Related Results

प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति
प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति
प्राज्ञिक लेखनअन्तर्गत अभिलेखीकरण पद्धतिको परिचय र यसको प्रयोगसँग सम्बद्ध भई प्रस्तुत लेखमा अभिलेखीकरण पद्धतिको सैद्धान्तिक आधारको निरूपण गरिएको छ । प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको...
सप्तविधानुत्तर पूजा Saptavidhanuttar Puja
सप्तविधानुत्तर पूजा Saptavidhanuttar Puja
बौद्ध धर्ममा, जहाँ जहाँ गयो त्यहाँ त्यहाँ कै संस्कृति र परम्परा मिसिएर स्थानअनुसारकोस्वरुप पाउँदछौ । जस्तैः चाइनिज, जापानिज, श्रीलंकन, थाइ, ताइवानी, बर्मेली,भुटानी, कोरियन आदि बुद्...
राजभण्डार महाराजथानः सांस्कृतिक अध्ययन {Cultural Study of Rajbhandar Maharajsthan}
राजभण्डार महाराजथानः सांस्कृतिक अध्ययन {Cultural Study of Rajbhandar Maharajsthan}
ग्रामथान गाउँका स्थानीय मिलेर सामूहिक रुपमा ग्रामीण देउदेउताको पूजाउपासना गर्ने उद्देश्यले निर्माण गरिएका देवस्थल हुन् । स्थानीय क्षेत्रमा असलर उदाहरणीय कार्य गरी ख्याति आर्जन गरेक...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
नेपालको अर्थतन्त्रमा विश्वव्यापिकरणको प्रभाब Nepalko Arthatantrama Bishwabyapikaranko Prabhav
नेपालको अर्थतन्त्रमा विश्वव्यापिकरणको प्रभाब Nepalko Arthatantrama Bishwabyapikaranko Prabhav
विश्वव्यापिकरण विश्वमा आर्थिक, राजनीतिक एवम् सास्कृतिक पद्धतिहरुको एकिकरण हो । यसले संसारमा बिचार, बस्तु तथा सेवाहरुको स्वतन्त्र आवागमनको पक्षपोषण गर्दछ । यसले विश्वका सम्पूर्ण मान...
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
प्रस्तुत लेखमा नारायण ढकालको ‘इरफान अली’ कथालाई सबाल्टर्न अध्ययनका दृष्टिले विश्लेषण गरिएको छ । सबाल्टर्न शब्दले सामान्यतः वर्ग, लिङ्ग, जाति, उमेर, भाषा, कार्यगत दर्जालगायत हरेक हि...

Back to Top