Javascript must be enabled to continue!
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
View through CrossRef
विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित सुम्निमा (२०२७) उपन्यासमा मिथकका रूपमा पौराणिक उपकथालाई जोडेर नेपालको सामाजिक सांस्कृतिक घटनाको चित्रण गरिएको छ । यसमा दुई भिन्न संस्कृति आर्य सभ्यता र किरात सभ्यतालाई मूल कथ्य बनाई ती दुई सभ्यताको सम्मिश्रण गरी समन्वयवादी दृष्टिकोण प्रस्तुत गरेका छन् । नियम साधित आर्य सभ्यताको अतिकठोर अनुशासन एवम् उन्मक्तु उडान भर्ने किरात सभ्यताको स्वच्छन्दताको सम्मश्रण नै मानवीय सभ्यताको मूल जरो बनेको स्वीकारोक्ति उपन्यासकार कोइरालाले यस उपन्यासमा व्यक्त गरेको पाइन्छ । प्राज्ञिक समस्याका रूपमा सुम्निमा उपन्यासमा कस्तो प्रकारको दर्शन प्रयोग गरिएको छ । समस्या राखी सुम्निमा उपन्यासमा प्रयुक्त वेदान्त दर्शनको निरूपण गर्ने उद्देश्य क्रममा पुस्तकालयीय अध्ययनको उपयोग गरी विश्लेषण पाश्चात्य दर्शन सिद्धान्तको प्रयोग गरिएको छ । यसअघि भए गरिएका पूर्वकार्यको सामान्य चर्चा गरी विश्लेषण तर्फ अघि बढिएको छ । सुम्निमा उपन्यासको परिचय रचना गर्न लगायतका विश्लेषणीय पक्षलाई अँगाल्दै उक्त उपन्यासमा प्रयुक्त विषयवस्तु, पात्र वा चरित्रचित्रण, भाषाशैली, उद्देश्य, वातावरण (परिवेश) आदिको विश्लेषण गरिएको छ र सुम्निमा उपन्यास समन्वयवादी उपन्यास हो भन्ने निष्कर्षमा पुगिएको छ ।
Title: सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
Description:
विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित सुम्निमा (२०२७) उपन्यासमा मिथकका रूपमा पौराणिक उपकथालाई जोडेर नेपालको सामाजिक सांस्कृतिक घटनाको चित्रण गरिएको छ । यसमा दुई भिन्न संस्कृति आर्य सभ्यता र किरात सभ्यतालाई मूल कथ्य बनाई ती दुई सभ्यताको सम्मिश्रण गरी समन्वयवादी दृष्टिकोण प्रस्तुत गरेका छन् । नियम साधित आर्य सभ्यताको अतिकठोर अनुशासन एवम् उन्मक्तु उडान भर्ने किरात सभ्यताको स्वच्छन्दताको सम्मश्रण नै मानवीय सभ्यताको मूल जरो बनेको स्वीकारोक्ति उपन्यासकार कोइरालाले यस उपन्यासमा व्यक्त गरेको पाइन्छ । प्राज्ञिक समस्याका रूपमा सुम्निमा उपन्यासमा कस्तो प्रकारको दर्शन प्रयोग गरिएको छ । समस्या राखी सुम्निमा उपन्यासमा प्रयुक्त वेदान्त दर्शनको निरूपण गर्ने उद्देश्य क्रममा पुस्तकालयीय अध्ययनको उपयोग गरी विश्लेषण पाश्चात्य दर्शन सिद्धान्तको प्रयोग गरिएको छ । यसअघि भए गरिएका पूर्वकार्यको सामान्य चर्चा गरी विश्लेषण तर्फ अघि बढिएको छ । सुम्निमा उपन्यासको परिचय रचना गर्न लगायतका विश्लेषणीय पक्षलाई अँगाल्दै उक्त उपन्यासमा प्रयुक्त विषयवस्तु, पात्र वा चरित्रचित्रण, भाषाशैली, उद्देश्य, वातावरण (परिवेश) आदिको विश्लेषण गरिएको छ र सुम्निमा उपन्यास समन्वयवादी उपन्यास हो भन्ने निष्कर्षमा पुगिएको छ ।.
Related Results
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकलाको अध्ययनमा केन्द्रित छ । उपन्यासमा कथा सर्वाधिक महत्त्वपुर्ण हो । कथाकथन नै उपन्यासको मुख्य पक्ष हो । उपन्यासको कथाकथन ...
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रू...
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइ...
चुली उपन्यासको सारवस्तु {The Essence of Chuli Novel}
चुली उपन्यासको सारवस्तु {The Essence of Chuli Novel}
‘चुली’ उपन्यासको सारवस्तु शीर्षकको प्रस्तुत लेखमा उपन्यासकार सरुभक्तको ‘चुली’ उपन्यासमा प्रस्तुत सारवस्तुको विश्लेषण गरिएको छ । ‘चुली’ सरुभक्तको पर्यावरणीय चेतनाका साथै मानवीय जीवन...
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...
स्वर्गीय हीरादेवीको खोज उपन्यासमा भविता
स्वर्गीय हीरादेवीको खोज उपन्यासमा भविता
प्रस्तुत लेख ध्रुवचन्द्र गौतमद्वारा लिखित स्वर्गीय हीरादेवीको खोज उपन्यासको अस्तित्ववादी जीवनदृष्टिको मूलभूत मान्यता भविताका कोणबाट गरिने विश्लेषणमा केन्द्रित रहेको छ । स्वर्गीय ही...
तपन उपन्यासमा सबाल्टर्न चेतना
तपन उपन्यासमा सबाल्टर्न चेतना
प्रस्तुत शोधलेख शरद पौडेलद्वारा लिखित तपन उपन्यासको सबाल्टर्न चेतनाका आधारमा अध्ययन गरिएको छ । ग्राम्सीको प्रभुत्वसम्बन्धी अवधारणालाई लिएर रन्जित गुहाको नेतृत्वमा भारतमा सन् १९८२ द...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...

