Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम

View through CrossRef
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका छन् । प्रस्तुत अध्ययन गुणात्मक ढाँचामा आधारित रहेको छ । यस अध्ययनमा ऐतिहासिक तथा वर्णनात्मक विधिको प्रयोग गरिएको छ । यसमा नेपाली व्याकरणसँग सम्बन्धित सैद्धान्तिक ग्रन्थहरूलाई प्राथमिक स्रोतीय सामग्रीका रूपमा उपयोग गरिएको छ भने नेपाली व्याकरण र यसको शिक्षणसम्बद्ध लेख रचना तथा अन्य सामग्रीहरूलाई द्वितीयक स्रोतीय सामग्रीका रूपमा प्रयोग गरिएको छ । प्रस्तुत अध्ययनमा प्राप्त तथ्यलाई मुख्यतः दुई ओटा शीर्षकमा विभक्त गरी व्याख्या, विश्लेषण गरिएको छ । यस क्रममा नेपाली व्याकरण निर्माणको विकासक्रम र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गरिएको छ । यस अध्ययनमा व्याख्या विश्लेषणलाई प्रभावकारी तुल्याउन आवश्यकतानुसार उदाहरणहरूसमेत प्रस्तुत गरिएको छ । प्रस्तुत अध्ययनका आधारमा नेपाली व्याकरण निर्माणको विकासक्रमलाई पृष्ठभूमि काल, निर्माण काल, विकास काल र आधुनिक काल गरी चार कालखण्डमा वर्गीकरण गर्न सकिने देखिएको छ । यसको पृष्ठभूमि काल वि. सं. १८२८ देखि १८७६ सम्म, निर्माण काल वि.सं. १८७७ देखि १९६८ सम्म, विकास काल वि.सं. १९६९ देखि २०२७ सम्म र आधुनिक काल वि.सं. २०२८ देखि हालसम्म रहेको देखिन्छ । त्यसैगरी नेपाली व्याकरण शिक्षणको विकासक्रमलाई प्राथमिक काल, माध्यमिक काल र आधुनिक काल गरी तीन भागमा वर्गीकरण गर्न सकिने देखिएको छ । यसको प्राथमिक काल नेपाली भाषाशिक्षणको सुरुवातदेखि २०२७ सालसम्म, माध्यमिक काल वि. सं.२०२८ देखि २०४८ सम्म र आधुनिक काल वि.सं. २०४९ देखि हालसम्म कायम रहेको देखिन्छ । नेपाली व्याकरण र व्याकरण शिक्षणमा आधरित प्रस्तुत अध्ययनले यस क्षेत्रमा रुचि राख्ने वा अध्ययन, अनुसन्धान गर्न चाहनेहरूका लागि आवश्यकीय जानकारी प्रदान गर्ने अपेक्षा राखिएको छ ।
Nepal Journals Online (JOL)
Title: नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
Description:
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका छन् । प्रस्तुत अध्ययन गुणात्मक ढाँचामा आधारित रहेको छ । यस अध्ययनमा ऐतिहासिक तथा वर्णनात्मक विधिको प्रयोग गरिएको छ । यसमा नेपाली व्याकरणसँग सम्बन्धित सैद्धान्तिक ग्रन्थहरूलाई प्राथमिक स्रोतीय सामग्रीका रूपमा उपयोग गरिएको छ भने नेपाली व्याकरण र यसको शिक्षणसम्बद्ध लेख रचना तथा अन्य सामग्रीहरूलाई द्वितीयक स्रोतीय सामग्रीका रूपमा प्रयोग गरिएको छ । प्रस्तुत अध्ययनमा प्राप्त तथ्यलाई मुख्यतः दुई ओटा शीर्षकमा विभक्त गरी व्याख्या, विश्लेषण गरिएको छ । यस क्रममा नेपाली व्याकरण निर्माणको विकासक्रम र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गरिएको छ । यस अध्ययनमा व्याख्या विश्लेषणलाई प्रभावकारी तुल्याउन आवश्यकतानुसार उदाहरणहरूसमेत प्रस्तुत गरिएको छ । प्रस्तुत अध्ययनका आधारमा नेपाली व्याकरण निर्माणको विकासक्रमलाई पृष्ठभूमि काल, निर्माण काल, विकास काल र आधुनिक काल गरी चार कालखण्डमा वर्गीकरण गर्न सकिने देखिएको छ । यसको पृष्ठभूमि काल वि.
सं.
१८२८ देखि १८७६ सम्म, निर्माण काल वि.
सं.
१८७७ देखि १९६८ सम्म, विकास काल वि.
सं.
१९६९ देखि २०२७ सम्म र आधुनिक काल वि.
सं.
२०२८ देखि हालसम्म रहेको देखिन्छ । त्यसैगरी नेपाली व्याकरण शिक्षणको विकासक्रमलाई प्राथमिक काल, माध्यमिक काल र आधुनिक काल गरी तीन भागमा वर्गीकरण गर्न सकिने देखिएको छ । यसको प्राथमिक काल नेपाली भाषाशिक्षणको सुरुवातदेखि २०२७ सालसम्म, माध्यमिक काल वि.
सं.
२०२८ देखि २०४८ सम्म र आधुनिक काल वि.
सं.
२०४९ देखि हालसम्म कायम रहेको देखिन्छ । नेपाली व्याकरण र व्याकरण शिक्षणमा आधरित प्रस्तुत अध्ययनले यस क्षेत्रमा रुचि राख्ने वा अध्ययन, अनुसन्धान गर्न चाहनेहरूका लागि आवश्यकीय जानकारी प्रदान गर्ने अपेक्षा राखिएको छ ।.

Related Results

सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली भाषा भारोपेली भाषापरिवारको शतम वर्गको आर्यइरानेली बाल्हीक खस हुँदै विकसित भएको हो । खस पूर्वी पहाडी भाषा सिँजाली पर्वते गोर्खाली र नेपाली भाषा विकसित हुनपुग्यो । वर्तमान सम...
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
नेपाली भाषा शिक्षाको अध्ययनपश्चात् प्राप्त हुने उद्यमशीलताको सम्भावना र अभ्यास बारे चर्चा गर्ने विषयमा प्रस्तुत लेख केन्द्रित छ । नेपाली भाषा शिक्षा अध्ययन गरेका विद्यार्थी तथा विश...
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाल बहुभाषिक देश हो । यहाँ करिब १२४ ओटा भाषाका वक्ताहरु रहेका छन् । विश्वमा बोलिने विभिन्न भाषा परिवारहरुमध्ये नेपालमा छओटा भाषा परिवारका भाषाहरु बोलिन्छ । ती भाषा परिवारमध्ये भा...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
प्रस्तुत लेख नेपाली वर्णहरूको उपर्युक्त विन्यासको प्रयोग र नेपाली भाषा सम्पादनमा चिहृनको पहिचानमा आधारित छ । भाषामा स्पष्ट रूपमा व्याकरणिक संरचना र कोशीय अर्थापनमा सन्तुलन ल्याउनका...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
सँगिनीमा व्यक्त संस्कृति
सँगिनीमा व्यक्त संस्कृति
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा...

Back to Top