Javascript must be enabled to continue!
सिँजाली खस भाषाको वर्णव्यवस्था
View through CrossRef
सिँजाली भाषा भारोपेली भाषापरिवारको शतम वर्गको आर्यइरानेली बाल्हीक खस हुँदै विकसित भएको हो । खस पूर्वी पहाडी भाषा सिँजाली पर्वते गोर्खाली र नेपाली भाषा विकसित हुनपुग्यो । वर्तमान समयमा त्यही सिँजा नेपालको कर्णाली प्रदेशको जुम्ला जिल्लामा पर्छ । सिँजादरा, सिँजाउपत्यका, सिँजाभेग भनेर चिनिन्छ । यही नेपाली भाषाको आधार भाषा रहेको सिँजाली खस भाषा भाषामा वर्णव्यवस्था कस्तो छ ? नेपाली भाषासँग यसको समानता र भिन्नता के कति छ भन्ने समस्यामा केन्द्रित भएर सिँजाली भाषाको वर्णव्यवस्थाको खोजी गर्नु नै यस अनुसन्धानात्मक लेखको मुख्य उद्देश्य हो । नेपाली भाषाको प्राचीन स्वरुप सिँजाली भाषा भएकाले यसको अध्ययन आवश्यक देखिएको हो । गुणात्मक ढाँचामा रहेको यो अनुसन्धानकार्य क्षेत्रगत भ्रमण एवम पुस्तकालय विधिको प्रयोग गरी सामग्री सङकलन र त्यसको सत्यापन वर्णन व्याख्या र विश्लेषण गरिएको छ । सिँजाली भाषामा रहेका वर्णहरुको व्यवस्था के कस्तो छ भन्नका लागि सम्बन्धित क्षेत्रका सम्बन्धित भाषी वक्ताहरुले बोलेका कुराहरुको मौखिक अभिव्यक्तिलाई सामग्रीका रुपमा लिएर त्यसको नेपाली भाषामा समानता र भिन्नताको खोजी गरी अनुसन्धान गरिएको छ । सिँजाली भाषामा ३० वटा व्यतिरेकी व्यञ्जनवर्ण, ६ वटा स्वरवर्ण, १० वटा द्विस्वरवर्ण रहेका छन । खण्डीय र खण्डेतरवर्ण भनेर अध्ययन गरिएको छ । सिँजाली खस भाषामा विशिष्ट वर्णव्यवस्था रहेको छ । प्रगत समीभवन, परागत समीभवन, विषमीभवन,/स/,/त/,/ट/,/क/ कुनै आएमा /अ/,/को/,/इ/मा हुने /स/ र /त/, /इ/ र /य/ मा हुने महाप्राणी भवन, अल्पप्राणी भवन, घोषीभवन, अघोषीभवन, अनुनासिक, /य/, /ज/ मा /र/, /ड/ मा /स/, /सह/ मा एवम ल वर्ण त मा त वर्ण ल मा प्रयोग हुने ह इ मा समेत आउने, रेफ(रकार) का सटटामा न को प्रयोग हुने /ए/, /य/ मा प्रयोग हुने एवम खण्डेतर वर्णमा मात्रा, अनुनासिक, विराम संहिता, लय, बलाघातमा विशिष्ट व्यवस्था रहेको छ ।
Title: सिँजाली खस भाषाको वर्णव्यवस्था
Description:
सिँजाली भाषा भारोपेली भाषापरिवारको शतम वर्गको आर्यइरानेली बाल्हीक खस हुँदै विकसित भएको हो । खस पूर्वी पहाडी भाषा सिँजाली पर्वते गोर्खाली र नेपाली भाषा विकसित हुनपुग्यो । वर्तमान समयमा त्यही सिँजा नेपालको कर्णाली प्रदेशको जुम्ला जिल्लामा पर्छ । सिँजादरा, सिँजाउपत्यका, सिँजाभेग भनेर चिनिन्छ । यही नेपाली भाषाको आधार भाषा रहेको सिँजाली खस भाषा भाषामा वर्णव्यवस्था कस्तो छ ? नेपाली भाषासँग यसको समानता र भिन्नता के कति छ भन्ने समस्यामा केन्द्रित भएर सिँजाली भाषाको वर्णव्यवस्थाको खोजी गर्नु नै यस अनुसन्धानात्मक लेखको मुख्य उद्देश्य हो । नेपाली भाषाको प्राचीन स्वरुप सिँजाली भाषा भएकाले यसको अध्ययन आवश्यक देखिएको हो । गुणात्मक ढाँचामा रहेको यो अनुसन्धानकार्य क्षेत्रगत भ्रमण एवम पुस्तकालय विधिको प्रयोग गरी सामग्री सङकलन र त्यसको सत्यापन वर्णन व्याख्या र विश्लेषण गरिएको छ । सिँजाली भाषामा रहेका वर्णहरुको व्यवस्था के कस्तो छ भन्नका लागि सम्बन्धित क्षेत्रका सम्बन्धित भाषी वक्ताहरुले बोलेका कुराहरुको मौखिक अभिव्यक्तिलाई सामग्रीका रुपमा लिएर त्यसको नेपाली भाषामा समानता र भिन्नताको खोजी गरी अनुसन्धान गरिएको छ । सिँजाली भाषामा ३० वटा व्यतिरेकी व्यञ्जनवर्ण, ६ वटा स्वरवर्ण, १० वटा द्विस्वरवर्ण रहेका छन । खण्डीय र खण्डेतरवर्ण भनेर अध्ययन गरिएको छ । सिँजाली खस भाषामा विशिष्ट वर्णव्यवस्था रहेको छ । प्रगत समीभवन, परागत समीभवन, विषमीभवन,/स/,/त/,/ट/,/क/ कुनै आएमा /अ/,/को/,/इ/मा हुने /स/ र /त/, /इ/ र /य/ मा हुने महाप्राणी भवन, अल्पप्राणी भवन, घोषीभवन, अघोषीभवन, अनुनासिक, /य/, /ज/ मा /र/, /ड/ मा /स/, /सह/ मा एवम ल वर्ण त मा त वर्ण ल मा प्रयोग हुने ह इ मा समेत आउने, रेफ(रकार) का सटटामा न को प्रयोग हुने /ए/, /य/ मा प्रयोग हुने एवम खण्डेतर वर्णमा मात्रा, अनुनासिक, विराम संहिता, लय, बलाघातमा विशिष्ट व्यवस्था रहेको छ । .
Related Results
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाल बहुभाषिक देश हो । यहाँ करिब १२४ ओटा भाषाका वक्ताहरु रहेका छन् । विश्वमा बोलिने विभिन्न भाषा परिवारहरुमध्ये नेपालमा छओटा भाषा परिवारका भाषाहरु बोलिन्छ । ती भाषा परिवारमध्ये भा...
सुदूरपश्चिम प्रदेशमा भाषिक प्रयोगको अवस्था
सुदूरपश्चिम प्रदेशमा भाषिक प्रयोगको अवस्था
भाषा तथा भाषिक भेदका विविधता तथा तिनको प्रयोगावस्थाका बारेमा तथ्यपरक खोज विश्लेषण गरी तिनको संरक्षण तथा संबर्धन गर्दै संस्कृति र सामाजिक मान्यताको पनि प्रवर्धन गर्नु आवश्यक छ । प्र...
वाक्यको विवक्षा
वाक्यको विवक्षा
पदावली भन्दा ठूलो र सङ्कथनभन्दा सानो भाषिक एकाइ वाक्य हो । वाक्य संरचनामा एकाधिक उपवाक्यहरू आएका हुन्छन् । वाक्यले एउटा पूरा कुरा बुझाएर श्रोेतालाई सन्तुष्टि गराउँछ । भाषाविज्ञानमा...
देव नागरी र रोमन लिपिको चिनारी
देव नागरी र रोमन लिपिको चिनारी
देव नागरी र रोमन लिपिको चिनारी शीर्षकको यस लेखमा देव नागरी लिपि र रोमन लिपिका वर्णहरू, देव नागरी लिपि र रोमन लिपिको समानता र भिन्नताजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ ।...
शेर्पा भाषाको शब्दवर्ग Sherpa Bhashako Shabdabarga
शेर्पा भाषाको शब्दवर्ग Sherpa Bhashako Shabdabarga
नेपालको हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा जातिले बोल्ने भाषालाई शेर्पा भाषा भनिन्छ । यो भाषा भोटवर्मेली भाषा परिवारअन्तर्गत पर्दछ । २०६८ सालको जनगणनाअनुसार एकलाख चौधहजार आठसय ती...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
मध्यकालमा बुद्ध धर्म Madhyakalma Buddha Dharma
मध्यकालमा बुद्ध धर्म Madhyakalma Buddha Dharma
मध्यकालमा बुद्ध धर्म डा. जुनु बासुकला रञ्जितकार सारांश सन् ८७९ देखि १२०० सम्मको काललाई राजनैनिक रुपले अन्धकार युग भनिए पनि बौद्ध धर्मकोबज्रयानको दृष्टिकोणले हेर्दा चरम अवस्थामा पुग...
प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति
प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति
प्राज्ञिक लेखनअन्तर्गत अभिलेखीकरण पद्धतिको परिचय र यसको प्रयोगसँग सम्बद्ध भई प्रस्तुत लेखमा अभिलेखीकरण पद्धतिको सैद्धान्तिक आधारको निरूपण गरिएको छ । प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्...

